ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको चिठ्ठी : म यहाँ तिमीलाई सजाय दिन होइन, तिमीलाई जगाउन आएको हुँ


एबीसी न्यूज

धर्तीले बारम्बार तिम्रो कानमा फुसफुसाइ रहिन् तर तिमीले सुनेनौं। फेरी धर्तीले आवाज दिइन् तर तिमीले ध्यान दिएनौं। धर्ती फेरी जोडले चिच्याइन् तर पनि तिमीले यसलाई नसुने झैं गर्‍यौं। त्यसपछि म पैदा भए। म तिमीलाई सजाय दिनको लागि पैदा भएको होइन। केवल तिमीलाई जगाउनको लागि आएको हुँ।

धर्तीले बारम्बार मद्दतको लागि गुहार लगाई रहीन्। विनाशकारी बाढी आयो तर तिमी अनजान बनी रह्यौं। जंगल जलिरह्यो तर तिमीले त्यसतर्फ आँखा बन्द गर्‍यौं। आँधी तुफान आयो तर तिमीले फेरी पनि सुनेनौं। तिमी यी समयहरूमा पनि जानीजानी अनजान बनी रह्यौं।

तिमीबाट दूषित पारिएको पानीले समुद्री जीवहरूले ज्यान गुमाइरहे र हिमनदी अप्रत्यासित र खतरनाक रफ्तारमा पग्ली रहे, तिमीले दर्दनाक सुख्खाको मार झेल्यौं तर यी सबका बाबजुद पनि तिमीले बुझेनौ कि धर्तीले कति नकारात्मक प्रहार सहीरहेकी छिन् भनेर। तिमी अन्त्यहीन युद्ध लडिरह्यौं। तिमीले अन्त्यहीन लालच देखाई रह्यौं।

तिमी केवल आफ्नो जिन्दगी जिइरह्यौं। बिना कुनै पर्वाह तिमीले आफ्नो वरीपरी घृणा पैदा गरि रह्यौं। तिम्रो कारण कति रगत दिनहुँ बगिरह्यो तिमीले कुनै पर्वाह गरेनौं। तिम्रो लागि धर्तीको पुकार सुन्नु र जान्नु भन्दा नयाँ आईफोन कहिले आइराखेको छ भनेर जान्नु धेरै महत्वपूर्ण भयो।

अब म आइसकेको छु। मैले दुनियाँलाई जहाँ थियो त्यही रोकी दिएको छु। अन्ततः मैले तिमीलाई धर्तीलाई सुन्नको लागि बाध्य गरिदिएको छु। मैले तिमीलाई धर्तीको शरण पर्न बाध्य गरिदिएको छु। मैले तिम्रो उपभोक्तावाद माथि अंकुश लगाई दिएको छु। अब त तिमी पनि धर्ती जस्तै भयौं। केवल आफ्नो मात्र अस्तित्वको चिन्ता गर्दा तिमीलाई कस्तो महसुस भइरहेको छरु

मैले तिम्रो शरीरलाई तताए ठीक त्यसै गरि जसरी तिमीले जंगल जलाएर धर्तीलाई ततायौं। मैले तिम्रो फोक्सोलाई कमजोर बनाइदिए ठीक त्यसै गरी जसरी तिमीले प्रदूषण फैलाएर धर्तीलाई कमजोर बनायौं। मैले तिम्रो घाँटी अठ्याए ठीक त्यसैगरी जसरी प्रदूषण फैलाएर तिमीले धर्तीको घाँटी अठ्यायौं। मैले तिमीलाई कमजोर बनाए ठीक यसै गरी जसरी तिमीले दिन दिनै धर्तीलाई कमजोर बनायौं।

मैले तिम्रो चैन छिने। मैले तिम्रो बिना मतलब बाहिर घुम्ने, यस धर्ती र यसको दुःखको चिन्ता नलिइकन तमाम बस्तुहरूको उपभोग गर्ने व्यवहारलाई बन्द गरिदिएर दुनियाँलाई जहाँ थियो त्यही खडा गरिदिए।

अब, चीनमा हावा अधिक सफा भएको छ। आकाश नीलो देखिएको छ किनकी कारखानाहरूले तिनीहरूमा कालो पोतिरहेका छैनन्। भेनिसमा पानी सफा र स्वच्छ भएको छ। त्यसमा डल्फिनहरू तैरीरहेका पनि देखिन थालको छन् किनकी त्यहाँ पानीलाई फोहर गर्ने र डल्फिनको घाँटी अठ्याउने डुङ्गाहरू चल्न बन्द भएको छ।

तिम्रो जिन्दगीको लागि के सबैभन्दा धेरै महत्वपूर्ण छ यो सोच्नको लागि तिमीसंग अझै समय छ। एक पटक फेरी भन्छु, म यहाँ तिमीलाई सजाय दिन होइन, तिमीलाई जगाउन आएको हुँ।

जब यो समय कटेर जानेछ र म पनि तिमीहरूबाट टाढा जानेछु, तिमीले हमेसा यी दिनहरूको याद राख्नु। धर्तीलाई सुन्नु। आफ्नो अन्तरआत्मालाई पनि सुन्नु। धर्तीलाई प्रदूषित नगर्नु। जाति, धर्म, रंग र भाषाको नाममा एक अर्कासंग नलड्नु। याद राख्नु मैले कसैलाई भेदभाव गरेको छैन र धर्तीले पनि कसैलाई भेदभाव गर्दिनन्।

अब भोगवादी तरिकाले जिउन बन्द गर्नु। आफ्नो छिमेकीहरूलाई माया गर्न सुरु गर्नु। धर्तीका जीवहरूको चिन्ता गर्नु। उनीहरूको देखभाल र रक्षा गर्न सुरु गर्नु। यो प्रकृतिमाथि विश्वास गर्न सुरु गर्नु किनकी सायद हुन सक्छ अर्को पल्ट जब म फर्केर आउने छु अझै बढी ताकतका साथ आउने छुँ।

सागरराजको फेसवुक वालबाट

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com