बुटवल, १५ चैत्र । नेपाल एरलाइन्सको जहाज नेपालगन्ज एरपोर्टमा आज अवतरण गर्नेक्रममा चिप्लीएर रनवे भन्दा बाहिर गएको छ । विहान करिब ११ः३५ मा नेपालगन्ज राँझा विमान स्थलमा अवतरण गर्दा बिमान चिप्लीएको थियो । बिमानले रनवे सुरुहुनु ८० मिटर पहिले नै अवतरण गर्दा दुर्घटना भएको थियो । बिमान रनवे बाहिर खुल्ला घांसे मैदानमा करिव ६५ मिटर घिस्रीएको थियो ।
क्याप्टेन के वी लिम्बु सहित ५ जना रहेको बिमान पश्चिम नेपालमा आवश्यक रहेको मेडिकल सामाग्री पु¥याउन र त्यस क्षेत्रमा कोरोना आशंकितबाट संकलन गरिएको स्वावको नमुना लिन नेपालगन्ज उडेको थियो । बिमानमा बांकेको खजुरा स्थित सशिल कोईराला क्यान्सर अस्पताललाई आईसोलेसन अस्पताल बनाउन आवश्यक सामाग्रीहरु रहेको स्वास्थ्य बांके जिल्लाका कोरोना माहामारी नियन्त्रणका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
घटनामा कुनैपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जहाजमा भने क्षेति पुगेको छ । नेपाल एयरलायन्सले उद्दार गरिएका पाईलट तथा चिकित्सकहरु लिन अर्को बिमान नेपालगन्ज पठाउन लागेको बताईएको छ । सो बिमान नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याउन स्वास्थ्य मन्त्रलायले चार्टर गरेको थियो। जहाजमा दुई चिकित्सक र तीन चालक दलका सदस्य थिए







प्रतिक्रिया दिनुहोस्