ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उदयपुरमा जमाती समूहबाट कोरोना नसरेको पुष्टि


एबीसी न्यूज


गाईघाट,  १४ वैशाख । उदयपुरको त्रियुगा नगपालिका– ३ भुल्केमा २८ जनामा देखिएको कोरोना सङ्क्रमण भारतीय जमाती मुस्लीम समूहबाट नसरेको कुरा पुष्टि भएको छ ।

शनिवार त्रियुगा नगपालिका– ३ भुल्के आइपुग्नुभएका प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवनकुमार घिमिरेले शुरुमा आफूहरु सबैले भुल्केमा २८ जनामा देखिएको कोराना सङ्क्रमण भुल्केको नुरी मस्जिदमा लुकेर बसेका भारतीय १२ मुस्लीम धर्मगुरु जमातीबाट सरेको विश्वास गरेको भए पनि अहिले सो कुरा पुष्टि नभएको बताउनुभयो ।

मन्त्री घिमिरेले भन्नुभयो, “भुल्केको नुरी मस्जिदमा रहेका १२ मुस्लीम जमाती उदयपुरको चौदण्डी नगरपालिकाको सिवाइ मस्जिदमा पनि १५ दिन रहेका र अन्यत्र पनि रहेका तर ती सबै जमाते रहेका स्थानका नागरिकको स्वाब नमूना जाँच गरेर रिपोर्ट हेर्दा रिपोर्ट नेगेटिभ आएको छ ।”

अहिलेको कोरोना भुल्केमा जमातीबाट नसरेको बरु भुल्केका केही मुस्लीम युवा लकडाउनअघि नै साउदी र कतारबाट आएका कारण उनीहरुबाट सरेको मन्त्री घिमिरेको जिकिर छ । अहिले भुल्केमा विदेशबाट आएका युवा पनि २८ जना कोरोना सङ्क्रमित भित्र रहेका र उनीहरु अहिले विराटनगरस्थित कोरोना अस्पतालमा उपचार गराइरहेका उहाँले बताउनुभयो ।

भुल्केमा विदेशबाट आएका स्थानीय मुस्लीम युवाले मस्जिदमा प्रवेश गर्दा जमातेमा सारेको पनि मन्त्री घिमिरे बताउनुभयो । भोजपुरमा कोरोना सङ्क्रमित देखिएका युवा केही समयअघि साउदी अरबबाट आएका र उनैले कोरोना लिएर आएको पुष्टि भएका कारण तथ्यका आधारबाट हेर्दा र अहिलेसम्मको प्रदेश सरकारको अनुसन्धानबाट पनि जमाते समूहबाट कोरोना नसरेको मन्त्री घिमिरेले जानकारी गराउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन

निर्वाचन आयोगमा कांग्रेस विवाद : दुई दिनमा दुई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com