ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसबारे लगाएको गलत आरोपको चीनले गर्‍यो खण्डन


एबीसी न्यूज
बैशाख १६, २०७७ मंगलबार  ९ : ०४ बजे

काठमाडौं, १६ वैशाख । चिनियाँ विदेश मन्त्रालयले चीनले कोरोना भाइरसको बारेमा गलत जानकारी फैलाइरहेको भन्ने आरोपको खण्डन गरेको छ ।

गएको हप्ता युरोपेली सङ्घको एउटा प्रतिवेदनमा चीनले महत्वपूर्ण तथ्य लुकाएर अपरेशन चलाइरहेको दाबी गरिएको थियो । बेलायत र अमेरिकामा राष्ट्रिय सुरक्षासँग जोडिएका अधिकारीहरुले चीनले कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या लगातार घटाएर भन्ने गरेको बताएका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ्ग शुआङ्गले सोमबार पत्रकार सम्मेलनमा भने, चीन कुनै पनि व्यक्ति र संस्थानको माध्यमबाट गलत जानकारी दिने या फैलाउने क्रियाकलापको विरुद्ध छ । चीन गलत जानकारीको स्रोत नभइ आफै त्यसको सिकार बनेको छ ।

यसअघि चीनले कोरोना भाइरसको सङ्क्रमणको उद्गमस्थल वुहानमा ज्यान गुमाउनेको सङ्ख्या सच्याएको थियो । चीनमा अहिलेसम्म ८२ हजार आठ सय ३० जनामा सङ्क्रमण पुष्टि भएकोमा चार हजार ६ सय ३३ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com