ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको मुख्य पर्यटकिय गन्तव्य ठमेल यतिबेला पर्यटकबिहीन सुनासान कारण यस्तो (भिडियोसहित)


एबीसी न्यूज
फाल्गुन १४, २०७६ बुधबार  ११ : १७ बजे

काठमाडौं, १४ फागुन ।  भ्रमण बर्ष २०२० मुलुकमा संचालनमा छ । २० लाख पर्यटकले नेपाल भ्रमण गर्ने सरकारको दावी रहेको थियो । तर, भ्रमणवर्षको कमजोर पूर्वाधार एकातिर छंदैथियो, अर्कोतिर विश्वभर महामारी बन्दै गरेको कोरोना भाइरसको प्रभाव देखिएको छ, नेपालको पर्यटन उद्योगमा पनि । काठमाडौंको मुख्य पर्यकीय गन्तव्य ठमेल यतिबेला पर्यटकबिहीन सुनासा जस्तै छ ।

सन् २०२० नेपालको पर्यटन बजारका लागि उत्सवमय वर्ष हो । सरकारले एकवर्ष अघिदेखि २०२०लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको थियो । भ्रमण बर्षमा कम्तिमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको थियो । तर, जसै, भ्रमण वर्षको सुरु भयो, भ्रमण वर्षलाई प्रभावित बनाउने गरी एकपछि अर्को घटना भए ।

घटना नेपालमा मात्र होइन, विश्वभर देखियो । ठूलो आशाका साथ सुरु भएको भ्रमण वर्षको पहिलो दुई महिनामै नेपाललाई ठेस लागेको छ । काठमाडौंको ठमेल पर्यटकका लागि मुख्य गन्तव्य हो । ठमेर बजार मुख्य पर्यटकीय मौसममा पनि सुनसान जस्तै छ । ठमेलका अधिकांश रेष्टुरेन्ट, होटल, पर्यटककेन्द्रित पसलहरु सुनसान यतिबेला छन ।

विगतका वर्षमा यस समयमा ठमेलका सबै रेस्टुरेन्ट बार भरिभराउ हुन्थ्थे । यस वर्ष भने पर्यटकको संख्या संख्यात्मक रुपमा घटेको छ । पर्यटकको संख्या पातलिएका कारण ठमेलका चल्तीका रेस्टुरेन्ट खाली छन् ।

पर्यटन बजारलाई नराम्रोसंग प्रभावित बनाउने कारण बनेको छ, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस । चीनबाट सुरुभएको कोरोना भाइरसले विश्वलाई प्रभावित बनाएको छ । चिनिया पर्यटकहरु विश्वभ्रमणमा रोकिंदा मात्र गत जनवरीमा मात्र विश्व पर्यटन उद्योगमा झण्डै ८३ खर्ब भन्दा बढीको क्षति भैसकेको छ । नेपालको मुख्य भर भनेको पनि चिनिया पर्यटकहरु नै थिए । कोरोना प्रभाव फैलिएसंगै चिनिया पर्यटकहरु नआउंदा यसको असर ठमेल र यस्तै नेपाली पर्यटन बजारमा परेको छ । यस्तै, अत्यावश्यक पर्यटकीय पूर्वाधार र गुणस्तरको अभाव तथा मुलुकभित्रै सिर्जित विभिन्न घटनाका कारण पनि पर्यटकीय आवागमन कम भएको व्यवसायीहरु बताउंछन् ।

खासगरी पदयात्रा, पर्वतारोहण, धार्मिकस्थल तथा प्राकृतिक सुन्दरताको अवलोकन तथा पर्वतीय उडानका लागि बढी पर्यटक नेपाल आउने गर्छन । नेपाल आएका ९० प्रतिशत पर्यटक ठमेल जाने गरेका छन । तर, पर्यटनको मौसम सुरु हुंदा समेत पर्यटक नबढ्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन ।

त्यसो त, ठमेललाई पर्यटकीय क्षेत्रकै रुपमा जोगाउने चिन्ता पनि उत्तिकै छ । सरकारले कडा नीति र आचारसंहिता बनाई आधारभूत भौतिक सुविधा पर्यटनमैत्री पूर्वाधार निर्माण, सडक, ढल, खानेपानीको व्यवस्थापन र भवन निर्माणमा एकरुपता कायम गर्न सक्नुपर्ने बताउनुहुन्छ, लोकल गाईड एसोशीएसन अफ ठमेलको संस्थापक अध्यक्षसमेत रहनुभएका पर्यटन व्यवसायी उमेश कार्की ।

ठमेल पर्यटन विकास परिषद्का सचिव वद्रिप्रसाद तिम्सीनाकाले भने मुख्य पर्यटकीय मौसममा पर्यटकको चहलपहल घटेकाले व्यापार सन्तोषजनक नरहेको गुनासो गर्नुभयो । जसका कारण, कोठाभाडा समेत तिर्न नसक्ने अवस्था रहेको बताउनुभएको छ । मुख्य पर्यटकीय स्थानमा पर्यटकको संख्या घटेसंगै भ्रमण वर्षमा सरकारले लिएको लक्ष्य अनुसार पर्यटकहरुको आगमन नहुने पो हो कि भन्ने आशंका व्यक्तगर्नु भएको छ तिम्सिनाले ।

ठमेलमा सबैखाले गरी चार हजार व्यवसायी र करिब एक हजार घरधनी छन । ठमेलमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा तीन लाख बढिले रोजगारी पाएका छन । भ्रमण वर्षको शुरुवातमै पर्यटक घटेसंगै समग्र पर्यटन व्यावसाय र यससंग आवद्ध निकायलाई असर पर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com