ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट कर्णाली भित्रिनेको सङ्ख्या ४१ हजार नाघ्यो


एबीसी न्यूज

काठमाडौँ, ३० जेठ । रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् ।

वैशाख महिनासम्म दुई हजार ४०० नागरिक बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो सङ्ख्या १९औँ गुणाले बढेर आयो । जेठ ६ गतेदेखि दैनिक हजारौँ मान्छे आउने क्रम निर्वाध चलेपछि यो महिनाको २९ गतेसम्म ३८ हजार ७१२ नागरिक कर्णाली भित्रिएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।

“कर्णाली भित्रिनेमा सबैभन्दा बढी नागरिक दैलेखका करिब १४ हजार र दोस्रोमा सुर्खेतका ११ हजार २४२ नागरिक रहेका छन्”, उहाँले भन्नुभयो, “त्यस्तै, कालीकोटका पाँच हजार, जाजरकोटका तीन हजार ५२१, सल्यानका तीन हजार ५१८, रुकुमपश्चिमका एक हजार ४४७, मुगुका एक हजार ३५०, जुम्लाका एक हजार २५७ र हुम्लाका २७५ नागरिक कर्णाली प्रवेश गरेका छन् ।” डोल्पा जिल्लामा भने भारतबाट आउनेको सङ्ंख्या शून्य रहेको उहाँले बताउनुभयो ।

भारतबाट ४१ हजारभन्दा बढी नागरिक कर्णाली भित्रिए पनि अझै आउने क्रम रोकिएको छैन । जेठको १५ देखि २९ गतेसम्म २८ हजार २६४ नागरिक कर्णाली भित्रिएको रेडक्रस जिल्ला शाखा सुर्खेतका सभापति नरहरि रेग्मीले जानकारी दिनुभयो । “हामीले यो अवधिमा भारतबाट आएका २५ हजार ४६० नागरिकलाई खाना, पानी र २८ हजार २६४ लाई सुर्खेतको छिन्चुमा पानी उपलब्ध गराएका छौँ”, सभापति रेग्मीले भन्नुभयो, “यो सेवामा कोपिला भ्याली सेवा समाज, लायन्स क्लब, जेसिस सुर्खेत, युनिसेफ, विश्व खाद्य, सङ्गठन र उद्योग वाणिज्य सङ्घको पनि सहयोग रहेको छ ।”

यसमा कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले खाद्यान्न उपलब्ध गराएको छ । प्रदेश सरकारले छिन्चुमा खानाका प्रबन्ध गरेपछि पछिल्लो समयमा भारतबाट कर्णाली फर्किने नागरिकले खाना र पानी राम्रोसँग पाएको भारतबाट स्वदेश फर्केका कालीकोटका दुर्ग बोगटीले बताउनुभयो । सरकारले खाना र पानीका साथै उद्धार पनि राम्रैसँग गरेको तिला गाउँपालिका–४ जुम्लाका सुरेश सुनारले बताउनुभयो ।

भारतबाट आएका ४१ हजार नागरिकमा अहिले तीन हजार ९३ महिला र २७ हजार पुरुष गरी करिब ३० हजारको हाराहारीमा क्वारेन्टिनमा छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार ७०७ पुरुष र ५६ महिला गरी ७६३ कोरोना सङ्क्रमितमध्ये ७३१ आइसोलेशनमा रहेका छन् । ६० जना कोरोना जितेर घर फर्किसकेका छन् ।

एक साताअघि दैनिक चार हजारको सङ्ख्यामा आउने नागरिक अहिले दैनिक एक हजारमा झरेको छ । यद्यपि आउने क्रम नरोकिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश सरकारले यो अवधिमा १५÷२० हजार नागरिक भित्रिने गरेको अनुमानभन्दा शतप्रतिशत बढेर आएपछि सरकारलाई व्यवस्थापनमा समस्या भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रीता भण्डारीले जानकारी दिनुभयो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले भारतबाट आउनेको सङ्ख्या दैलेखमा बढी भएको र कोरोना सङ्क्रमण पनि तीव्ररुपले देखिन थालेपछि सरकार दैलेखको समस्या समाधानका लागि लागिपरेको बताउनुभयो । यता सामाजिक विकासमन्त्री दल रावलले भारतबाट भित्रिने नागरिकलाई केन्द्रमा राखेर दैनिक एक हजारको पिसिआर परीक्षण गर्ने तयारी भइरहेको बताउँदै कोरोना महामारीबाट प्रभावित जिल्ला दैलेखमा सरकार केन्द्रित रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com