ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङकी सङ्क्रमित युवतीलाई घरसम्म पु¥याउने चालकको पहिचान


admin

काठमाडौं, १८ चैत । बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पु¥याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ«े गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था सामान्य छ । उहाँलाई दैनिक तीन पटक स्वास्थ्यकर्मीले तापक्रम लिने गरेका छन् ।

युवतीलाई गत शनिबार कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि पोखराबाट बागलुङ घरसम्म पुग्न उहाँले गाडी रिजर्भ गरेको खुल्न आएपछि सो गाडीका चालकको खोजी शुरु भएकामा आइतबार चालक स्थानीय जनप्रतिनिधिको सम्पर्कमा आउनुभएको हो । सोही दिन परीक्षणका लागि पोखरा आएका उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण नदेखिएकाले सामान्य तापक्रम जाँच गरेर घरमा पठाइएको थियो ।

स्थानीयवासीले भने उहाँको स्वाब परीक्षण गर्न माग गरेका छन् । गत चैत ४ गतेपछि लामो समय चालकको अन्य व्यक्तिसँग सम्पर्क भएकाले स्थानीय अहिले त्रसित भएको र उहाँको स्वाब परीक्षणको माग गरेका हुन् । वडाध्यक्ष सूर्यप्रसाद लम्सालले चालक अहिले घरमा नै रहेको र दैनिक स्वास्थ्यकर्मी पुगेर तापक्रम जाँच्ने र निगरानीमा राख्ने काम भएको बताउनुभयो । हालसम्म उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखा नपरेको उहाँले जानकारी दिनुभयो । “चालक अहिले हामीहरुको दैनिक निगरानीमा रहनुभएको छ । उहाँमा अहिले कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन”, वडाध्यक्ष लम्सालले भन्नुभयो ।

चालकले भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफू परीक्षणका लागि गएको तर कुनै पनि लक्षण नदेखिएसम्म स्वाब परीक्षण नगर्ने भनी चिकित्सकले घर पठाएको बताउनुभयो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले चालक आफूहरुको सम्पर्कमा रहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । व्यक्तिमा कुनै पनि लक्षण नदेखिँदासम्म नमूना सङ्कलन गर्न नमिल्ने भएकाले चालकलाई घरमै सुरक्षित साथ बस्न आग्रहसहित पठाइएको उहाँले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा २० जनाको नेगेटिभ, एकको पोजिटिभ

गण्डकी प्रदेशमा कोरोना भाइरसको आशङ्कामा सोमबार साँझसम्म ३२ वटा नमूना परीक्षणका लागि सङ्कलन गरिएकामा त्यसमध्ये २१ जनाको रिपोर्ट आइसकेको छ । त्यसमध्ये २० जनाको नेगेटिभ आएको छ भने एक जनाको पोजिटिभ रिपोर्ट आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिनुभयो । पोजिटिभ बागलुङकी एक युवतीमा देखिएको थियो । बाँकीको नतिजा आउन बाँकी रहेको छ ।

कोरोना सङ्क्रमण फैलन नदिनका लागि हालसम्म प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा ६४ वटा क्वारेन्टाइनस्थलमा एक हजार ३५२ श्यया तयारी अवस्थामा राखिएको छ । केही क्वोन्टाइनमा वैदेशिक रोजगारीबाट फर्किएकालाई राखिएको समेत बताइन्छ ।

त्यसैगरी हालसम्म विभिन्न अस्पतालमा २९९ आइसोलेशन श्यया तयार गरिएको छ । प्रदेशमा एक जना सङ्क्रमित भेटिइसकेकाले सङ्क्रमण थप फैलन नदिनका लागि सङ्क्रमितको उपचार र व्यवस्थापन, कन्ट्र्याक्ट ट्रेसिङ, द्रुत प्रतिकार्य टोली ९आआरटी० परिचालनलगायतलाई तीव्रता दिइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमा कोरोनाका बारेमा जानकारी लिन÷दिनका लागि बिहान ८ः०० देखि साँझ ५ः०० बजेसम्म ‘हेल्लो डक्टर हटलाइन सेवाः १०९२’ शुरुआत गरिएकामा हालसम्म १०५ जनाले सेवामार्फत कोभिड–१९ तथा अन्य स्वास्थ्यसम्वन्धी परामर्श लिएको बताइन्छ । हटलाइन सेवामा सर्वसाधारणले कोरोनाका बारेमा सम्पूर्ण जानकारी तथा मिल्दोजुल्दो लक्षण भएमा चिकित्सकको परामर्शसमेत लिनसक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com