ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेता किम जीवितै : हजुरबुबाको जयन्तीमा सामेल नभएपछि यो कुरा बाहिरिएको थियो


एबीसी न्यूज
बैशाख १५, २०७७ सोमबार  ३ : १० बजे

एजेन्सी । हालै उत्तर कोरियाका तानाशाह किम जोङ उनको मृत्युको अफवाह संसारभरि फैलियो । आफ्नो डर र शक्ति तथा बयानहरूले चर्चामा रहने किमको मृत्युको खबर सबैको चासोको विषय थियो नै ।

तर, उनको मृत्युको खबर संसारभरि भाइरल भइरहँदा उत्तर कोरियाले यसबारे कुनै प्रतिक्रिया दिएको थिएन । तर, उत्तर कोरियाको छिमेकी देश दक्षिण कोरियाले भने किमको मृत्युबारे प्रतिक्रिया दिएको छ । उसले किमको मृत्यु भएको भन्ने समाचार केवल अफवाह मात्र भएको बताएको छ ।

दक्षिण कोरियाका राष्ट्रपतिका परराष्ट्र सल्लाहकार चुङ इन मुनका अनुसार किम जुङ उन पूर्णतः स्वस्थ छन् ।

रिपोर्टहरूमा उल्लेख गरिएअनुसार मुनले भने, ‘किमका लागि हाम्रो सरकारको धारणा जारी छ, तर उनी जिउँदै र स्वस्थ छन् । उनी अप्रिलको २३ तारिखबाट वोनसन भन्ने इलाकामा बसिरहेका छन् ।’

केही समय पहिले किम बिरामी भएको खबर आएको थियो । उनको मुटुको शल्यक्रिया गरिएको र त्यसपछि संक्रमणको सिकार हुन पुगेको बताइएको थियो । धेरै अन्तर्राष्ट्रिय समाचारहरूमा त उनलाई कोरोना भएको र चिनियाँ डाक्टरबाट उनमा कोरोना सरेको बताइएको थियो ।

उनी १५ अप्रिलमा उनका हजुरबुबाको जयन्तीमा सामेल नभएपछि यो कुरा बाहिरिएको थियो । त्यस्तै त्यसपछि भएको सेना दिवसमा पनि उनको उपस्थिति नभएपछि उन गम्भीर बिरामी रहेको तथा मृत्युसम्म भएको हुनसक्ने आँकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com