ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीति तथा कार्यक्रम : विभिन्न दलका नेताहरुको प्रतिक्रिया यस्तो


एबीसी न्यूज
जेष्ठ २, २०७७ शुक्रबार  ९ : ०२ बजे

काठमाडौ, २ जेठ । सत्तारुढ दलकै नेताहरुले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन् । संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा आफ्नो समर्थन रहेको तर कार्याक्रम कार्यान्वयनमा चुनौति रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘चुनौति चाहिं कार्यान्वयनकै छ । मलाई लाग्छ यो कार्यान्वयन गर्न सकियो भने यसले रामै्र गति लिन्छ ।’

त्यसैगरी नेकपाका सांसद जनार्दन शर्माले कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा पार्ने प्रभावको मुल्याङ्कन भएपछि मात्रै नीति कार्यक्रमले कस्तो गति लिन्छ भन्ने अनुमान गर्न सकिने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा नीति कार्यक्रम राम्रो आएको तर कार्यान्वयनमा चुनौति रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेको कोरोनाको महामारीले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव, त्यसबाट नेपालमा पर्ने प्रभाव अझै कस्तो हुन्छ भन्न सकिदैन । त्यो प्रभावको समग्र मुल्याङ्कनपछि यो नीति तथा कार्यक्रमले कस्तो गति लिन्छ भन्ने कुराको अनुमान गर्न सकिन्छ । अहिलेलाई नीति कार्यक्रम हामीले सुन्यौं त्यो राम्रो छ । सबै क्षेत्रलाई समेटेको छ फेरीपनि कार्यान्वयनका चुनौतिहरु हाम्रा अगाडि छन् ।’

काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्षी दलका नेताहरुले ‘प्राथमिकता गुमाएर आएको नीति तथा कार्यक्रम’ले मुलुकलाई संकटबाट बाहिर निकाल्ने नसक्ने प्रतिक्रिया दिएका छन् । नीति तथा कार्यक्रम सार्वजनि पछि प्रतिक्रिया दिँदै नेताहरुले वर्तमान आवश्यकताको प्रथामिकता सरकारले सम्बोधन गर्न नसकेको प्रतिक्रिया नेताहरुले दिएका हुन् ।

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले प्राथमिकता गुमाएर ल्याएको नीति र कार्यक्रमले मुलुकलाई संकटबाट बाहिर निकाल्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारले प्राथमिकता गुमाएको र प्राथमिकता गुमाएर बनेको कार्यक्रम, नीतिले यो संकटबाट मुलुकलाई बहिर निकाल्न सक्दैन् । त्यसैले ६३ पानाको नीति कार्यक्रम विर्षेर प्राथमिकता तर्फ ध्यान दिन आग्रह गर्दछु । कोरोना महामारीबाट आउने अवशर र चुनौतीको सामना गर्ने कुराका लागि अगाडी बढ्न आग्रह गर्दछु ।’’

रिजालले सीमा अतिक्रमणको विषयमा सरकारले भरोसा गर्न सकिने कुरा नभनेको बताउनुभयो । अन्तिम समयमा आएर अलिकति बोलेपनि सरकारले गम्भिरता नदेखाएको आरोप उहाँले लगाउनुभयो । सरकारले काम गरेर प्रमाणि गरे आफुहरुको साथ सधै रहने उहाँले बताउनुभो ।
कांग्रेसका अर्का नेता शशांक कोइरालाले कोरोना महामारीको अवस्थालाई ध्यान दिनुपर्ने भएपनि ध्यान अन्यतिर गएको बताउनुभयो । सरकारले कोरोना महामारी नियन्त्रणलाई जति ध्यान दिनुपर्ने हो त्यतातिर ध्यान नगएको उहाँले बताउनुभयो । उहाँले भनुभयो, ‘सरकारले प्राथमिकता नदिएको होइन तर जति महत्वका साथ दिनुपर्ने थियो त्यती दिएको छैन् ।’

अर्का नेता प्रदीप गिरीले विश्व नै कोरोना संकटसँग जुधिरहेका बेला सरकारले पुरानै कुराहरुलाई दोहो¥याएको बताउनुभयो । कोरोनाको सामना गर्न नेपालसँग पर्याप्त तयारी र स्रोत साधन नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रममा पुरानै कुरा भनियो । दोहो¥यायो । जनतालाई कुनै पनि आत्मविश्वास, आशा र भरोसा नदिने र आन्तरिक रुपमा पुरानै योजना पुरा गरिने छ पुरा गरिने छ भन्ने मन्त्र मात्रै जप गर्नु साह्रै हास्यास्पद हो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले आर्थिक चुनौतीको सामना गर्नुपर्ने बेला ठोस नीति तथा कार्यक्रम नआएको बताउनुभयो । भ्रष्टाचार निर्मुल गर्ने र नियन्त्रण गर्ने सरकारको प्रगतिवद्धता कमजोर देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोभिड पछि ठूलो संख्यामा बेरोजगारी समस्या उत्पन्न हुन्छ । वैदेशिक रोजगारीबाट लाखौ युवाहरु फर्किदैछन् । रोजगार प्रवद्र्धन गर्ने ठोस कार्यक्रम देखिएन् । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने कुनै कार्यक्रम छैनन् । आशा जोगाउन सक्ने नीति तथा कार्यक्रम भएन् ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

सम्बन्धित

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

काठमाडौंमा अब बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com