ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशै आतंकित भएका बेला भ्रष्टाचार गर्नेलाई सरकारले नछोड्ने – प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली सरकार मात्तृभूमिको हितलाई सर्वोपरी ठानेर त्यसैका निम्ति सरकार समर्पित रहेको स्पष्ट पार्नुभएको छ । नीति तथा कार्यक्रममाथि जवाफ दिईसकेपछि सांसदहरुले राखेको प्रतिप्रश्नको जवाफ दिदै उहाँले सरकार कसैको दबाबमा नपरेको तथा नेपाल र नेपालीको सार्वभौम, समानता, स्वाधिनता र स्वभिमानलाई प्राणभन्दा प्यारो ठानेर त्यसैमा समर्पित भएको स्पष्ट पार्नुभएको हो । उहाँले सिमा अतिक्रमणको विषय उठाएकोमा ‘अरुको उक्साहटमा लागेर नेपालले बोल्यो’ भन्नु नेपाललाई हेच्याउने र अपमान गर्ने कुरा भएको भन्दै उहाँले नेपाल कसैको उक्साहटमा नपर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “गुलामीलाई कहिलेही स्वीकार नगरेको । स्वभिमानका निम्ति बलिदान गरेको । दासता अस्वीकार गरेको स्वाभिमानी राष्ट्र हो ।कसैको उक्साहट र बहकाबमा चल्दैन । सबैले बुझ्ने गरि म भन्न चाहन्छु ।”

सिमा अतिक्रमणबारे

अतिक्रमित जमिन फिर्ता लिन सहज नभए पनि नक्सा सार्वजनिक गर्नुले दृढता सार्वजनिक गरेको भन्दै मुलुकको शक्तिले न्याय निरुपणमा प्रतिबिम्बित हुनु हुदैन भन्ने पक्षमा सरकार रहेको स्पष्ट पार्नुभयो । उहाँले विवादित भूमिको समस्या समाधान गर्नका लागि भारत बार्ताको टेबलमा बस्नुको विकल्प नभएको र वार्तामा सहभागी हुनेछ भन्ने विश्वास सरकारले लिएको बताउनुभयो । नेपाल सरकार भारतसग तनाब नभई तनाबरहित मित्रता चाहेको भन्दै उहाँले भूमि सम्बन्धी इतिहासका त्रुटी सच्याएर मित्रतालाई उचाईमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भूमि सम्बन्धी विवाद तथ्य र वार्ताका आधारमा टुंग्याएर वास्तविक र मन देखिको मित्रता देखाउन भारतलाई नेपाल सरकारले आग्रह गरेको बताउनुभयो ।

ओम्नीबारे

प्रधानमन्त्री ओलीले स्वास्थ्य सामाग्री खरिदमा अनियमिता भएको प्रमाणित भए कारवाही गरिने प्रतिवद्धता जनाउनुभएको छ ।

उहाँले भन्नुभयो “यदि कसैले एक रुपैया पनि तलमाथि गरेको छ भने, भ्रष्टाचार गरेको छ भने, अनियमितता गरेको छ भने, त्यस विषयमा छानविन हुन्छ । कारवाही हुन्छ । कोही पनि कारवाहीबाट उम्कन सक्क्तैन । तर हरेक कुरामा भ्रष्टाचार मात्रै देख्नु र अप्रमाणित ढंगले, जो मन परेको छैन । जो रिस उठेको छ त्यससंग लगेर जोडिदिनु । स्वस्थ्य तरीका होइन । यो हाम्रो भ्रष्टाचार विरोधी भावना र अभियान पनि हुन सक्क्तैन । ”

स्वास्थ्य संकटको राष्ट्रिय स्थितिमा भएका बेला स्वास्थ्य अवस्थाको जटिल परिस्थितिका कारण कानुनको वास्ता नगर्ने अवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो । सामान्य अवस्थाको खरिद प्रक्रिया नभई विशेष अवस्थाको खरिद प्रक्रिया भएको दाबी गर्दै उहाँले निराधार कुरा नगर्न पनि चेतावनी दिनुभयो । विशेष अवस्थामा मन्त्रालय र सम्बन्धीत विभागका प्रमुखले खरिद प्रक्रिया छोटो प्रक्रियाबाट अघि बढाउन पाउने र स्वास्थ्य विभागका निर्देशकले ती काम गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले “एउटा एउटा कम्पनीको पक्ष लिने । एउटा एउटा कम्पनी बोकेर हिड्ने र त्यो कम्पनीले पाउनुपथ्र्यो भन्ने । त्यसले पाएन भने उपध्रो मच्चाउने खालका प्रवृत्तिहरुको शिकार हामी हुनुहुदैन । ओम्नी भनेको मैले सुनेको पनि थिएन । कसको के हो थाहा पनि थिएन । र व्यापार बिजनेसको कारोबार मेरो विषय होइन । ”

जाँच किटमा पनि भ्रष्टाचारको भन्ने सांसदहरुको प्रश्नमा उहाँ देशै आतंकित भएका बेला भ्रष्टाचार गर्नेलाई सरकारले नछोड्ने आश्वासन दिनुभयो ।

उहाँले भन्नुभयो “जाँच तिर लाग्ने कि भ्रष्टचार तिर ? जाँच संगै भ्रष्टचारमा सजग हुने । भ्रष्टचार भएको भए भोली पनि हामीले छानविन गर्न सक्छौ । ”

उहाँले कोरोनाको माहामारीबाट जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको भन्दै त्यसपछि सरकारले योजनाबद्ध ढंगले अर्थतन्त्र माथि उठाउने स्पष्ट पार्नुभयो ।

उहाँले विदेशमा भएका ४०÷ ४५ लाख युवालाई तत्काल मुलुक भित्र ल्याउन सानो तयारीले नहुने भएकाले सरकार व्यापक तयारीमा लागेको बताउनुभयो । आफुले विभिन्न देशमा राष्ट्रप्रमुखसंग कुराकानी गरिरहेको भन्दै उहाँले कोरोनाको महामारी सकिएपछि विदेशमा रहेका नेपालको आवश्यकता र चाहनाका आधारमा कार्यरत देशमा वा स्वदेशमा व्यवस्थापन गरिने बताउनुभयो । उहाँले स्वदेशमै भएका नागरिकको सुरक्षा र विदेशमा भएका नागरिकको समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार दृष्ढ स्पष्ट र क्रियाशिल भएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो “मान्छे ल्याउने सेन्टीमेण्टमा हामी ह्वारह्वारी मान्छे ल्याएर क्वारेन्टाइनमा पनि राख्न नसक्न, केही पनि गर्न नसक्ने र कोरोना मात्रै फैलाउने अनि देशै सोत्तर बनाउने । त्यसप्रकारको भद्रगोल श्रृजना गर्ने मनस्थितिमा छैनौ । ”

उहाँले संक्रमितको संख्या बढ्दै गर्दा गुणस्तरीय क्वारेन्टाईन बनाउने तयारीमा नै सरकार लागेको स्पष्ट पार्नुभयो ।

उहाँले संविधानमा भएको व्यवस्था अनुसार आयोग गठनमा विभिन्न कारणले बिलम्ब भएको भन्दै अब छिटै गरिने आश्वासन दिनुभयो । छिटै गर्न अध्यादेश पनि जारी भएको तर आशंका पैदा भएपछि जनभावनाको कदर गर्दै फिर्ता गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com