ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान


एबीसी न्यूज
जेष्ठ १३, २०७७ मंगलबार  ९ : ०९ बजे

पर्वत, १३ जेठ । पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण मुलुक लकडाउनमा रहेका बेला पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिनमा खेती गरे अनुदान दिने निर्णय गरेको हो । उत्पादन बढाउन र खाद्य सङ्कट नहोस् भनेर किसानलाई अनुदान घोषणा गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो ।

नगरको कार्यपालिको सोमबार बसेको बैठकबाट कोरोना भाइरस सङ्क्रमण थप फैलिन सक्ने र खाद्य सङ्कट समेत निम्तिन सक्ने भन्दै बाँझो जमिनमा खेती गर्न प्रोत्साहन गर्ने नीति अघि सारिएको नगरप्रमुख शर्माले बताउनुभयो । नगरपालिकाले दुई वर्षभन्दा बढी समय बाँझो रहेको जमिनमा खाद्यान्नजस्तै मकै, कोदो र धानखेती गर्ने किसानलाई अनुदान दिने निर्णय गरेको नगरप्रमुख शर्माले जानकारी दिनुभयो । “हामी आत्मनिर्भर हुनेतर्फ योजना बनाउन जरुरी छ”, उहाँले भन्नुभयो, “यस्तै अवस्था आउने हो भने विदेशबाट खाद्यान्न आयात हुन समस्या आउन सक्छ”, उहाँले भन्नुभयो, “त्यसैले हामीले आफ्नै उत्पादनमा जोड दिनुपर्छ ।”

नगरपालिकाले बाँझो जमिनमा खेती गरे वडा कार्यालयबाट प्राप्त तथ्याङ्कको आधारमा अनुगमन गरी वास्तविक देखिएमा मल, बीउ व्यवस्थापनको लागि प्रतिरोपनी रु दुई हजार दिनेछ । साथै नगरपालिकाले खेती गरिने स्थान वरिपरि अनुत्पादक रुख कटानीछटानीको व्यवस्था गर्नुपर्ने भनेको छ ।

बाँझो जमिनमा खेती गर्न इच्छुक व्यक्तिले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित टोलको सिफारिस, जग्गाधनी प्रमाणपत्र र लिज वा भाडामा भए सम्झौतापत्र र लिनेदिनेको नागरिकताको प्रमाणपत्रसहित १५ दिनभित्रमा वडा कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

सम्बन्धित

आज दुई प्रदेशमा वर्षाको सम्भावना

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com