ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको मुख्य पर्यटकिय गन्तव्य ठमेल यतिबेला पर्यटकबिहीन सुनासान कारण यस्तो (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १४ फागुन ।  भ्रमण बर्ष २०२० मुलुकमा संचालनमा छ । २० लाख पर्यटकले नेपाल भ्रमण गर्ने सरकारको दावी रहेको थियो । तर, भ्रमणवर्षको कमजोर पूर्वाधार एकातिर छंदैथियो, अर्कोतिर विश्वभर महामारी बन्दै गरेको कोरोना भाइरसको प्रभाव देखिएको छ, नेपालको पर्यटन उद्योगमा पनि । काठमाडौंको मुख्य पर्यकीय गन्तव्य ठमेल यतिबेला पर्यटकबिहीन सुनासा जस्तै छ ।

सन् २०२० नेपालको पर्यटन बजारका लागि उत्सवमय वर्ष हो । सरकारले एकवर्ष अघिदेखि २०२०लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको थियो । भ्रमण बर्षमा कम्तिमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको थियो । तर, जसै, भ्रमण वर्षको सुरु भयो, भ्रमण वर्षलाई प्रभावित बनाउने गरी एकपछि अर्को घटना भए ।

घटना नेपालमा मात्र होइन, विश्वभर देखियो । ठूलो आशाका साथ सुरु भएको भ्रमण वर्षको पहिलो दुई महिनामै नेपाललाई ठेस लागेको छ । काठमाडौंको ठमेल पर्यटकका लागि मुख्य गन्तव्य हो । ठमेर बजार मुख्य पर्यटकीय मौसममा पनि सुनसान जस्तै छ । ठमेलका अधिकांश रेष्टुरेन्ट, होटल, पर्यटककेन्द्रित पसलहरु सुनसान यतिबेला छन ।

विगतका वर्षमा यस समयमा ठमेलका सबै रेस्टुरेन्ट बार भरिभराउ हुन्थ्थे । यस वर्ष भने पर्यटकको संख्या संख्यात्मक रुपमा घटेको छ । पर्यटकको संख्या पातलिएका कारण ठमेलका चल्तीका रेस्टुरेन्ट खाली छन् ।

पर्यटन बजारलाई नराम्रोसंग प्रभावित बनाउने कारण बनेको छ, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस । चीनबाट सुरुभएको कोरोना भाइरसले विश्वलाई प्रभावित बनाएको छ । चिनिया पर्यटकहरु विश्वभ्रमणमा रोकिंदा मात्र गत जनवरीमा मात्र विश्व पर्यटन उद्योगमा झण्डै ८३ खर्ब भन्दा बढीको क्षति भैसकेको छ । नेपालको मुख्य भर भनेको पनि चिनिया पर्यटकहरु नै थिए । कोरोना प्रभाव फैलिएसंगै चिनिया पर्यटकहरु नआउंदा यसको असर ठमेल र यस्तै नेपाली पर्यटन बजारमा परेको छ । यस्तै, अत्यावश्यक पर्यटकीय पूर्वाधार र गुणस्तरको अभाव तथा मुलुकभित्रै सिर्जित विभिन्न घटनाका कारण पनि पर्यटकीय आवागमन कम भएको व्यवसायीहरु बताउंछन् ।

खासगरी पदयात्रा, पर्वतारोहण, धार्मिकस्थल तथा प्राकृतिक सुन्दरताको अवलोकन तथा पर्वतीय उडानका लागि बढी पर्यटक नेपाल आउने गर्छन । नेपाल आएका ९० प्रतिशत पर्यटक ठमेल जाने गरेका छन । तर, पर्यटनको मौसम सुरु हुंदा समेत पर्यटक नबढ्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन ।

त्यसो त, ठमेललाई पर्यटकीय क्षेत्रकै रुपमा जोगाउने चिन्ता पनि उत्तिकै छ । सरकारले कडा नीति र आचारसंहिता बनाई आधारभूत भौतिक सुविधा पर्यटनमैत्री पूर्वाधार निर्माण, सडक, ढल, खानेपानीको व्यवस्थापन र भवन निर्माणमा एकरुपता कायम गर्न सक्नुपर्ने बताउनुहुन्छ, लोकल गाईड एसोशीएसन अफ ठमेलको संस्थापक अध्यक्षसमेत रहनुभएका पर्यटन व्यवसायी उमेश कार्की ।

ठमेल पर्यटन विकास परिषद्का सचिव वद्रिप्रसाद तिम्सीनाकाले भने मुख्य पर्यटकीय मौसममा पर्यटकको चहलपहल घटेकाले व्यापार सन्तोषजनक नरहेको गुनासो गर्नुभयो । जसका कारण, कोठाभाडा समेत तिर्न नसक्ने अवस्था रहेको बताउनुभएको छ । मुख्य पर्यटकीय स्थानमा पर्यटकको संख्या घटेसंगै भ्रमण वर्षमा सरकारले लिएको लक्ष्य अनुसार पर्यटकहरुको आगमन नहुने पो हो कि भन्ने आशंका व्यक्तगर्नु भएको छ तिम्सिनाले ।

ठमेलमा सबैखाले गरी चार हजार व्यवसायी र करिब एक हजार घरधनी छन । ठमेलमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा तीन लाख बढिले रोजगारी पाएका छन । भ्रमण वर्षको शुरुवातमै पर्यटक घटेसंगै समग्र पर्यटन व्यावसाय र यससंग आवद्ध निकायलाई असर पर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com