ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्ज पुगेन सरकारी निर्णय [फोटो सहित]


sharan sharan

बुटवल, २७ फागुन ।
सरकारले कोरोना भाइरसको प्रकोपबाट सावधानी अपनाउन ठूलो संख्यामा भेला भएर होली नखेल्न आह्वान गरेपनि नेपालगन्जमा भने सरकारको घोषणा खोक्रो साबित भएको छ । तराई होलीको अवसर पारेर नेपालगन्जका बिभिन्न चौकहरु बिहानै देखि होली मय बनेका थिए । ठूलो संख्यामा भेला भएका स्थानीयबासीहरु रङ्गमात्र खेलेनन् नजिकको नालीको हिलो, कुहिएको अण्डा तथा बिबिध प्रकारका रङ्ग प्रयोग गर्दै नेपालगन्ज दिनभरि रङ्गीन बन्यो ।
सरकारले ठूलो संख्यामा भेला नहुन भन्दै होली समेत परिवारका बिच मात्र मनाउन भनेपनि सरकारी निर्णय कार्यान्वयन गराउन बांके प्रशासन उदाशीन देखियो । दिनभरी जसो छाडा छोडीएका होलीमा सहभागिहरुले जव सांझ पख मदिरा मस्त हुंदै आपसमा झगडा गर्न थाले तव मात्र प्रहरीले सक्रियता देखाएको थियो । होली खेलिरहेका भिडबाट २ जना प्रहरी अधिकारीहरुमाथि नै हातपात गर्न थालेपनि बांके प्रहरीले सांझ सम्ममा ५८ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी कारवाहिमा मंगलबारमात्र १ सय ५१ मोटरसाईकल चालकबाट ८३ हजार जरिवाना असुल गरेको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ । मोटरसाईकलमा ३ जना सवार हुने, मदिरा सेवन गरि अभद्र ब्यवहार गर्ने, महिलाहरुमाथि जबर्जस्ती रङ्ग लगाउने जस्ता कार्यहरु भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको बांकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिरबहादुर वलीले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरिक्षक र वडा प्रहरी कार्यालय नेपालगंजका नायव प्रहरी निरिक्षक माथि हातपात गर्ने २ जनालाई मुद्दा चलाईने र अन्यलाई चेतावनी दिएर अभिभावकलाई बुझाईने प्रहरी उपरिक्षक वलीले बताउनु भयो । प्रहरीमाथि हातपात गर्ने २ जनाको नाम भने प्रहरीले सार्वजानीक गरेको छैन ।
प्रदेश सरकारले मेला महोत्सव गर्न प्रतिबन्ध लगाएपनि नेपालगन्जमा निर्वाद महोत्सव समेत संचालन भएको थियो ।

तस्बिर : बिभिन्न सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

गगनको ‘बदला’ : कांग्रेसमा दुई तिहाइ सिटमा आफ्नै गुटका उम्मेदवार, देउवा–कोइराला गुट २७ प्रतिशतमा सीमित (सूची)

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com