ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस : नेपालमा झन्डै ५,००० जनालाई सङ्क्रमण हुने नयाँ प्रक्षेपण, आवश्यक सामग्री किन्दै सरकार


एबीसी न्यूज
जेष्ठ १३, २०७७ मंगलबार  ९ : ५० बजे


काठमाडौं, १३ जेठ ।  नेपालमा कोरोनाभाइरस सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ५,००० सम्म पुग्ने नयाँ अनुमान गर्दै त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार कोरोनाभाइरस परीक्षणका लागि अत्यावश्यक सामग्रीको बोलपत्र आह्वान गरिसकिएको छ। कोरोनाभाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि आवश्यक हुने व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई०, मास्क, पन्जा जस्ता सामान खरिदका लागि स्वीकृति दिइसकिएको छ। अहिलेसम्म ५०,००० भन्दा बढी नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ।  सरकारसँग अहिले उपलब्ध सामग्रीले थप ५०,००० वटा नमुनाको मात्र परीक्षण गर्न सकिने बताइएको छ।

सामानको जोहो

यसअघि सरकारले नेपालमा झन्डै १,५०० मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिन सक्ने अनुमान गर्दै त्यसैअनुसार परीक्षण किट लगायतका स्वास्थ्य सामग्रीको जोहो गरेको थियो।

तर पछिल्ला केही दिनमा सङ्क्रमण बढेर ७०० को हाराहारीमा पुगेपछि अधिकारीहरूले सम्भावित सङ्क्रमणबारे नयाँ प्रक्षेपण गरेका हुन्।

अहिले नेपालमा फेला परेका धेरै सङ्क्रमितहरू भारतबाट फर्किएका हुन् र उनीहरू सीमावर्ती जिल्लामा छन्। भारतबाट हजारौँको सङ्ख्यामा नेपालीहरू फर्किएका र अझै हजारौँ जना फर्किने क्रममा रहेका बेला यो प्रक्षेपण गरिएको हो।

यसरी सङ्क्रमण बढ्न सक्ने अनुमानसँगै आवश्यक पर्ने स्वास्थ्य सामग्रीको पनि अभाव हुने देखिएको छ।  त्यसलाई ध्यानमा राख्दै खरिद प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले बताए।

उनले भने, त्यो प्रक्षेपणलाई ध्यानमा राखेर सामग्रीको जोहो गर्न हामीले सुरु गरिसकेका छौँ। खासगरी परीक्षण किटको टेन्डर प्रक्रिया भइसकेको छ। पुरानो प्रक्षेपणमा ठूलो सङ्ख्यामा भारतबाट मानिस आउने कुरा यो स्तरमा सोचिएको थिएन। अब चाहीँ हामीले नयाँ प्रक्षेपण सुरु गरिसक्यौँ।

कति सामान खरिद ?

दुई लाख पाँच हजार भीटीएम र १,७५,००० पीसीआर किट खरिदको प्रक्रियामा रहेको बताइएको छ।

पीपीई, मास्क, पन्जा र अन्य स्वास्थ्य सामग्रीका हकमा भने मन्त्रालयले स्वीकृति दिइसकेको र स्रोत सुनिश्चितता हुनासाथ खरिद गरिने बताइएको छ।

झन्डै ७५ जनाको पीसीआर परीक्षण गर्दा एक जनाको अनुपातमा सङ्क्रमित देखिएको परीक्षणको पछिल्लो तथ्याङ्कले देखाएको हुनाले हाल खरिद गर्न लागिएका परीक्षण सामग्रीले पनि नपुग्ने उनको भनाइ छ।

हाल सबै प्रदेश र जिल्लामा आवश्यक परे जति व्यवस्था गर्न नसकिए पनि स्वास्थ्य सामग्री र परीक्षण किटको अभाव हुन भने नदिइएको दाबी निर्देशक डोटेलले गरे।

अहिले लकडाउनको अवस्था छ, विश्वव्यापी सङ्कट छ, यातायात र ढुवानीमा असहजता छ। तैपनि हामीले सकेसम्म सामग्री अभाव हुन दिएका छैनौँ। मागेजति पाएका छैनन् होला तर पूर्ण अभाव हुन दिएका छैनौँ।

ूरणनीतिक रूपमै हामीले सानोसानो परिमाणमा सामग्री दिएका छौँ ताकि कतै त्यो थुप्रिएर नबसोस्। बरु एकपल्ट पठाए पुग्नेमा थोरैथोरै गरेर पटकपटक पठाएका छौँ। त्यसै अपेक्षा पूरा नभएको देखिएको होला तर सामग्रीको अभाव हुन दिएका छैनौँ।ू

सङ्क्रमितको सङ्ख्या २,००० पुगेमा फेरि तथ्याङ्कको समीक्षा र विश्लेषण गरेर आवश्यक तयारी गरिने उनको भनाइ छ।

हाल धेरै परीक्षण सामग्री एकै पटक ल्याउँदा त्यसलाई भण्डारण गर्न चाहिने तापक्रमअनुसार मिलाएर राख्न कठिन हुने भएकाले मध्यम स्तरमा खरिदको काम भइरहेको बताइएको छ।

सरकारले कुल जनसङ्ख्याको दुई प्रतिशत अर्थात् झन्डै ६,००,००० व्यक्तिको परीक्षण गर्ने लक्ष्य राखेको बताइएको छ।

विविसीबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

म सबै छानबिनका लागि तयार छु : प्रचण्ड

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

सम्बन्धित

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com