ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा ‘लकडाउन’को अवज्ञाका कहर, मुख्यमन्त्रीको अनिर्वाय निर्देशन पालना गर्न आग्रह


sharan sharan

बुटवल, ११ चैत्र ।
सरकारले आजबाट मुलुक भर लकडाउनको घोषणा गरेपनि प्रदेश ५ को राजधानी बुटवलमा सरकारको लकडाउनको मिश्रीत असर परेको छ । अघिल्लो दिनहरुको सेमि लकडाउनको तुलनामा पसल ब्यापार ब्यवसाय बन्द रहेपनि पैदल यात्रु र मोटरसाईकलमा सवार स्थानीयबासीले सरकारको लकडाउनलाई अवज्ञा गरेकाछन् ।
मध्यान्ह सम्म ट्राफिक प्रहरीले मात्र सडकमा गुडेका सवारी चेक जांच गरेकोमा मध्यान्ह पछि नेपाल प्रहरीको पनि सडकमा उपस्थिती देखिएको थियो । आज दिनभरीमा लकडाउन अवज्ञा गर्ने २ जना सहित १ सय बढी मोटरसाईक प्रहरीले दिनभरी नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरि अभद्र ब्यवहार गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ भने अन्य सवारीधनीलाई फेरी नचलाउने गरि सम्झाएर छाडीएको ईलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख भिलाल भट्टराईले बताउनु भयो ।
कतिपय यात्रुलाई किन बाहिर भनेर प्रश्न गर्दा लकडाउन हेर्न सडकमा आएको प्रतिक्रिया समेत ब्यक्त गरेका थिए । लकडाउनको केहि स्थानीय नागरिकले अवज्ञा गरेपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारको निर्णय जनताकै निम्ती भएकाले पालना गर्न अनुरोध गर्नुभएको छ । आफ्नो फेसबुकमा स्ट्याटर पोष्ट गर्दै मुख्यमन्त्री पोखरेलले लकडाउनको अवधिमा अत्यावश्यक सेवा वाहेकका अन्य सवारी साधन र व्यक्तिहरु सवारी साधन सहित सडकमा आउनेक्रम नरोकिएको गुनासो आइरहेकोले निर्देशनको अनिवार्य पालना गर्नुपर्ने उल्लेख गर्नुभएको छ । निर्माणजन्य सामाग्री ढुवानीका साधनहरु पनि रोकिएको बताउंदै उहांले त्यस्ता साधनहरु चलेको पाइएमा सुरक्षाकर्मीले रोक्न र कार्वाहीको प्रकृया अघि वढाउन सक्ने उल्लेख गर्नुभएको छ ।
प्रदेश सरकारले नोभल कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संयोजक रहेको व्यवस्थापन समिति गठन गरिएको छ । जसअनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकालागि संयोजक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी तथा सदस्यहरुमा बुटवल उपमहानगरपालिका नगरप्रमुख,रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख,देवदह मेडिकल कलेजका प्रमुख र सदस्यसचिवमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकामेडिकल सुपरिटेण्डेण्ट रहनुभएको छ भने.भिम अस्पताल, भैरहवाका लागि संयोजक सामाजिक विकास मन्त्री सुदर्शन बराल तथा सदस्यहरुमा सिद्धार्थनगरपालिकाका नगरप्रमुख, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख, युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेजका प्रमुख र सदस्य सचिवमा भिम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रहनुभएको छ ।
सरकारले गठन गरेको समिती अन्तर्गत केन्द्रीय आर्युवेद विद्यापिठ बेलझुण्डी दाङका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी संयोजक, सदस्यहरुमा घोराही उपमहानगरपालिकाका प्रमुख, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख, दाङका प्रमुख जिल्ला अधिकारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, आयुर्वेद अध्ययन संस्थान नेपाल संस्कृत विश्वविद्यालय र सदस्य सचिवमा राप्ती प्रादेशिक अस्पतालका प्रमुख रहनु भएको छ भने शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका लागि भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी संयोजक, सदस्यहरुमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख,बाँकेका प्रमुख जिल्ला अधिकारी,खजुरा गाउँपालिकाका अध्यक्ष,भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, क्यान्सर अस्पतालका प्रमुख, नेपाल प्रहरी अस्पताल नेपालगञ्जका प्रमुख, नेपालगञ्ज मेडिकल कलेजका प्रमुख र बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सदस्य सचिव रहनु भएको छ । समितीहरुले आजै बांके खजुरा स्थित सुशिल कोईराला क्यान्सर अस्पताल र रुपन्देहीको धागो कारखानामा समितीको बैठक सम्पनन गरेको छ ।
कोरोना भाइरस नियन्त्रण कोषमा १० करोड
प्रदेश सरकार, मन्त्रिपरिषदको चैत १० गते बसेको बैठकले नोभल कोरोना भाइरस नियन्त्रण कोष स्थापना गरेको थियो । कोषमा प्रदेश सरकारको तर्फबाट १० करोड रुपैंयाँ जम्मा भएको छ । त्यसैगरी कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्नु गर्ने घोषणा समेत गरिएको छ । कोषमा जम्मा गर्न चाहनेहरुका लागि राष्ट्रिय बाणिज्य बैंकमा खाता खोली जम्मा गर्न सकिने ब्यवस्था समेत प्रदेश सरकारले मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com