ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्यदलको प्रतिबेदन कै आधारमा एमसिसिको निर्णय हुन्छ : अध्यक्ष प्रचण्ड


sharan sharan

कोहलपुर, ४ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले पार्टी र सरकार संचालनमा पार्टी केन्द्रिय कमिटीले गरेको निर्णय अक्षरस कार्यान्वयन हुने बताउनु भएको छ ।
पार्टी एकिकरण पछिको पहिलो पटक राखिएको प्रदेश ५ स्तरिय प्रशिक्षण कार्यक्रमलाई बांकेको कोहलपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केन्द्रिय कमिटीले गरेका निर्णयलाई सरकार र पार्टी संचालनमा लागु गरिने बताउनु भयो । अध्यक्ष प्रचण्डले पार्टी एकीकरणको सृङ्खला २०५८ सालबाट सुरुभएको स्मरण गर्दै पार्टी एकता कुनैपनि हालतमा कमजोर नहुने दाबी गर्नुभयो । पार्टी एकता मुलुक परिवर्तनका लागि र समाजबाद ल्याउनका लागि गरिएको प्रचण्डको भनाई थियो ।
सरकार कमजोर हुंदा मुलुकले गति लिन नसकेको प्रसंगको चर्चा गर्दै अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपि शर्मा ओलीको नेतृत्वमा ५ वर्ष सरकार संचालन गरेर स्थायीत्व दिईने बताउनु भयो । उहांले बहुचर्चित एम सि सिका बिषयमा पार्टीले अध्ययन कार्यदल गठन गरेको बताउंदै कार्यदलले दिएको प्रतिबेदनकै आधारमा एम सि सिका बिषयमा निर्णय गरिने जिकिर गर्नुभयो ।
कार्यक्रममा पार्टीका स्थायी समिती सदस्य तथा प्रदेश ५ का ईन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व कै कारण पार्टी एकता मजबुत बन्न नसकेको आरोप लगाउनु भएको प्रशिक्षणमा सहभागि कार्यकर्ताले जानकारी दिए । मुख्यमन्त्री पोखरेलले बिगतलाई सम्झेर होईन भबिश्यलाई सम्झेर एकतालाई मजबुत बनाउन आग्रह गर्नुभएको उनले बताए ।
कडा सुरक्षा बिच संचालन भएको प्रशिक्षणमा पत्रकारहरुलाई सहभागिताको दृष्य छांयाङ्कन गर्न दिईएपनि नेताहरुको संबोधनमा बाहिर जान भनिएको थियो । प्रशिक्षणमा पार्टी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल, महासचिव बिष्णु पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो । प्रदेशका ३ हजार बढी कार्यकर्ताहरु प्रशिक्षणमा सहभागि भएकाछन् । पार्टीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई पार्टी कै समर्थकहरुको घर बस्ने ब्क्यवस्था मिलाईको नेकपाको बांके जिल्ला कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com