ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइसोलेसनमा मृत्यु भएका बाबुरामको शव ११ दिन पछि दाहसंस्कार । मृत्युको कारण भने अनुत्तरित


sharan sharan

बुटवल, २६ चैत्र । कोरोना [विशेष] अस्थायी अस्पताल बुटवलको आइसोलेसमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको ११ दिनपछि शव बुझ्ने सहमति भएपनि थापाको मृत्यु के कारणले भएको भन्ने बिषय अनुत्तरीत बनेको छ ।
३४ वर्षिय थापाको मृत्यु प्रकरण बल्झिदै गएपछि ११ औं दिनमा परिवार, प्रदेश सरकार र [सरोकारवाला] पक्षबिच सहमति भएर शव बुझ्ने निर्णय भएपनि थापाकी श्रीमतीले के कारणले श्रीमानको मृत्युको भएको हो ? भन्ने प्रश्न भने अनुत्तरीत बनेको छ । मृत्यु पछि कोरोना भाईरसको रिपोर्ट नेगेटिभ भेटिएपछि मृतक थापाकी श्रीमती रिता थापाले श्रीमानको मृत्युको कारण माग गर्दै शव बुझ्न अस्विकार गर्दै आएकी थिईन् ।

मृतक थापाका् शव आजै धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिएको छ । अस्पतालबाट पिपिई लगाएका अस्पतालका कर्मचारीहरुले शबदाह गृहसम्म शव पुर्याई अन्त्येष्ठी गरिएको थियो । मृतक थापाको शव पिपिई लगाएका स्वास्थ्य कर्मचारीले छुट्टै ट्याक्टरमा राखेर स्मशानघाट सम्म पुर्याइएको थियो । परिवार एम्बुलेन्समा र मलामी अर्कै सवारी साधनमा घाटसम्म पुगेका थिए । त्रासपुर्ण वाताबरणमा दाहसंस्कार गरिएबाट बाबुराम थापा कोरोनाको कारणले मृत्यु भएको हो कि भन्ने आशंका बढाएको छ ।
प्रदेश ५ को सामाजिक बिकास मन्त्रालयमा आज भएको सर्बपक्षिय छलफलले सहमति जुटाएको हो ।
आज भएको सहमतिमा परिवारलाइ दिनेगरि आधारभूत राहत कोष बनाउने जसमा शुरुमा ५ लाख ५ हजार रकम रहने भनिएको छ । त्यसमा आर्थिक सहयोग थप जुटाइने उल्लेख गरिएको छ । कोषमा दाताहरुको सहयोगबाट आजमात्रै साढे ८ लाख रकम संकलन भैसकेको उद्यमी जगत पोखरेलले बताउनुभयो ।
सहयोग जुटाउन तथा ब्यवस्थापन गर्न पूर्व सांसद बिनोद पहाडी, उद्यमी जगत पोखरेल, अधिकारकर्मी पदम कार्की, होटल ब्यबसायी समुद्र जिसिको पहल र जिम्मेबारीमा रहनेगरि कोष बनाइएको सहमतीमा लेखिएको छ ।
सहमतीमा २ वटा छोराहरुलाई उच्च शिक्षासम्म पठनपाठन र मृतककी श्रीमती रिता थापा क्षेत्रीलाइ सैनामैनामै स्थानीय सरकारले योग्यता अनुसारको रोजगार दिने समेत निर्णय भएको पुर्व सभासद विनोद पहाडीले बताउनुभयो ।
सहमती पछि लुम्बिनी प्रादेशिक अस्पतालको शवग्रहमा रहेको शव परिवारले बुझेर अन्तिम संस्कार गर्ने भएकाछन् ।
पाल्पा रिब्दिकोट ५ कुसुमखोला स्थायी घर भई थापा परिवार सैनामैना नगरपालिका ४ सिसौंडाडामा डेरामा बस्दै आएको छ । दुबईबाट चैत्र पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए ।
अस्पतालमा भर्ना भएको चौथो दिन चैत्र १६ गते धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो । उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि पठाइएको थियो भने दोस्रो दिन मात्रै रिपोर्ट नेगेटिभ आएको थियो । मृत्यु भएको केहि दिन कोरोना भाइरसकै कारण मृत्यु भएको आशंकामा शव उठाउन आफन्त नजुटेपछि पछि स्थानीय अधिकारकर्मी तथा स्थानीय राजनितीकदलहरुले पिडीत परिवारलाई न्याय दिलाउन आवाज उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टी फुटको संघारमा पुगेका बेला शेखर कोइराला के गर्दैछन् ? (भिडियो)

काठमाडौंका विभिन्न स्थानमा आज विद्युत कटौती हुने

सम्बन्धित

पार्टी फुटको संघारमा पुगेका बेला शेखर कोइराला के गर्दैछन् ? (भिडियो)

आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसमा अन्तिम घडीको ड्रामा: देउवा र महामन्त्रीद्वय बीच निर्णायक भेट, फुट टार्ने वा निर्वाचनबाटै नयाँ नेतृत्व ?

कांग्रेस विभाजनको संघारमा: सहमति खोज्न शीर्ष नेताहरुले अन्तिम प्रयास गर्दै

‘भुइँ तहको विद्रोह’ निर्णायक: विशेष महाधिवेशन निर्वाचनमै मोडियो, देउवा बाहिरिने संकेत!

केपी ओलीको स्थान हद फुकुवा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com