
काठमाडौं, ३१ जेठ । प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
२ सय ७५ सांसद रहेको प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथिको मतदानका क्रममा १२ जना सांसद भने अनुपस्थित रहेका थिए । ४ जना सांसद भने निलम्बनमा छन् । सभामुखले विधेयकमाथिको मतदानमा सहभागिता जनाउँदैनन् । बैठकमा सांसदहरु अमृता देवी अग्रहरी, गोपाल बहादुर बम , दुलारी देवी खत्वेनी , धन बहादुर बुढा ,नागेन्द्र कुमार चौधरी, प्रमोद शाह, शिव कुमार मण्डल, सूर्य नारायण यादव, सूर्य बहादुर केसी , हरि बोल गजुरेल , ज्ञान कुमारी छन्त्याल अनुपस्थित हुनुहुन्थ्यो ।
सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी , मोहम्मत अफ्ताब आलम जेलमा , बिजय कुमार गच्छदार निलम्बित छन् । सरिता गिरी बैठक बहिष्कार गरि बाहिर निस्कनुभएको थियो ।







प्रतिक्रिया दिनुहोस्