ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र भारतबीच तीन अर्बको रक्षा सम्झौता


एबीसी न्यूज

नयाँदिल्ली । अमेरिका र भारतबीच तीन अर्ब डलरको रक्षा सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा यो सम्झौता भएको हो ।

दुई देशबीच भएको द्वीपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामी दुबै नेता आफ्ना नागरिकलाई कट्टर इस्लामी आतंकबाट बचाउन प्रतिवद्ध छौं र अमेरिकाले यसलाई अझ मजबुत बनाउने काम गरिरहेको छ ।’

उनले अघि भने, ‘पाकिस्तानसँग पनि कुराकानी भइरहेको छ, ताकि उसको जमिनमा जुन आतंकवाद हुर्किरहेको छ, तयसलाई पनि अन्त्य गर्न हामीले काम गरौं ।’ द्वीपक्षीय व्यापारको वृद्धिदर दोहोरो अंकमा पुगेको भन्दै ट्रम्प र मोदी दुबैले खुसी व्यक्त गरेका छन् ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनिसकेपछि पहिलो पटक भारत भ्रमण गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच मङ्गलबार हैदराबाद हाउसमा भेटवार्तापछि दुई नेताले संयुक्त वक्तव्य पनि जारी गरेका छन् । भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा दुई देशबीच ३ वर्षमा व्यापार दोहोरो अङ्कमा वृद्धि भएको भारतीय प्रधानमन्त्री मोदीले जिकिर गरेका छन् । मोदीले द्विपक्षीय व्यापारको बारेमा दुई पक्षबीच सकारात्मक वार्ता भएको बताउँदै ठूलो व्यापार सम्झौतामा पनि सहमत भएको समेत बताए । दुई देश कनेक्टिभिटी इन्फ्रास्ट्रक्चरको विकासमा पनि सहमत भएको प्रधानमन्त्री मोदीले जानकारी दिए ।

उता, राष्ट्रपति ट्रम्पले मोदीसँगको वार्तामा २१ दशमलव ५ करोड भारु बराबरको रक्षा सम्झौतालाई मन्जुरी दिइएको बताए ।
मोदी र ट्रम्पबीच प्रतिनिधिमन्डल स्तरमा भएको छलफलमा भारत–अमेरिकाबीच भएका ६ सम्झौतामध्ये रक्षा सम्झौता सबैभन्दा महत्वपूर्ण रहेको छ । अमेरिकासँग सी–हक हेलिकप्टर किन्ने चर्चा लामो समयदेखि चलिरहेको थियो । २१ हजार करोडको रक्षा सम्झौतामा १८ हजार ६२६ करोड रुपैयाँ खर्च हेलिकोप्टर खरिद हुनसक्छ । भारतको नौसेनालाई यो हेलिकप्टर चाहिएको छ ।

यो हेलिकप्टरले हर मौसममा दुश्मनमाथि हमला गर्न सक्षम छ भने पनडुब्बीमाथि पनि निशाना बनाउन सक्छ । यसको अलावा भारतले अमेरिकासँग ८०० मिलियन डलरको ६ वटा एएच–६४ ई अपाचे हेलिकप्टर पनि खरिद गर्न सक्नेछ । यसको साथै अमेरिकाले भारतलाई मिसाइल डिफेन्स शिल्ड पनि बेच्ने प्रयास गरिरहेको छ । भारतले रुससँग एस ४०० मिसाइल डिफेन्स सिस्टम किन्ने तयारी गरिरहेको छ । यस अन्तरगत अमेरिकाले भारतलाई ६ वटा रियक्टर सप्लाइ गर्नेछ । अमेरिकामा चुनावी वर्ष सुरु हुँदै गर्दा ट्रम्पले भारत भ्रमण गरेका हुन् । ट्रम्प मंगलबार राति अमेरिका फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com