ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आवश्यक स्वास्थ्य सामग्री व्यवस्था हुँदैछ– मुख्यमन्त्री भट्ट


admin

काठमाडौं, १८ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरससँग लड्नका लागि पहिलो घेरमा रहनु हुने चिकित्सकका लागि चाहिने थप स्वास्थ्य सामग्रीको व्यवस्थापन भइरहेको बताउनुभएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा उपचारका साथै आपूर्ति व्यवस्थापनका विषयमा आज प्रदेशका नौवटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सदरमुकामस्थित स्थानीय तहका प्रमुख, अस्पतालका मेडिकल ‘सुपरिटेन्डेन्ट’सँग भिडियोमार्फत गरिएको बैठकमा मुख्यमन्त्रीले चिकित्सकका लागि चाहिने केही सामग्री सङ्घीय सरकारसँगको समन्वयमा आइसकेकोमा थप आवश्यक सामग्री ल्याउने काम अघि बढाइएको जानकारी दिनुभयो ।

कोरोनासँग लड्नका लागि पहिलो घेरामा रहने स्वास्थ्यकर्मीको उचित व्यवस्थापन गर्ने विषय अहिले महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै आवश्यक सामग्रीको व्यवस्थापन गरेर चिकित्सकको भविष्य सुरक्षित बनाउनमा प्रदेश सरकार सचेत रहेको बताउनुभयो । स्वास्थ्यकर्मीलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “तपाईँहरु पहिलो खतरामा हुनुहुन्छ, तर तपाईँहरु बिना कोही पनि नबाँच्ने हुँदा यस्तो गम्भीर अवस्थालाई हामी सबैले बुझेर काम गर्न जरुरी छ ।”

मुख्यमन्त्रीहरु सहभागी बैठकमा कोरोनासँग जुध्न सबै प्रदेशमा प्रयोगशाला ९ल्याब०को स्थापना गर्नुपर्ने प्रस्ताव आफूले नै गरेको स्मरण गराउँदै उहाँले सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोनाको स्वाब परीक्षणसमेत गर्नका लागि ल्याब स्थापना गर्न लागिएको जानकारी दिनुभयो । कोरोना रोगको रोकथामका लागि हरेक वडा र टोलस्तरमा टास्कफोर्स ९कार्यदल० गठन गरेर उक्त कार्यदलमार्फत नेपाल भित्रिएकाको अभिलेख राख्ने, उनीहरुले गरिरहेको गतिविधिको नियमितरुपमा निगरानी गर्ने र दैनिक ज्यालादारीमा काम गरी खाने व्यक्तिको पनि अभिलेख राख्न जरुरी रहेको बताउनुभयो । लकडाउनको अहिलेको समयमा जिल्लाहरुमा दैनिक उपभोग्य सामग्रीको आपूर्ति व्यवस्था सहज बनाउन र कहीँकतै कालोबजारी हुन नदिनेतर्फ सचेत हुनु पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com