ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पामा प्रहरीकै मिलेमतोमा वाहिरी जिल्लावाट तरकारी भित्रियो


एबीसी न्यूज

पाल्पा ११ बैशाख । कोरोना भाइरस संक्रमण रोकथामका लागि वाहिरी जिल्लावाट आउने तरकारीमा लगाइएको प्रतिवन्ध पाल्पामा प्रहरी बाट नै उल्घंन भएको छ ।
फलफुल, टमाटर र तरकारी जिल्ला प्रहरी कार्यालय र तानसेनका अन्य व्यापारीलाई विक्रि गरि बुर्तिवाङ जाने तयारीमा बुटवलवाट हिडेको लु १ च ४५८७ नं। को पिकअप बलेरो गाडी प्रहरीले राती नियन्त्रणमा लिएपछी यसको खुलासा भएको हो ।
तानसेनमा विक्रिका लागि भारतिय बजारको टमाटर आउने सुचनाका आधारमा साढे १० बजे राती तानसेन ७ प्रभासमा पुगेका पत्रकारलाई छलेर प्रहरीले गाडी नियन्त्रणमा लिएको हो । गाडीमा रहेको वस्तु चेकजाँच नगरी विलका आधारमा दोभान प्रहरी चौकीले छाडेको र बजारमा हल्ला भएपछि प्रभाष प्रहरी चौकीका प्रमुख एक्काबहादुर नेपालीको नेतृत्वमा हतपत २ वटा गाडी नियन्त्रमा लिइएको हो । गाडीमा वाहिरी आवरणमा फलफुल र भित्र भारतिय टमाटर रहेको छ ।

नियन्त्रणमा लिएको गाडीका साहु धनन्जय कुमारले लम्विनी क्षेत्रमा उत्पादन भएको टमाटर बुर्तिवाँङ लैजान लागेको तर प्रहरीले तीन क्यारेट टमाटर मागेपनी नपुग्ने भन्दै एक क्यारेटमात्र पैसा तिरेर लिने सहमती भएको बताउनुभयो । उहाँले तानसेनवाट धेरै व्यापारीको पटक पटक फोन गएको हुदाँ सवैलाइ हुन्छहुन्छ भनेको तर विक्रि गर्ने सामान नभएको बताउनुभयो । कल्पना फलफूल पसलको नाममा राजश्व तिरेको रसिदमा तरकारी र टमाटर छ । तर प्रहरीको कुनै नियमन नहुदाँ रातीको समयमा हुने चेकजाँचप्रति संका गर्ने ठाउ रहेको पत्रकार यज्ञमूर्ति तिमिल्सीनाले बताउनुभयो । उहाँका अनुसार गाडीमा भएको अण्डाको चलानी समेत गत चैत्र महिनाको रहेको बताउनुभयो । यसमा मिलोमतो नभै यसप्रकारको काम हुननसक्ने पत्रकारहरुले बताएका छन ।

उनिहरुले राज्य समयन्त्रकै नियतमा खोट देखीदा यसको नियमन कुन तहवाट हुन्छ र आम नागरीक सुरक्षित कसरी हुन्छन भन्ने विषय गम्भीर बनेको बताए । यस वारे जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपेन्द्र जि।सीले पाल्पा जिल्लामा प्रतिवन्ध लगाइएपनि वाहिरी जिल्लाका गाडीहरु नरोकिएको बताउनुभयो । उहाँले प्रहरी कार्यालयका लागि मागिएको टमाटर वारे आफुलाइ जानकारी नभएकोले बताउनुभयो । प्रमुख जि।सीले यथार्थ वारे बुझन गाडी, गाडी चालक र साहुलाइ नियन्त्रणमा लिएकोले थप अनुसान्धान गरी दोषिलाई कारवाही गर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com