ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोप हुँदै असला माछा


एबीसी न्यूज

दुल्लु, ३२ जेठ । असला माछाले प्रख्यात दैलेखका छामघाट, रामघाट, कट्टी र एक दर्जन खोलामा पछिल्लो समयमा ती माछा पाउन छाडेका छन् । यहाँका अधिकांश खोलामा निकै स्वादिलो र सबैले रुचाउने लोपोन्मुख असला माछा पाउन छाडेको जलारीहरु बताउँछन् । पहिले निकै खोलामा पाउने र ग्राहकले खोलाबाटै लैजाने गरेको भए पनि अहिले ती माछा लोप हुँदै गएको उनीहरुको अनुभव छ ।

लोपोन्मुख असला माछा खोलामा नहुने र अन्य माछा पनि कम हुँदै जाँदा आफूहरुको पेशा सङ्कटमा परेको जलारीहरुको गुनासो छ । पहिलेपहिले जाल खेल्दै जाँदा पाँच÷छ पटकमा आफ्नो फुर्लुङ भरिने र अहिले दिनभर खोलामा हिँड्दा पनि एकछाक खान पुग्ने माछा बनाउन मुस्किल हुने भैरवी गाउँपालिका–१ का दीपक कार्कीले अनुभव सुनाउनुभयो ।

छामघाट खोलामा ३० वर्षदेखि जाल हान्दै माछा मार्ने कार्की अहिले असला माछा पाउन छाडेको बताउनुभयो । केही महिनायता खोलामा विष हाल्ने र करेन्ट लगाउने कारणले पनि असला माछा पाउन छाडेको उहाँको भनाइ छ । छामघाटखोला मात्र होइन पछिल्लो समयमा जिल्लाका अधिकांश खोलामा विष हाल्ने र करेन्ट लगाएर माछा मार्नेको सङ्ख्या बढेको छ । स्थानीय सरकारले जल गुरुयोजना तयार गरी खोलाका माछा अवैधरूपमा मार्न रोक लगाए पनि विष हाल्ने र करेन्ट लगाउने काम रोक्न सकिएको छैन ।

भैरवी र माहाबू गाउँपालिकाले प्रहरी परिचालन गरी त्यस क्षेत्रमा रहेको छामघाट खोलामा विष हाल्न र करेन्ट लगाउन प्रतिबन्ध लगाएको छ तर लकडाउनमा यी कार्य नरोकिँदा त्यसको प्रत्यक्ष असर लोपोन्मुख असला माछा र माछा मार्ने व्यवसायीमा परेको छ । लकडाउन अघिसम्म त्यस्ता गतिविधि नियन्त्रण गर्न दुई गाउँपालिकाको समन्वयमा छामघाट खोलामा रहेको खोली बजारमा अस्थायीरूपमा प्रहरी परिचालन गरिएको थियो ।

“दुई गाउँपालिकाको सिमानामा बग्ने छामघाट खोलामा अवैधरूपमा माछा मार्ने कार्य रोक्न प्रहरी परिचालन गरेका थियौँ, अहिले बाध्यताले उहाँहरुलाई यो महामारीमा पालिका मुकाम केन्द्रित गर्नुप¥यो, अहिले फेरि विष हाल्ने र करेन्ट लाउनेहरुको सङ्ख्या बढेको सूचना आएको छ”, भैरवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर बुढाले बताउनुभयो ।

खोलामा विष हाल्दा र करेन्ट लगाउँदा अधिकांश माछा मरेर जाने र बचिहाले नपुंसक हुने जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले बताउनुभयो । जिल्लाभरि एक दर्जनभन्दा बढी साना तथा ठूला खोलामा माछा पाइने भए पनि लोपोन्मुख असला माछा भने छामघाट खोला, लोहोरे खोला र रामघाट खोलामा बढी मात्रामा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com