
काठमाडौं, ४ चैत । कालोबजारी गरेर विक्री गर्न खोजेको अवस्थामा दश लाख बढी मास्क १६ कार्टुन स्यानिटाइजर प्रहरीले बरामद गरेको छ ।
नेपाल प्रहरीले स्यानिटाइजरको मूल्य बढाएर बेच्न खोज्नेतर्फ ध्यान बढाएको छ । कालोबजारी गरेर सर्वसाधारणलाई दुःख दिएको भन्दै प्रहरीले मंगलबार बढी मूल्यमा बेच्न खोजिएको १६ कार्टुन स्यानिटाइजर बरामद गरेको हो । सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन साइटबाट मास्क चाहिन्छ भन्दै बढी मूल्यमा विक्री गरेको आरोपमा मिना घिमिरेलाई पक्राउ गरेपछि मास्क बरामद भएको हो ।
कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिरहेका वेला महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले इन्द्रचोकको सुरज आर्केटमा छापा हानेर स्यानिटाइजर बरामद गरेको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताउनुभयो । उहांले भन्नुभयो , ‘हामीलाई अन्य विभिन्न क्षेत्रबाट सूचना आएका छन्, यस्तो समयमा कालोबजारी गर्नेलाई छाडिन्न ।’
आर्केटबाट प्रहरीले रुपेश रौनियारलाई पक्राउ गरेको छ । उहांले ८० मा खरिद गरेको स्यानिटाइजर दुई सय ५० रुपैयाँमा विक्री गर्ने गरेको थापाले बताउनुभयो ।थापाका अनुसार कोरोनाको महामारी सुरु भएलगत्तै उनले स्यानिटाइजर लुकाएर राखेका थिए । पक्राउ परेकामाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्