ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमणको १०१ दिन , ज्यान गुमाउने संख्या १ लाख नाघ्यो , १७ लाख संक्रमित


एबीसी न्यूज

एजेन्सी – सन् २०२० सुरु हुनुभन्दा ठिक एक दिन पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणको १०० दिन पुरा भएको छ। अहिले यो रोग महामारीको रुपमा विश्वभर फैलिएको छ।

चीनले ३१ डिसेम्बरमा विश्व स्वास्थ्य संगठनलाई पहिलो पटक यो रोगको बारेमा जानकारी गराएको थियो। त्यो बेलामा चीनमा ३४ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको थियो। पछिल्लो १०० दिनमा यो संख्या ४५ हजार गुणले बढेको छ।

अहिलेसम्म संसारभर १ लाख भन्दाबढी मानिसको मुत्यु भइसकेको छ। संसारभर १६ लाख ७० हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। विश्वकाअरबौँ मानिस घरभित्र बस्न बाध्य छन्। विश्व अर्थतन्त्र डामाडोल छ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी इटाली प्रभावित भएको छ। इटालीमा ५५ दिन अगाडि ९२३ फेब्रुवरी २०२०० मा तीन जनाको मात्र मुत्यु भएकोमा यो संख्या बढेर १८ हजार दुई सय ७९ पुगेको छ। जुन विश्वको अरु देशभन्दा सबैभन्दा बढी मुत्यु हुनेको संख्या हो।

कोरोना भाइरस सुरु भएदेखि अहिलेसम्म केके भयो ?
३१ डिसेम्बर २०१९
पहिलो दिन ३४ जना कोरोना भाइरसका संक्रमित देखिएपछि चीनले विश्व स्वास्थ्य संगठनलाई पहिलो पटक नयाँ किसिमको भाइरसको बारेमा जानकारी गराएको थियो।

९ जनवरी, २०२०
१० औं दिन पहिलो पटक चीनमा एक जनाको मुत्यु भयो। तर चीनले यसबारे पछि मात्र जानकारी गरायो।

२३ जनवरी २०२०
२४ औं दिनमा ६५४ जना संक्रमित बिरामी भेटिएप्छि चीनको हुबेई प्रान्तको राजधानी वुहानमा लकडाउन गरिएको थियो।

२४ जनवरी, २०२०
२५ औं दिनमा नेपालमा पहिलो पटक एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। उनी चीनको वुहान युनिभर्सिटीमा अध्ययनरत विद्यार्थी थिए। अहिलेसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण भेटिएकोमा एक व्यक्ति निको भइसकेका छन्।

३१ जनवरी २०२०
३२ औं दिन अर्थात् ठीक एक महिनापछि बेलायतमा पहिलो पटक कोरोना संक्रमित व्यक्ति भेटिए।

११ फेब्रुवरी २०२०
४३ औं दिनमा विश्व स्वास्थ्य संगठनले यो रोगको नाम कोभिड– १९ राख्यो। यस दिनसम्म कोरोना संक्रमितको संख्या ४४ हजार ८ सय २ थियो।

१४ फेब्रुवरी २०२०
४६ औं दिन अफ्रिका महादेशमा पहिलो पटक कोरोना भाइरस संक्रमित व्यक्ति फेला परे। सोहीदिन फ्रान्समा पनि पहिलो पटक यही रोगबाट एक व्यक्तिको ज्यान गएको थियो।
२३ फेब्रुवरी २०२०
५५ औं दिनमा इटालीमा कोरोना भाइरसको संक्रमणको कारणले तीन जनाको मुत्यु भएको थियो भने विश्वभर संक्रमित हुनेको संख्या ७८ हजार ८ सय ८५ पुगेको थियो।

८ मार्च २०२०
६९औं दिनसम्म आइपुग्दा कोरोना संक्रमितको संख्या एक लाखमाथि पुगेको थियो। तथ्यांक अनुसार यसदिनसम्म विश्वभर १ लाख ९ हजार ८ सय २१ जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका थिए।

११ मार्च २०२०
७२ औं दिनमा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस ९कोभिड १९० लाई महामारीको घोषणा गरेको थियो।

१५ मार्च २०२०
७६ औं दिनमा स्पेनमा एकै दिन १०० जनाको यही रोगबाट मुत्यु भएको थियो।

२४ मार्च २०२०
८५ औं दिनमा नेपालमा देशव्यापी साताव्यापी लामो लकडाउन लागू गरिएको थियो। सरकारले २३ मार्चका दिन लकडाउन गर्ने निर्णय गरेको थियो। अहिले सरकारले अप्रिल १५ सम्म लकडाउन लम्ब्याएको छ।

२५ मार्च २०२०
८६औँ दिनमा भारतमा पहिलो पटक देशभर लकडाउन घोषणा गरिएको थियो। सोहि दिन अमेरिकाले २० खर्ब डलरको आपतकालीन राहत कार्यक्रम घोषणा गरेको थियो।

२७ मार्च २०२०
८८औं दिनमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोना संक्रमण भएको पुष्टी भयो।

२ अप्रिल २०२०
९४ औं दिनसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १० लाख माथि पुगेको थियो। जोन्स हप्किन्स युनिभरर्सिटीका अनुसार यस दिनसम्म १० लाख १३ हजार ३ सय २० जना संक्रमित भएका थिए।

८ अप्रिल २०२०
१०१ औं दिनसम्म कोरोनाबाट विश्वका १६ लाख ७० हजार १ सय ४ व्यक्ति संक्रमित भएका थिए भने विश्वभर १ लाख भन्दा बढी मानिसले ज्यान गुमाए ।
स्रोतः जोन्स हप्किन्स युनिभर्सिटी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com