ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना रोकथामको कामसँगै बजेटको तयारी गरौँ– मुख्यमन्त्री पौडेल


admin

काठमाडौं, २४ चैत । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना रोकथाम, नियन्त्रण र उपचारसँगसँगै आगामी बजेटको समेत तयारी गर्न निर्देशन दिनुभएको छ । आज प्रदेश सरकारका मन्त्री एवं सचिवसहितको बैठकमा बोल्दै उहाँले उक्त निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकमा बजेट बनाउने विषयमा प्रारम्भिक छलफल भएको छ । छलफल कार्यक्रममा बजेटलाई परम्परागतभन्दा पृथक ढङ्गले प्रस्तुत गर्नुपर्नेमा सहभागी मन्त्री तथा सचिवले सहमति जनाउनुभएको छ । जति सङ्कट भए पनि आन्तरिक रुपमा आगामी बजेटका विषयमा छलफल गर्न केही समस्या नहुने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

“अहिलेको समयमा भौतिक दूरी कायम गर्दै, भित्र बसेर काम गर्ने हो, जिम्मेवारी धेरै छन्, काम गरौँ काममा जुटौँ”, उहाँले भन्नुभयो । गएका वर्षमा बनाएका बजेटको समीक्षा गर्नुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले परम्परागत बजेटका शृङ्खला तोड्न सबैलाई आग्रह गर्नुभयो । आफूहरु हरेक कुरामा परिवर्तन गर्छौं भनेर निर्वाचित भएर आएकाले कामको गति बढाउन ढिला गर्न नहुने उहाँको भनाइ थियो ।

“कुरा मात्र नयाँ हैन, अब काम पनि नयाँ गरेर देखाउनुपर्छ, सबै कुरामा परिवर्तन ल्याउन सरकारले हरसम्भव प्रयास गर्नुपर्छ, नयाँ विचार नयाँ योजनाका साथ काम गर्नुपर्छ”, मुख्यमन्त्री पौडेलले भन्नुभयो । जनताले अनुभूत गर्नेगरी समाजवाद उन्मुख बजेट सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो । हरेक मन्त्रालयले आफ्नो काम हुनेगरी महत्वपूर्ण कुरा समावेश गरेर योजना बनाउन पनि उहाँले आग्रह गर्नुभयो । “सानासाना योजनामा पैसा छरेर परिवर्तन हुन सक्दैन अनि जनताले पनि अनुभूत गर्न सक्दैनन् त्यसैले ‘गेम चेन्जर’ योजना छनोट गरौँ, लगानी उत्पादनसँग जोडाँै, आधारभूत आवश्यकतालाई जोड दिने गरी बजेट बनाऔँ”, पौडेलले भन्नुभयो । विगतमा भन्दा फरक अनुभूति हुने गरी बजेट ल्याउन छलफल गराउन शुरु गरिएको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो । अहिले मुलुकमा कोरोना भाइरसका कारण लकडाउन भए पनि बजेटको तयारी गर्न सकिने भन्दै छलफल गर्न लागिएको मन्त्री ढुङ्गेलको भनाइ छ ।

छलफलमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, सामाजिक विकासमन्त्री युवराज दुलाल, योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतलगायत मन्त्रालयका सचिवको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com