ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोप हुँदै असला माछा


एबीसी न्यूज
जेष्ठ ३२, २०७७ आईतबार  १० : ४७ बजे

दुल्लु, ३२ जेठ । असला माछाले प्रख्यात दैलेखका छामघाट, रामघाट, कट्टी र एक दर्जन खोलामा पछिल्लो समयमा ती माछा पाउन छाडेका छन् । यहाँका अधिकांश खोलामा निकै स्वादिलो र सबैले रुचाउने लोपोन्मुख असला माछा पाउन छाडेको जलारीहरु बताउँछन् । पहिले निकै खोलामा पाउने र ग्राहकले खोलाबाटै लैजाने गरेको भए पनि अहिले ती माछा लोप हुँदै गएको उनीहरुको अनुभव छ ।

लोपोन्मुख असला माछा खोलामा नहुने र अन्य माछा पनि कम हुँदै जाँदा आफूहरुको पेशा सङ्कटमा परेको जलारीहरुको गुनासो छ । पहिलेपहिले जाल खेल्दै जाँदा पाँच÷छ पटकमा आफ्नो फुर्लुङ भरिने र अहिले दिनभर खोलामा हिँड्दा पनि एकछाक खान पुग्ने माछा बनाउन मुस्किल हुने भैरवी गाउँपालिका–१ का दीपक कार्कीले अनुभव सुनाउनुभयो ।

छामघाट खोलामा ३० वर्षदेखि जाल हान्दै माछा मार्ने कार्की अहिले असला माछा पाउन छाडेको बताउनुभयो । केही महिनायता खोलामा विष हाल्ने र करेन्ट लगाउने कारणले पनि असला माछा पाउन छाडेको उहाँको भनाइ छ । छामघाटखोला मात्र होइन पछिल्लो समयमा जिल्लाका अधिकांश खोलामा विष हाल्ने र करेन्ट लगाएर माछा मार्नेको सङ्ख्या बढेको छ । स्थानीय सरकारले जल गुरुयोजना तयार गरी खोलाका माछा अवैधरूपमा मार्न रोक लगाए पनि विष हाल्ने र करेन्ट लगाउने काम रोक्न सकिएको छैन ।

भैरवी र माहाबू गाउँपालिकाले प्रहरी परिचालन गरी त्यस क्षेत्रमा रहेको छामघाट खोलामा विष हाल्न र करेन्ट लगाउन प्रतिबन्ध लगाएको छ तर लकडाउनमा यी कार्य नरोकिँदा त्यसको प्रत्यक्ष असर लोपोन्मुख असला माछा र माछा मार्ने व्यवसायीमा परेको छ । लकडाउन अघिसम्म त्यस्ता गतिविधि नियन्त्रण गर्न दुई गाउँपालिकाको समन्वयमा छामघाट खोलामा रहेको खोली बजारमा अस्थायीरूपमा प्रहरी परिचालन गरिएको थियो ।

“दुई गाउँपालिकाको सिमानामा बग्ने छामघाट खोलामा अवैधरूपमा माछा मार्ने कार्य रोक्न प्रहरी परिचालन गरेका थियौँ, अहिले बाध्यताले उहाँहरुलाई यो महामारीमा पालिका मुकाम केन्द्रित गर्नुप¥यो, अहिले फेरि विष हाल्ने र करेन्ट लाउनेहरुको सङ्ख्या बढेको सूचना आएको छ”, भैरवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर बुढाले बताउनुभयो ।

खोलामा विष हाल्दा र करेन्ट लगाउँदा अधिकांश माछा मरेर जाने र बचिहाले नपुंसक हुने जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले बताउनुभयो । जिल्लाभरि एक दर्जनभन्दा बढी साना तथा ठूला खोलामा माछा पाइने भए पनि लोपोन्मुख असला माछा भने छामघाट खोला, लोहोरे खोला र रामघाट खोलामा बढी मात्रामा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com