ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आवश्यक स्वास्थ्य सामग्री व्यवस्था हुँदैछ– मुख्यमन्त्री भट्ट


admin
चैत्र १८, २०७६ मंगलबार   ७ : २७   बजे

काठमाडौं, १८ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरससँग लड्नका लागि पहिलो घेरमा रहनु हुने चिकित्सकका लागि चाहिने थप स्वास्थ्य सामग्रीको व्यवस्थापन भइरहेको बताउनुभएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा उपचारका साथै आपूर्ति व्यवस्थापनका विषयमा आज प्रदेशका नौवटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सदरमुकामस्थित स्थानीय तहका प्रमुख, अस्पतालका मेडिकल ‘सुपरिटेन्डेन्ट’सँग भिडियोमार्फत गरिएको बैठकमा मुख्यमन्त्रीले चिकित्सकका लागि चाहिने केही सामग्री सङ्घीय सरकारसँगको समन्वयमा आइसकेकोमा थप आवश्यक सामग्री ल्याउने काम अघि बढाइएको जानकारी दिनुभयो ।

कोरोनासँग लड्नका लागि पहिलो घेरामा रहने स्वास्थ्यकर्मीको उचित व्यवस्थापन गर्ने विषय अहिले महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै आवश्यक सामग्रीको व्यवस्थापन गरेर चिकित्सकको भविष्य सुरक्षित बनाउनमा प्रदेश सरकार सचेत रहेको बताउनुभयो । स्वास्थ्यकर्मीलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “तपाईँहरु पहिलो खतरामा हुनुहुन्छ, तर तपाईँहरु बिना कोही पनि नबाँच्ने हुँदा यस्तो गम्भीर अवस्थालाई हामी सबैले बुझेर काम गर्न जरुरी छ ।”

मुख्यमन्त्रीहरु सहभागी बैठकमा कोरोनासँग जुध्न सबै प्रदेशमा प्रयोगशाला ९ल्याब०को स्थापना गर्नुपर्ने प्रस्ताव आफूले नै गरेको स्मरण गराउँदै उहाँले सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोनाको स्वाब परीक्षणसमेत गर्नका लागि ल्याब स्थापना गर्न लागिएको जानकारी दिनुभयो । कोरोना रोगको रोकथामका लागि हरेक वडा र टोलस्तरमा टास्कफोर्स ९कार्यदल० गठन गरेर उक्त कार्यदलमार्फत नेपाल भित्रिएकाको अभिलेख राख्ने, उनीहरुले गरिरहेको गतिविधिको नियमितरुपमा निगरानी गर्ने र दैनिक ज्यालादारीमा काम गरी खाने व्यक्तिको पनि अभिलेख राख्न जरुरी रहेको बताउनुभयो । लकडाउनको अहिलेको समयमा जिल्लाहरुमा दैनिक उपभोग्य सामग्रीको आपूर्ति व्यवस्था सहज बनाउन र कहीँकतै कालोबजारी हुन नदिनेतर्फ सचेत हुनु पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group