ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोनाबाट ३७ लाख ४८ हजार संक्रमित, २ लाख ६३ हजारको मृत्यु (कहाँ कति सूचिसहित)


एबीसी न्यूज
बैशाख २५, २०७७ बिहीबार  ६ : ४८ बजे

काठमाडौं, २४ बैशाख । विश्वभर कोरोना संक्रमितको संख्या ३७ लाख ४८ हजार ९ सय ५९ पुगेको छ। संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १२ लाख २७ हजार ४ सय ३० जनामा संक्रमण पुष्टि भइसकेको छ।

जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार स्पेनमा २ लाख २० हजार ३ सय २५, इटालीमा २ लाख १४ हजार ४ सय ५७, बेलायतमा २ लाख २ हजार ३ सय ५६, फ्रान्समा १ लाख ७४ हजार २ सय २४, जर्मनीमा १ लाख ६८ हजार १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ६३ हजार १ सय ४६ पुगेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ७३ हजार ९५ को मृत्यु भएको छ।

त्यस्तै, बेलायतमा ३० हजार १ सय ५०, इटालीमा २९ हजार ६ सय ८४, स्पेनमा २५ हजार ८ सय ५७, फ्रान्समा २५ हजार ८ सय १२ जनाको मृत्यु भइसकेको छ।

विश्वभर १२ लाख ३८ हजार ४ सय ५३ हजार संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ १ लाख ८९ हजार ९ सय १० जना संक्रमणमुक्त भएका छन्। त्यस्तै जर्मनीमा १ लाख ३७ हजार ६ सय ९६, स्पेनमा १ लाख २६ हजार २ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ९९ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये २२ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

सम्बन्धित

रविलाई पदबाट हटाउन र बालेनमाथि अनुसन्धान थाल्न जेनजीको माग

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

आक्रामक शैली, छोटो कार्यकाल : विवादपछि गृहमन्त्री सुधन गुरुङको बहिर्गमन

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com