ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको निशानामा ट्‍विटर, सामाजिक सञ्‍जालको कानुनी सुरक्षा खोस्‍ने कार्यकारी आदेशमा हस्ताक्षर


एबीसी न्यूज
जेष्ठ १६, २०७७ शुक्रबार  ९ : ४७ बजे

काठमाडौं,  १६  जेठ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालले पाउँदै आएको कानुनी सुरक्षा खोस्नेगरी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्विटरले उनको ट्विटमा तथ्यजाँच गर्ने (फ्याक्ट चेक) चिन्ह राखेपछि ट्रम्प ट्विटरविरुद्ध युद्धमा उत्रिएका हुन् ।

उनले आफ्नो व्यक्तिगत तनावलाई लिएर राष्ट्रपतिको शक्तिको प्रदर्शन गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । ट्विटरसँग तनाव बढेपछि उनले सामाजिक सञ्जालले पाउँदै आएका केही कानूनी सुरक्षा हटाउने सम्बन्धी कार्यकारी आदेश जारी गरेका हुन् ।
उनले यसअघि नै सामाजिक सञ्जाल बन्द गराउने धम्की दिएका थिए ।

ट्रम्पले कार्यकारी आदेश जारी गरेसँगै अब नियामक निकायले फेसबुक तथा ट्वीटरसहितका सामाजिक सञ्जालमा पोस्ट भएका सामग्रीप्रति उनीहरुले गर्ने व्यवहारविरुद्ध कानूनी उपचार खोज्न पाउने छन् ।

समालोचक तथा कानुनका विज्ञहरुले सामाजिक सञ्‍जालहरुको सुरक्षाका लागि रहँदै आएको वर्तमान कानुनी व्यवस्था परिवर्तनका लागि अमेरिकी संसद वा अदालती प्रणालीको सहभागिता अनिवार्य रहेको बताएका छन् ।

हिंसालाई बढावा दिएको भन्दै ट्‍विटरद्वारा ट्रम्पको ट्‍विट (हाइड)
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्‍जालमाथि कन्जरभेटिभ आवाजहरुमाथि बन्देज लगाएको वा सेन्सर गरेको अभियोग लगाउँदै आएका छन् । वाक स्वतन्त्रताको उल्लंघन भएको अभियोग उनको छ ।

यसअघि मंगलबार साँझ उनको एक ट्‍विटमा ट्‍विटरले तथ्य जाँचसम्बन्धी नोटिफिकेसन राखेपछि बुधबार ट्रम्पले ट्‍विट गरेर ठूलो कदम चाल्ने चेतावनी दिएका थिए । त्यसैगरी बिहीबार साँझ ट्रम्पले गरेको एक ट्‍विटले हिंसालाई बढावा दिएको भन्दै त्यसमा चेतावनी राख्दै ट्‍विट (हाइड) गरिदिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com