ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनासँगै आर्थिक क्रियाकलाप अगाडि बढाउनुपर्छ : अर्थमन्त्री खतिवडा


एबीसी न्यूज


काठमाडौं २५ जेठ ।  अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण बजारमा परेको प्रभावलाई न्यून गर्दै आर्थिक क्रियाकलाप अगाडि बढाउनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “कतिपय अवस्थामा बजार र उत्पादन शिथिल हुँदा शेयर बजारमा पनि प्रभाव परेको हुन सक्छ, तर यो सबै अल्पकालीन हो । कोरोनालाई जित्न सकिन्छ । अब कोरोनासँगै आर्थिक क्रियाकलाप पनि अघि बढाउनुपर्छ ।”

नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवलाई आज श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उहाँले कोरोनासँग जुध्दै आर्थिक गतिविधि अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले अहिलको पहिलो सर्त जीवन रक्षा भए पनि त्यससँगै आर्थिक क्रियाकलापमा अघि बढाउनुपर्ने र उद्योगसमेत क्रमशः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले बोर्डले पनि अब कारोवार अघि बढाउने गरी तयारी थाल्नुपर्ने स्पष्ट पार्नुभयो ।

धितोपत्रको दोस्रो बजारमा ऋणपत्रको पनि कारोवार गर्ने कुरा सकारात्मक भएको भन्दै अर्थमन्त्रीले औद्योगिक ऋणपत्रलाई ध्यान दिन सकिए समग्र पूँजीबजार र अर्थतन्त्रका लागिसमेत राम्रो हुने बताउनुभयो । उहाँले जोड दिँदै भन्नुभयो, “धितोपत्र बजारमा ऋणपत्रको कारोवार गर्ने कुरा आएको छ, त्यो पनि राम्रो छ । अब क्रमशः औद्योगिक ऋणपत्रहरु पनि कारोवार गर्ने प्रक्रिया अघि बढाउन सकियो भने झनै राम्रो हुनेछ ।”

अर्थमन्त्री डा खतिवडाले आन्तरिक पूँजी परिचालनमार्फत औद्योगिक, वित्तीय, ऊर्जा वा अन्य क्षेत्रमा पूँजी परिचालनमा धितोपत्र बोर्डले काम गरिरहेको र नियामक निकायका रुपमा बोर्डको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो । वस्तु विनिमय बजारको पनि हाम्रोमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै उहाँले अहिले कमोडिटी बजार ठूलो सम्भाव्य बजार हुन सक्दैन कि रु भन्ने लाग्न सक्ने भए पनि आगामी दिनमा कृषिजन्य वस्तु, धातुजन्य उत्पादन, पेट्रोलियम उत्पादन वा औद्योगिक उत्पादनको वस्तु विनियम बजारको विकास हुनैपर्ने उल्लेख गर्नुभयो ।

कमोडिटी बजारका लागि अनुमतिको प्रक्रिया अघि बढाउन बोर्डलाई आग्रह गर्दै अर्थमन्त्री डा खतिवडाले क्रेडिट रेटिङको कामलाई थप समृद्ध र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । सरकारले बजेटमार्फत पूँजी बजारलाई प्रोत्साहन गरेको जानकारी दिँदै उहाँले सरल तरिकाले कर तिर्ने र सहज ढङ्गले कारोवार गर्दा करकै कारण व्ययभार व्यहोर्नु नपर्ने व्यवस्था गरिएको बताउनुभयो ।

मन्त्री खतिवडाले वित्तीय पहुँच बढाउने भनेको बैंक खाता खोल्ने कुरा मात्रै नभई शेयर बजारमा सर्वसाधारणको सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ भन्नेतर्फ पनि कुरामा ध्यान दिनुपर्ने र थोरै बचत गर्ने नागरिक पनि बजारमा आउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बजारका सूचना पारदर्शी हुनुपर्ने, वित्तीय विवरणहरु ठीक हुनुपर्ने र नागरिकको सहज पहुँचमा हुनुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको आत्मबल बढाउने जिम्मेवारी आफूहरुको काँधमा आएको बताउनुभयो । उहाँले कोरोनाको कहरबाट प्रभावित भएको वित्तीय क्षेत्रको आत्मबल बढाउने जिम्मेवारी कन्द्रीय बैंकको काँधमा आएको र पूँजी बजारमा वित्तीय क्षेत्रको सबैभन्दा ठूलो हिस्सा रहेकाले वित्तीय क्षेत्रमा हुने गतिविधिले पार्ने प्रभावबारे आफू जानकार रहेको स्पष्ट पार्नुभयो ।

आगामी मौद्रिक नीतिबाट पूँजी बजारको दिगो विकासका लागि आवश्यक नीति अघि सार्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले केन्द्रीय बैंकका नीतिले पूँजी बजारमा प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव परेको दृष्टान्त पेश गर्नुभयो । केन्द्रीय बैंकले यसअघि बैंक तथा वित्तीय संस्थालाई गाभिने र प्राप्ति गर्ने नीति लिएका कारण पूँजी बजार विस्तारमा सहयोग पुगेको भन्दै उहाँले आधुनिक वित्तीय पूर्वाधारको विकासमा पनि लागिपरेको बताउनुभयो । कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बोर्डले एक वर्षको अवधिमा सम्पादन गरेका काम कारवाहीका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com