काठमाडौं, ३२ जेठ । थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित कर्णाली प्रदेशमा पुष्टि भएको हो। कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाद्वारा आज जारी गरेको सूचना अनुसार सो प्रदेशमा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णाली प्रदेशमा संक्रमण पुष्टि हुनेको संख्या ९ सय ६७ पुगेको छ। नेपालभर भने ५ हजार ४ सय ५३ पुगेको छ।








प्रतिक्रिया दिनुहोस्