ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिमा पारीबाट आउने तरकारी, फलफुल र खाद्यवस्तुलाई पनि ‘क्वारेन्टायन’मा राख । [भिडीयो सहित]


sharan sharan

Photo : Dinesh Kumar Shrestha

नागरिकलाई कोभिड १९ बाट जोगाउन भन्दै स्थानीय सरकारहरुले हाटबजार र तरकारी थोक बजार केन्द्र बन्द गरएपनि सिमा पारी भारतबाट आउने तरकारी तथा फलफुल आउने क्रम रोकिएको छैन । प्रदेश तथा स्थानीय सरकारलाई सिमा पारीबाट आउने सवारी आवागमन रोक्ने अधिकार नभएका कारण तरकारी र फलफुल आउने क्रम नरोकिएको हो ।
सिमा पारी भारतीय बजारबाट आयात हुने तरकारी, फलफुल तथा खाद्य सामाग्रीसंगै कोभिड १९ को जोखि बढेको गुनासो आएपछि स्थानीय सरकारहरुले आ आफ्नो स्थानीय तहमा हाटबजार र तरकारी थोक बजारहरु बन्द गराउन थालेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारहरु बन्द गराएर स्थानीबासीलाई भारतीय तरकारी र फलफुल प्रयोग नगर्न आह्वान गरेसंगै बुटवल उपमहानगरपालिकाले पश्चिम क्षेत्रकै ठुलो परिमाणमा भारतीय तरकारी र फलफुलको कारोबार हुने तरकारी तथा फलफुलको थोक बजार केन्द्र बन्द गराएको छ ।
एबिसी टेलिभिजनबाट तरकारी र फलफुल बोकेर आउने सवारी साधनहरुले कोरोना भाइरसको जोखिम बढाएको बिषय उठान गर्दै रिपोर्ट प्रशारण गरे लगत्तै उपमहानगरले थोक बजार केन्द्र बन्द गराएको हो । सिमा नाकामा बैदेशीक आयात रोक्ने अधिकार संघिय सरकारलाई मात्र भएका कारण स्थानीय सरकारहरुले स्थानीय बजारहरु बन्द गराएर आयात नियन्त्रण गर्न खोजेपनि सिमा पारीबाट आउने क्रम भने रोकिएको छैन । भिडभाड नियन्त्रण गर्न नसक्ने अवस्था आएको तथा हाटबजार र मण्डीका कारण लकडाउन नै फितलो भएपछि बन्द गरिएको बुटवल उपमहानगर पालिकाकका नगर प्रमुख शिवराज सुबेदी बताउनु हुन्छ ।
त्यसो त रुपन्देही तरकारीका लागि आत्म निर्भर भएको जिल्लाका रुपमा गनिन्छ । जिल्लाको छपिया, सुर्यपुरा, रुद्रपुर, सेमलार सहित पाल्पा, गुल्मी र अर्घाखांचीबाट समेत तरकरी आउने भएकाले रुपन्देहीको उपभोक्तालाई भारतीय तरकारी नआउंदैमा फरक नपर्ने तरकारी र फलफुलका ब्यवसायी बताउंछन् । स्थानीय तहले आयात बन्द गर्न नसकीरहेको अवस्थामा जोखिम कम गर्न केन्द्र सरकारले या त जोखिम अवधिभर पुरै आयात बन्द गर्नु पर्छ या भाइरस निश्क्रिय हुने अवधी भर सिमामा गाडी रोक्नु पर्ने तथा सवारी चालकको स्वास्थ्य जांच र सेनेटराईज गरेर मात्र नेपाल भित्राउनु पर्ने माग छ पैचो पसलका प्रमुख संचालन अधिकृत केशवराज न्यौपानेको ।
स्थानीय सरकारले नेपाल मै कृषि उत्पादन गर्ने कृषकहरुलाई नगरका बिभिन्न स्थानहरुमा स्थान उपलब्ध गराई उपभोक्तालाई सहज वाताबरण निर्माण गर्न सके भारतीय बजारको भरमा नपरेपनि नागरिकको चुल्होमा तरकारी पाक्ने छ । तर कृषकका नाममा चोरी निकासी गरि भारतीय तरकारी बेचे नबेचेको बिषयमा स्थानीय सरकारको अनुगमन भने चुस्त बनाउन जरुरी छ । चुल्होमा पाक्ने हरियो तरकारी भन्दा त जिवन नै प्यारो होला नी, हैन र ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com