ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महामारी बीचमै पनि सबै विद्यार्थीका हातमा पाठ्यपुस्तक पु¥याएर पठनपाठन गर्ने शिक्षामन्त्रीको दावी (भिडियोसहित)


एबीसी न्यूज
जेष्ठ २१, २०७७ बुधबार  १२ : ५० बजे

 

काठमाडौं, २१ जेठ । मुलुकमा कोभिड १९ को महामारी रोकथाम र संक्रमण फैलन नदिन देशभरका आधा भन्दा बढी विद्यालय क्वारेन्टाइनका रुपमा प्रयोग गरिएका छन् । विगत ७० दिन देखिको लकडाउनका कारण सबै शिक्षण संस्था बन्द छन् । शिक्षण सिकाइ ठप्प छ । विज्ञ र सरकारवालाहरुले दूर शिक्षा विधिबाट शिक्षण सिकाइ निरन्तर गर्दै विद्यार्थीलाई पठनपाठनमा जोड्न सकिने वताइरहेका छन् । तर जिम्मेदार निकायको रुपमा रहेको शिक्षा मन्त्रालय भने त्यस्ता सम्भावना खोज्न र आवश्यक पूर्वाधार बनाउन भन्दा विगत १० बर्षदेखि सहज बेलामा पनि समयमै पाठ्यपुस्तक पु¥याउन नसकेको तथ्य विर्सेर अहिले महामारी बीचमै पनि सबै विद्यार्थीका हातमा पाठ्यपुस्तक पु¥याएर पठनपाठन गर्ने हावादारी तर्क गर्न थालेको छ ।

२ महिनाभन्दा बढि समय हामीले लकडाउनमा गुजारिसकेका छौं । यो अवधिमा शिक्षा क्षेत्रमा विभिन्न अन्यौलताहरु देखा परिरहेका छन् । देशको शिक्षा क्षेत्र सम्हाल्ने जिम्मा लिएको शिक्षा मन्त्रालय अझ बढि अन्यौलग्रस्त देखियो । दिनैपिच्छे भनेजसो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय बद्लिरह्यो, यसले आम विद्यार्थी, शिक्षक र अभिभावकबीचमा समन्वय र सहकार्यको वातावरण बन्ला भन्दा पनि बिग्रदै गयो । तर, पछिल्लो समय आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक भएस“गै मन्त्रालयले आगामी असार १ देखि शिक्षात्मक गवितिधिहरु अगाडि बढाउने योजनाका साथ निर्देशिका जारी गरेको । तथापि, अझैपनि शैक्षिक गतिविधिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने मोडल भने स्पष्ट हुन सकेको छैन । तरपनि चौतर्फी दबाब बढेपछि शिक्षा मन्त्रालयले बाध्यात्मक ढंगबाट शैक्षिक गतिविधि अगाडि बढाउने विषयमा निर्णय भने गरेको छ । लकडाउनमा जहा“ प्रविधिको सुविधा छ त्यहा“ विद्यार्थीहरुमा पनि डिजिटल एडिक्सनको समस्या देखा परेको र कतिपयमा भने सिक्ने प्रक्रियामा कमजोर भएको र अन्य खालका मनोसामाजिक समस्याहरु पनि देखा परेको भन्दै शैक्षिक क्रियाकलापलाई अगाडि बढाउने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिररिाजमणी पोखरेलले बताउनुभएको छ ।

विभिन्न आलोचना बेहोरिरहेको मन्त्रालयले अन्ततः विगतको जस्तै परीक्षाफल प्रकाशन गरेपछि नया“ कक्षा चढाउने र पाठ्यपुस्तक दिने अभियान नगररै शिक्षण प्रक्रियालाई सुचारु गर्ने निर्णय ग¥यो । विगत १० बर्षयता सहज बेलामा पनि कहिल्यै पाठ्यपुस्तक समयमा पु¥याउन नसकेको मन्त्रालयले यसपटक भने महामारी नै भए पनि सार्वजनिक तथा नीजि दुवै विद्यँलयहरुका लागि पाठ्य पुस्तक घर–घरमा पु¥याउने र प्राथमिक तहका कक्षा १ देखि ३ सम्मका लागि थप अतिरिक्त सामाग्रीहरु पनि तयार गर्ने योजना सरकारको छ । समय कोरोना महामारीको समयमा निजी र सार्वजनिक दुवै खाले विद्यँलयहरुलाई अंकमाल गर्दैै, क्ष्ँमता वृद्धि एवम् प्रभावकारी शिक्षाका लागि आवश्यक सहकार्य हुनुपर्नेमा सरकारले जोड गरिरहेको छ ।

यसैलाई मध्यनजर गर्दै कम्तिमा एक सरकारी विद्यालयको सुधार एवम् स्तरोन्नितको जिम्मा निजी विद्यँलयहरुलाई दिईने गरि बजेट समेत सावृजनिक भईसकेको छ । तर, सरकारकै एक महत्वपूर्ण अंग शिक्षा मन्त्रालयले भने पब्लिक स्कुलहरु प्राइभेटलाई दिन नखोजिएको भन्दै यसविषयमा थप छलफल गरिने बताउनुभएको छ । मन्त्री पोखरेलले भन्नुभएको छ – कतिपयलाई यो बिचमा के लागेको थियो भने शिक्षा मन्त्रालयले नै यो लगेर ल्याएको होकी भन्ने परेको थियो तर बजेटमा यो कुरा आइसकेको सन्दर्भमा फेरी बजेट बनाउने आफ्नो प्रक्रिया छ अर्थमन्त्रालय मार्फतबाट फेरी मन्त्रिपरिषद्मा गएर पास गरेर संसदमा आउ“छ र संसदमा पनि मन्त्रालयगत छलफल भएर यो टुंगिन्छ, पोखरेले बताउनुभयो । मन्त्री पोखरेलको यो भनाईलाई कतिले भने गैरजिम्मेवार भएको समेत टिप्पणी गरिरहेका छन् ।

त्यसो त, कोरोना र लकडाउनको समयमा ७ सय ५३ वटै स्थानीय तहहरुमा एफएमहरुको पहु“च भएको अवस्थामा स्थानीय शिक्षकहरुलाई स्थानीय सरकारको संयोजनमा एफएमबाट पठनपाठनको प्रक्रिया अगाडि बढाउने र त्यसलाई पनि अन्तरक्रियामुखि या विद्यार्थिका प्रश्नहरुको उत्तर दिने ढंगले कसरी लैजान सकिन्छ भन्ने दिशामा पनि गृहकार्य भईरहेको पोखरेलले बताउनुभयो । यस्तै टेलिभिजन र केबलहरुबाट पठनपाठनको कुरालाई अगाडि बढाउने विषयमा पनि निरन्तर छलफल भईरहेको मन्त्रालयले जनाएको छ ।

सरकारले नीति तथा कार्यक्रम देखि बजेट निर्माण गर्दा सम्बन्धित मन्त्रालय एवम् निकायहरुको सुझावको आधारमा बनाईने गरेको बताउने गरेको छ । तर, सरकार अन्तर्गतकै एक अंगले भने सोही नीति कार्यक्रम तथा बजेटको स्वीकार गर्न आनाकानी गर्ने गरेका छन्, शिक्षा मन्त्रालयको ताल यतिबेला यस्तै देखिएको छ । तर ढिलै भएपनि अगामी असार १ देखि शिक्षात्मक गतिविधिहरु अगाडि बढाउने तयारीका साथ मन्त्रालयले निर्देशिका जारी गरिसकेको छ र सबै उपभाय अपनाई शिक्षाका क्रियाकलापलाई सुचारु गर्ने बताईरहेको छ । यो अवस्थामा अझैपनि वादविवाद र अन्यौलमै रुमलिएर बस्नुभन्दा राम्रो–नराम्रो मूल्यांकन भावी दिनमा अवश्य हुन्छ नै, तत्काललाई भने प्रभावकारी रुपमा शैक्षिक गतिविधि अगाडि बढाउनेतर्फ जोड दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

आज दुई प्रदेशमा वर्षाको सम्भावना

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com