ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको वुहानको लागि महत्वपूर्ण क्षण : कोरोना सङ्क्रमित शून्य


एबीसी न्यूज

काठमाडौं, १५ वैशाख । चीनको सबैभन्दा बढी प्रभावित वुहान सहरका अस्पतालहरूमा उपचाररत सबै कोभिड–१९ सङ्क्रमित व्यक्ति उपचारपछि आइतबार घर फर्किएका छन् । दिङ थरका ७७ बर्षीय पुरूष चीनको मध्य क्षेत्र हुबेईको राजधानी वुहानमा कोभिड–१९ को सङ्क्रमणपछि निको भएर घर फर्किने सबैभन्दा पछिल्लो व्यक्ति हुनुभएको छ । दिङको दोस्रो परीक्षणको रिपोर्टमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि उहाँलाई आइतबार घर पठाइएको वुहान नगर स्वास्थ्य आयोगका अधिकारीले बताएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फङले बेइजिङमा पत्रकार सम्मेलनमा भन्नुभयो, “वुहानले कोरोना भाइरसविरूद्धको लडाईंमा सफलता पाउनुमा वुहान तथा देशका विभिन्न भागबाट त्यहाँ रहेर विरामीको उपचार गर्ने स्वास्थ्यकर्मी तथा अन्य सेवामा खटिने चिनियाँहरूको कडा परिश्रम नै महत्वपूर्ण थियोे ।”

आइतबारको घोषणा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित चिनियाँ शहर वुहानको लागि महत्वपूर्ण क्षण बनेको छ । चीनको वुहानमा विगत पाँच दिनदेखि सङ्क्रमितको सङ्ख्या दुई अङ्कमा झरेको लगातार पाँच दिनपछि र हुबेईमा सबैभन्दा बढी दैनिक ५० हजार ६३३ विरामी र वुहानमा ३८ हजार २० विरामीलाई सेवा दिएको ७० दिनपछि राष्ट्रिय स्वास्थ्य आयोगको उक्त घोषणा आएको हो ।

यस क्षणको प्रतिक्षामा थियौँ –चिकित्सक

सघन सेवा कक्षका चिकित्सक साङ यूले भन्नुभयो, “कोरोना भाइरसमुक्त घोषणा भएको यो दिन वुहानवासी ९चिनियाँ० का लागि ऐतिहासिक बनेको छ ।” उहाँले थप्नुभयो, “हामीले यो दिनको प्रतिक्षा लामो समयदेखि गरिरहेका थियौँ ।” शनिबारको अन्त्यसम्ममा वुहानमा ५० हजार ३३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार ८६९ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये निको भएर फर्किनेको सङ्ख्या वुहानमा ९२।३ प्रतिशत रहेको बताइएको छ ।
हुबेइमा विगत २० दिनयता नयाँ सङ्क्रमित व्यक्ति नभेटिएको र हुबेईमा बाँकी ५० जना कोभिड–१९ सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् । आइतबारसम्म मुख्यभूमि चीनमा ८२ हजार ८२७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ८०१ जना विरामीको चीनभर उपचार भइरहेको छ । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा ७७ हजार ३९४ सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com