ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा रहेका नेपालीलाई लिनजान मानेनन् नेपाली पाइलट : पाकिस्तानी पाइलट जाँदै


एबीसी न्यूज

काठमाडौं, ३ फागुन ।  कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धार उडानमा जान नेपाल एयरलाइन्सका पाइलट विजय लामाले अस्वीकार गरेका छन्। लामाले चीन उडानमा जान नमानेपछि उनको सट्टा पाकिस्तानी पाइलट नै जाने भएका छन्।

यसअघि पाकिस्तानी आइपी पाइलट यावर कमलको नेतृत्व पाइलट लामा पनि रहने निर्णय नेपाल एयरलाइन्सले गरेको थियो। तर, लामाले अस्वीकार गरेपछि उनको ठाउँमा पनि पाकिस्तानी पाइलट मोहम्मद आरिफ चीन जाने निश्चित भएको नेपाल एयरलाइन्सका एक पाइलटले जानकारी दिए। पाकिस्तानी पाइलटको कमान्डमा नेपाल वायुसेवा निगमको जहाज शनिवार जाँदैछ। टोलीमा क्रु मेम्बर र चिकित्सकसहित १७ जनाको टोली हुनेछन्। नेपालीको उद्धार गर्न चीन जाने टोलीका सदस्य टुंगो लागे पनि नाम भने सार्वजनिक गरिएको छैन।

चीनका विभिन्न सहरमा रहेका नेपाली नागरिकलाई वुहानमा भेला गराई नेपाल ल्याइने छ। नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत् त्यहाँका १ सय ८० नेपालीको शनिबार उद्धार गर्न लागिएको हो। नेपाल एयरलाइन्सको जहाज शनिबार दिउँसो पौने ३ बजे वुहानका लागि उडान गर्ने र आइतबार बिहान २ बजे काठमाडौं आइपुग्ने तालिका तय भएको छ। टोलीमा ३ पाइलट र ७ जना क्रु मेम्बर रहनेछन् भने १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर रहने छन्। सो टोलीमा ४ जना नेपाली सेनाका चिकित्सकसमेत रहने तय भएको छ।

विमान चार्टर गरी नेपालीको उद्धार गर्न लागिएको हो। विमानको चार्टर भाडा प्रतिघन्टा १८ हजार डलर कायम गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com