ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमामा ‘हाई अलर्ट’ – सशस्त्रको पैदल गस्ती सुरु


एबीसी न्यूज

सिरहा, २५ चैत ।  कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरी बल सिरहाले सीमामा पैदल गस्ती पनि थालेको छ । सीमाबाट हुन सक्ने आवतजावतमा रोक लगाउन सशस्त्र प्रहरीले पैदल गस्ती थालेको हो ।

खुल्ला सीमाका कारण सर्वसाधरणको आवतजावत हुन सक्ने विषयलाई मध्यनजर गर्दै सीमामा पैदल गस्ती थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक्वाटर सिरहाका प्रमुख एसपी प्रबिन कंडेलले जानकारी दिए । उनले सीमामा गस्तीका साथै ग्रामीण क्षेत्रका सर्वसाधरणमा जनचेतना समेत फैलाउने कार्य भइरहेको बताए । ‘सीमामा गस्ती पनि भइरहेको छ उता ग्रामिण भेगहरुमा सर्वसाधरणलाई संक्रमणबाट जोगिनका लागि जनचेतना समेत फैलाइरहेका छौँ,’ उनले भने ।

सीमावर्ती भारतीय सहर पटना क्षेत्रमा १ जना कोरोना संक्रमित फेला परेपछि सिरहा जिल्लाको साना-ठूला सबै नाका सिल गरी निगरानी बढाइएको हो । सिरहाको भारतसँग ४७ किलोमीटर सीमा जोडिएको छ । एक जवानले अर्को जवानलाई देख्ने गरी सीमामा सशस्त्र प्रहरीलाई खटाइएको छ । मातहातका धेरै युनिटहरु अहिले सीमामा केन्द्रित छन् । जवानलाई सीमाको कुना कुनामा परिचालन गरिएको छ । जिल्लाका सीमामा ३४ वटा स्थायी प्वाइन्ट राखि २४ घण्टा निगरानी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाका प्रमुख एसपी प्रबिन कंडेलले बताए ।’मातहातका सबै युनिटले आ-आफ्नो क्षेत्र कभर गर्ने गरी गस्ती गरिरहेका छन्’ उनले भने, ‘भारतसँग जोडिएको खोला , खेतदेखि गल्ली सम्मबाट आवतजावत हुने सबै स्थानमा निगरानी पनि गरिरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘भुइँ तहको विद्रोह’ निर्णायक: विशेष महाधिवेशन निर्वाचनमै मोडियो, देउवा बाहिरिने संकेत!

१० ‘विकास नायक’ लाई सम्मान

सम्बन्धित

‘भुइँ तहको विद्रोह’ निर्णायक: विशेष महाधिवेशन निर्वाचनमै मोडियो, देउवा बाहिरिने संकेत!

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com