ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षा निकाय हाई अलर्ट, मतदान स्थलमा ‘दस मिनेट’ मै थप सुरक्षाकर्मी


sharan sharan

काठमाडौं, ९ मंसिर / निर्वाचन दौरान कुनै पनि सुरक्षा चुनौती आइपरेको खण्डमा १० मिनेटमा अतिरिक्त सुरक्षाकर्मी थपिन सक्नेगरी व्यवस्थापन चुस्त पारेको सुरक्षा निकायले जनाएको छ । मोटर पुगेको ठाउँमा बढीमा १० मिनेटमा आवश्यक सुरक्षाकर्मी अवरोधस्थलमा पुगिसक्ने सुरक्षा अधिकारीको भनाइ छ।

‘मोटरबाटो पुगेको स्थानमा अवरोध आएको थाहा पाएको खण्डमा १० मिनेटमा अतिरिक्त सुरक्षाकर्मी पुग्न सक्नेछन्,’ पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले भने, ‘त्यसका लागि सशस्त्र प्रहरीको टिम तयारी अवस्थामा रहनेछ ।’ उनका अनुसार घटनाको १५ मिनेटमा सेनासमेत पुगिसक्नेगरी व्यवस्थापन मिलाइएको छ। उनका अनुसार मतदानस्थलको पहिलो घेरामा म्यादी र नेपाल प्रहरीको सुरक्षा रहनेछ । त्यसको बाहिरी घेरामा सशस्त्र प्रहरी खटिन्छ । सूचना संकलन गर्न राष्ट्रिय अनुसन्धान विभागको टोली पनि खटिने उनले बताए । उनका अनुसार सशस्त्रको घेराभन्दा बाहिर सेना रहनेछ । ‘सुरक्षा व्यवस्था निकै नै व्यवस्थित गरेका छौं,’ अर्यालले भने, ‘मतदाता त्रसित हुनुपर्ने कुनै कारण छैन।’ पैदलै हिँडेर जानुपर्ने अवस्थामा पनि बढीमा आधा घण्टामा आवश्यक सुरक्षाकर्मी पुगिसक्ने उनले बताए । अर्यालका अनुसार मतदानस्थलको डेढदेखि ३ किलोमिटरको दूरीमा सशस्त्र प्रहरी खटिनेगरी व्यवस्था मिलाइएको छ । त्यस्तै ५ किलोमिटरभित्र सेना खटिनेछ । ‘आवश्यक परेको खण्डमा थप जनशक्ति पनि परिचालन गर्न सकिन्छ,’ उनले भने, ‘जनशक्ति अभाव हुने कुनै शंका रहँदैन।’ क्षेत्रीय प्रशासक अर्यालका अनुुसार मतदानका दिन सामान्य अवस्थामा मतदान स्थलमा तीनपटकसम्म सेनाले फेरो लगाउनेगरी सुरक्षा व्यवस्था मजबुत पारिएको छ । त्यस्तै निर्वाचनअघि सेनाले कम्तीमा ६ पटक मतदानस्थल घुम्नेछ । त्यसबाहेक सशस्त्र पनि आसपासका क्षेत्रमा घुमिरहनेछ। पहिलो चरणमा निर्वाचन हुने जिल्लामध्ये केहीमा अलि बढी सुरक्षा संंवेदनशीलता रहेको विश्लेषणसहित अधिकतम सुरक्षाकर्मी प्रयोग गरेको सुरक्षा निकायको भनाइ छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लामा सुरक्षा व्यवस्था मिलाउन करिब ८ हजार नेपाल प्रहरी खटिएको एकजना वरिष्ठ सुरक्षा अधिकारीले जानकारी दिए । त्यसबाहेक म्यादी, सशस्त्र र सेना पनि खटिएका छन्। अर्यालका अनुसार पहिलो चरणमा निर्वाचन हुने जिल्लाभित्र कुनै पनि बेला आउजाउ गर्नुपर्ने हुनसक्ने भएकाले एउटा हेलिकोप्टर पोखरामै स्ट्यान्डबाई रहनेछ । कुनै पनि जिल्लामा आवश्यक पर्दा हेलिकोप्टरबाट आवश्यक सुरक्षाकर्मी पु¥याउन र व्यवस्थापन गर्न सकिने क्षेत्रीय प्रशासक अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com