ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाडपर्वको भिड बढेसँगै उपभोक्ता गुणस्तर र तौलमा ठगिँदै


admin

काठमाडौं, २४ फागुन । चाडपर्वका बेला महोत्तरीका बजारमा परम्परागत काठे तराजु र ढुङ्गे ढक विस्थापित नहुँदा उपभोक्ता तौलमा ठगिने गरेका छन् । अहिले ‘होरी’ ९फागू० पर्वको सामान किन्न बजारमा उपभोक्ताको भीड लाग्दा जिल्लाका हाट बजार र ग्रामीण बस्तीका पसलमा व्यापारीले परम्परागत काठे तराजु र ढुङ्गे ढक नै तौलमा प्रयोग गर्ने क्रम नरोकिएपछि उपभोक्ता तौल र गुणस्तरमा ठगिने गरेका हुन् । काठे तराजु र ढुङ्गे ढक कानूनले बन्देज लगाए पनि जिल्लाका साप्ताहिक हाट ९साताका निश्चित दिन र ठाउँमा लाग्ने हाटबजार० मा त्यस्ता ढकको प्रयोग बाक्लो छ । खासगरी साप्ताहिक हाटमा चौरमा फिँजाएर राखिने किराना पसल र तरकारी बेच्नेले परम्परागत ढक नै प्रयोग गर्ने गरेका उपभोक्ताको गुनासो छ ।

“हटियाबाट किनेर ल्याइएको तरकारी कहिल्यै पुरा तौलको हुँदैन”, बर्दिवास नगरपालिका–२ की गृहिणी उमा परियार भन्नुहुन्छ, “ पुरानो युगको ढक तराजु फेर्न कसैले वास्ता गर्दैनन् ।” स्थानीयतहका नगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षको नेतृत्वमा बजार अनुगमनका लागि दक्ष प्राविधिक, स्थानीय उद्योग वाणिज्य सङ्घ र उपभोक्ता हकहितका लागि भनेर गठन गरिएका संस्थाका प्रतिनिधिसहितको बजार अनुगमन समिति रहने व्यवस्था रहे पनि बजार अनुगमनले निरन्तरता नपाउँदा उपभोक्ता ठगिने क्रम नरोकिएको हो । सर्वसाधारण उपभोक्ता तौलमा मात्र नभएर वस्तुको गुणस्तरमा पनि ठगिने गरेका बर्दिवास–२ कै सामाजिक, राजनीतिक कार्यकत्र्ता गुञ्ज खड्का बताउनुहुन्छ ।

अहिले ‘होरी’ ९फागू० पर्वको तयारीमा जिल्लामा स्थायी हटियामात्र नभएर प्रत्येकजसो बस्ती÷बस्तीका चउर र चोकमा बजार बढेका छन् । पर्व विशेषका सामानको जोहो गर्न सर्वसाधारणको भीड बजार क्षेत्रमा बढ्दो छ तर, बजार अनुगमन गर्ने निकायको उदासीनताले आम उपभोक्ता गुणस्तर मापन नगरिएका वस्तु तौलमै कारोवार गर्न विवश छन् । साप्ताहिक हटियाबाट किनेर ल्याइएको चिनी, चामल, पिठोलगायतका दैनिक प्रयोजनका सामान र तरकारी घरमा ल्याएर तौलदा सधैँ घट्ने गरेको जिल्लाकै भङ्गाहा नगरपालिका–४ की गृहिणी मेरो सहनी बताउनुहुन्छ । किनेर ल्याइएका खाने तेल, चामल, पिठो, मैदा र धुलो मसलासहितका खाद्यवस्तु राम्रो भनेर ल्याएपनि बेस्वादको हुने गरेको उपभोक्ता बताउँछन् ।

स्थानीयतहका बजार अनुगमन समितिले वर्षको एकाध पटक बजार अनुगमन गरेको देखाइए पनि यो विधि पूरा गरेकोजस्तै भएको उपभोक्ताको गुनासो छ । “राष्ट्रिय महत्वका चाडपर्वका बेला मान्छेलाई देखाउन गरी कुनै बेला एक दिन बजार अनुगमन गरेको देखिन्छ”, जिल्लाको औरही नगरपालिका टिम्कीया बस्तीका युवा सत्यनारायण यादव भन्नुहुन्छ, “बर्षमा एकाध पटक नाटक मञ्चन गरिए जसरी गरिने बजार अनुगमनले उपभोक्ता वर्षभरि ठगिने क्रम कसरी रोक्न सक्छ रु” यो नियमित प्रक्रियामा नढालिएसम्म बजार नसुध्रने उहाँको गुनासो छ ।

बजारक्षेत्र र गाउँनगर बस्तीका स्थायी पसलमा फलामको ढक प्रयोग गर्ने व्यापारी भेटिए पनि तिनले प्रयोग गर्ने ढक पनि अप्रमाणिक र कम तौलको हुने गरेको जिल्लाकै गौशाला नगरपालिका–८ बेलगाछीकी मञ्जु विश्वकर्मा बताउनुहुन्छ । परम्परागत तराजु र ढुङ्गे ढकको तौलमा सामान लिनुपर्दा एक किलोग्राममा २०० ग्रामसम्म कम हुने गरेको उपभोक्ताको भनाइ छ । बजार र पसलमा नापतौलका एकाइ ढक र तराजुको अनुगमन गर्ने जनकपुरस्थित नापतौल गुणस्तर कार्यालय र जिल्लाकै खाद्य गुणस्तर जाँच्ने जलेश्वरस्थित खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय प्रशासन, जिल्लाका उद्योग वाणिज्य सङ्घ र स्थानीयतहले यसप्रति चासो नदेखाएकाले उपभोक्ता ठगिने क्रम नरोकिएको सामाजिक, राजनीतिक कार्यकर्ताको गुनासो छ । प्रचलित कानूनी व्यवस्थाअनुसार अनुगमन गर्ने अधिकार र दायित्व पाएका अधिकारी, सङ्घ, संस्था र निकायको उदासीनताले बजारमा बेथिति बढेको नेपाली काँग्रेस बर्दिवास नगर समितिका सचिव युवराज पोखरेल बताउनुहुन्छ ।

बर्दिवास उद्योग वाणिज्य सङ्घले नापतौलका लागि प्रमाणिक ढक, तराजु वितरणका लागि नापतौल गुणस्तर कार्यालय, जिल्ला प्रशासन कार्यालय र खाद्यप्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय जलेश्वरसँग समन्वय गरेर प्रामाणिक ढक, तराजु लिन व्यापारीलाई आग्रह गरे पनि अपेक्षित सङ्ख्यामा व्यापारी सम्पर्कमा नआएको बताइएको छ । प्रामाणिक ढक, तराजु किन्न आग्रह गर्दा पनि सम्बन्धित व्यापारीले ध्यान नदिएकाले यसलाई सुधार्न सघन अनुगमन र कारर्वाही आवश्यक भएको सङ्घका महासचिब भवनाथ खतिवडाको भनाइ छ । खाद्यप्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय स्थापना भए पनि सो कार्यालय सदरमुकाम जलेश्वरभन्दा बाहिर निस्कन नसकेको आम गुनासो छ । जलेश्वरमै पनि दशँै, तिहार र छठ पर्वताका दुई/चारवटा पसल पुग्नेबाहेक बजारमा खाद्य वस्तुको गुणस्तर उपभोक्ताले सुधार महसुस गर्ने गरी अनुगमन नभएको जलेश्वर–१ का सामाजिक कार्यकर्ता विनोद पासवान बताउनुहुन्छ । यसैबीच जलेश्वरस्थित खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार, हाट र स्थायी पसलमा विभिन्न निकायको समन्वयमा वस्तुको गुणस्तर अनुगमन गरिँदै आएको जनाएको छ । आवश्यक जनशक्ति नहुँदा सबै स्थानीयतह ९१५ वटा मा रहेका करिब २०० सङ्ख्याका हटियामा सघन अनुगमन गर्न भने नभ्याइएको कार्यालयको स्वीकारोक्ति छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com