ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको १६ वटा राज्यमा कोरोना भाइरस फैलिएपछि क्यालिफोर्नियामा आपतकाल घोषणा, ११ जनाको मृत्यु


admin
फाल्गुन २२, २०७६ बिहीबार  १ : ३४ बजे

काठमाडौं,२२ फागुन । अमेरिकाको क्यालिफर्नियामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ ।

अमेरिकी अधिकारीका अनुसार ७१ वर्षीय एक जना पुरुषको मृत्यु भएपछि क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको हो । बिहीबारसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदि बुधबारदेखि नै सम्बन्धित निकायहरुलाई सक्रिय हुन ह्वाइट ह्वाउसले निर्देशन दिइसकेको छ । अधिकारीहरुका अनुसार अमेरिकाको १६ राज्यमा कम्तीमा १५० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । त्यस्तै विश्वभरि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९५ हजार नाघेको छ । चीनमात्र ८० हजार मानिस कोरोना भाइरसबाट संक्रमित छन् ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट विश्वभरि ३ हजार दुई सय ८५ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएपछि युरोपियन देश इटलीले देशभरका विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोरोना भाइरससंग जुध्न आजदेखि १० दिनसम्म देशभरका विद्यालय बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । त्यस्तै, देशभित्र हुने खेल प्रतियोगितामा पनि इटलीले प्रतिबन्ध लगाएको छ । रू

प्रतिक्रिया दिनुहोस्

भर्खरै

म सबै छानबिनका लागि तयार छु : प्रचण्ड

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

सम्बन्धित

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

इतिहास १० दिनपछि आर्टेमिस-२ को टोली सुरक्षित रूपमा पृथ्वी फर्कियो

कहिलेदेखि वाशिङ्टन पाकिस्तान आउन थाल्यो ? के के गर्यो ? (संक्षेपमा)

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com