ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल


एबीसी न्यूज

काठमाडौँ, १३ बैशाख ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई अति उच्च जोखिमको सूची (लेभल ४)बाट हटाएर उच्च जोखिमको सूची (लेभल ३)मा झारेको छ ।

कोरोना नियन्त्रणमा नेपालको सक्रियता र नतिजाको आधारमा जोखिम सूचीमा सुधार भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘हामी पहिले लेभल ४ अर्थात अति उच्च जोखिमको सूचीमा थियौँ । तर त्यसलाई हामीले सुधार गर्‍यौँ, अहिले लेभल ३ मा झरेका छौँ ,’ उनले भने ।

सार्क मुलुकका भारत, श्रीलंका, बंगलादेश, भुटान, मालदिव्स लेभल ३ मा रहेको उनले बताए । तर पाकिस्तान अहिले पनि लेभल ४ र अफगानिस्तान अहिले पनि लेभल ५ मा रहेको उनले बताए ।

नेपालले पछिल्लो समय पीसीआर र र्‍यापिड टेष्टको दायरा ह्वात्तै बढाएको, संक्रमण रोक्न लकडाउनलाई कडाईका साथ लागू गरेको, आइसोलेसन वार्ड बढाएको, क्वारेन्टाइन गर्ने कार्य स्थानीय तहले कडाईका साथ लागू गरेको कार्यको मूल्यांकन गरी नेपालको अवस्था दुई महिना अघिको तुलनामा सुधार भएको महानिर्देशक श्रेष्ठले बताए । उनले कोरोना नियन्त्रणका लागि नेपालले चालेको कदम विश्वमै उत्कृष्ठ रहेको दोहो र्‍याए । ‘नेपालमा रोग देखियो भने अवस्था भयावह हुन्छ भन्ने थियो । स्रोत साधन छैन् पार लाउन सक्दैन, परीक्षण गर्न समेत सक्दैन भन्ने जो अनुमान थियो । त्यो हामीले गलत गरिदिएका छौँ । हामीले सातवटै प्रदेशमा तिब्रगतिमा प्रयोगशाला विस्तार ग र्‍यौँ, ७७ वटै जिल्लामा र्‍यापिड टेष्ट ग र्‍यौँ, अहिले देशभरका स्थानीय तहले संकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने कामलाई बढो व्यवस्थित ढंगले गरेको छ । संघ प्रदेश र स्थानीय तहको अभुतपूर्व कार्यले कोरोनाको सम्भावित भयावह अवस्था हुनबाट जोगाउन सफल भएको छ । संक्रमित व्यक्तिहरु पनि अहिले धमाधम निको भइरहेका छन् । यो हाम्रो लागि निकै सफलताको कुरा हो,’ उनले भने ।

डव्लुएचओले नेपालको कोरोना नियन्त्रण सम्वन्धी कदमलाई सही दिशामा अघि बढीरहेको उल्लेख गरेको समेत जानकारी दिए ।
नेपालमा अहिलेसम्म कोरोनाबाट ४९ जना संक्रमित भएका छन् । तीमध्ये ११ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन

निर्वाचन आयोगमा कांग्रेस विवाद : दुई दिनमा दुई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com