ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरघरमै नमाज पढेर मुस्लिम धर्मालम्बीको यसवर्षको रमजान सुरु


sharan sharan

बुटवल, १३ बैशाख ।
वर्षभरीकै कठोर ब्रतकारुपमा लिईने इस्लाम धर्मालम्बीहरुको रोजा आजबाट सुरु भएको छ । शुक्रबार राती चन्द्रमा देखिएसंगै यस वर्षको १ महिने रमजान पर्व सुरु भएको छ । रमजानको पहिलो नमाज नजिकको मस्जिदमा पढेर सुरु गर्ने परम्परा रहेपनि यस वर्ष नेपालका मुस्लिम समुदायले घरघरमै नमाज पढेर रमजानलाई स्वागत गरेकाछन् । मस्जिदमा नमाजीहरु नगएपछि हरेक वर्ष भरीभाउ हुने नेपालका प्रयाय मस्जिदहरु यस वर्ष सुनसान देखिएका थिए । बिश्वभर कोरोना भाइरसले माहामारीको रुप ग्रहण गरेपछि मुस्लिम अगुवाहरुले मस्जिद नजान र घरमै नमाज पढेर रोजा बस्न आह्वान गरेका थिए । मस्जिदको ढोकाहरुमा लकडाउनको सुचना टांस गरि कतिपय मस्जिदहरु बन्द समेत गरिएका थिए ।
मुस्लिम समुदायले रमजानको एक महिना कठोर ब्रत बस्दछन् । सुरुको पहिलो दिन बिहान ३ बजे सेहरी अजहान बिहानको खाजा खाएर सुरु भएको ब्रत सांझ ६ बजेर ४८ मिनेटमा रोजा ईस्तार गरि समाप्त भएको थियो । समुदायले हरेक दिन बिहान १ मिनेट थपिंदै जाने र सांझ घट्दै जाने नियम अनुसार १ महिना पानी र थुक समेत निल्न नहुने गरि हरेक दिन करिव १५ घण्टा भोकै बस्नु पर्दछ । रमजानको बेला प्रत्यक मुसलमानले दिनमा ५ पटक नमाज र १ पटक तराबि नमाज पढ्नु पर्ने नियम रहेको छ । तराबि नमाज १ देखि २ घण्टाको हुने गर्दछ भने नमाज १५ मिनेट मा पढेर सकिन्छ । पछिल्लो समय समुदायमा ब्यापार ब्यवसायमा लाग्ने, नोकरी तथा अन्य कार्यमा सहभागि हुने भएकाले तराबिको समय घटाएर ३ देखि ७ दिनमा सक्ने समेत गरिएको नेपालगन्जका मुस्लिम अगुवा राष्ट्रिय हज कमिटीका सदस्य मेराज अहमदले बताउनु भयो । यस वर्ष नमाजको समयको सुचना दिन ऐलान गरिने मोअज्जीमको आह्वान समेत सानो आवाजमा प्रशारण गरिएको थियो ।
मुस्लिम परम्परा अनुसार १ महिनाको ब्रत पछि देखिने पहिलो चन्द्रमालाई हेरेपछि रमजानको महिना समाप्त हुन्छ । चन्द्रमा देखिएको दोस्रो दिन मुस्लिम धर्मालम्बीहरुको सबै भन्दा ठूलो पर्व ईद उल फित्र सुरु हुने गर्दछ । ब्रतकै बिच मुसलमानहरुले बर्ष भरी गरेको आम्दानीबाट २.५ प्रतिशत निकाली गरिव तथा असहायलाई बांड्नु पर्दछ । यसरी बांडिने दानलाई समुदायमा जकात भन्ने गरिन्छ । जकातबाटै निश्चित रकम छुट्याएर ईदको दिन फित्र दान गरेपछि ईदगाहामा नमाज पढेर ईद पर्व मनाउने गरिन्छ । ईदमा गच्छे अनुसार बिभिन्न परिकारहरु बनाई छरछिमेक, इष्टमित्रलाई बोलाई इदी खुवाउने चलन समेत रहेको छ । रमजानको महिना खानामा मात्र नभएर जिवशैलीका हरेक बिषयमा अनुसानको ब्यवस्था गरिएको मुस्लिम अगुवा मेराज अहमदले जानकारी दिनुभयो । रोजा चलिरहेको बेला झुटो बोल्न नहुने, शारिरीक सम्पर्क गर्न नहुने, कसैसंग नाफा खान नहुने जस्ता आचरणमा बस्नु पर्ने समुदायमा परम्परा रहंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन

निर्वाचन आयोगमा कांग्रेस विवाद : दुई दिनमा दुई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com