ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनयुद्ध रोक्ने पहिलो निर्णयदेखि जनयुद्ध अन्त्य गर्ने प्रचण्डको अन्तरकथा


ABC NEWS
फाल्गुन १, २०७६ बिहीबार  १ : २६ बजे

काठमाडौं । सन् १९९० को विश्वव्यापी परिवर्तन र कम्युनिस्ट सत्ता ढल्ने क्रममा नेपालमा भने मदन भण्डारीको अगुवाइमा कम्युनिस्ट शक्ति जबर्जस्त राजनीतिक शक्तिका रुपमा लोकप्रिय भइरहेको थियो । भण्डारीको ओज र प्रभावबाट समेत जनयुद्धका रणनीतिकारलार्ई गहिरो प्रभाव परेको थियो । नेपालमा एउटै वामपन्थी शक्तिको प्रमुख राजनीतिक हैसियत प्राप्त गर्न मदन भण्डारीस“ग एकता गर्ने सोचाइमा पुगेको प्रचण्डले बारम्बार बताउ“दै आएका छन् । तर प्रचण्डले जोजोस“ग भेट्न र सम्झौता गर्न चाहे, तिनीहरुको रहस्यमय ढङ्गले हत्या भयो । यथार्थ के थियो त भन्ने जिज्ञासा सबैतिर भएका बेला मैले पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक उदयदेखि एकीकृत कम्युनिस्ट पार्टी निर्माणको तहसम्म आइपुगेको घटनाका बारेमा उनकै निवासमा लामो कुरा गरे“ । प्रचण्डलार्ई आकस्मिक लाग्नेगरी मेरो पहिलो प्रश्न थियो ।
तपाईं कसरी महामन्त्री हुुनुभयो ? कहिल्यै सोच्नुभएको थियो ?
– २०४३ सालमा सेक्टरकाण्ड भयो । पार्टीका तर्फबाट गलत भएको भन्दै तल्ला कमिटीका दिपक महत, काकालगायतमाथि तत्काल कारबाही भयो । तर केन्द्रमा हरेक पटक बैठक बस्ने, छलफल हुने, निष्कर्षमा कोही पुग्न नसक्ने प्रक्रिया चल्दै आएको थियो । त्यत्तिबेला पार्टीको बैकल्पिक पोलिटब्यूरो सदस्यका रुपमा टेक कमिटीमार्फत् सैन्यमोर्चाको जिम्मा मेरो थियो । म सेक्टरवाला घटनाको निर्णयमा सहभागी थिइन । हतियारको खोजी, तालिम यी सब काम भइरहेका थिए । पार्टीभित्र मेरो स्वीकार्यता बढीरहेको थियो । समस्या आएका सबै ठाउ“मा म जाने र समाधान गर्ने काम पनि भइरहेको थियो । म महामन्त्री नै हुने भन्ने तहमा सोचेको थिइनँ । तर मलार्ई यी बूढाहरुले भन्दा राम्ररी मैले नै गर्नसक्छु भन्ने थियो ।
त्यही बेला अर्थात् २०४६ को कात्तिक पहिलो हप्ताको एकसा“झ किरण र मबीचमा लामो कुरा भयो । किरणले त्यसअघि सीपी गजुरेल, भक्तबहादुर श्रेष्ठलगायतलार्ई पनि भेटेर महामन्त्री बन्न आग्रह गरिरहेका थिए, तर कोही तयार थिएनन् । उनीहरु पनि सेक्टर घटनामा संलग्न थिए, तलतिरका जो संलग्न थिए, तिनलार्ई कारबाही गर्ने तर निर्देशन दिनेलार्ई केही नगर्ने भन्ने विषय उठिरहेको थियो । किरण आजित भएर कहिले भक्तबहादुरलार्ई महामन्त्री बन्नुस् भन्ने कहिले कसलार्ई बनाउने भन्थे । तपाईं यसो नभन्नुस् तपाईं नै हो, भनिराख्थे“ म ।


किरण भित्रैदेखि महामन्त्री पद बोक्न नसक्ने भएर कहा“ लगेर बिसाउने भन्नेमा पुगेका थिए । त्यही सन्दर्भमा भएको लामो छलफलमा किरणले मलार्ई नै महामन्त्री बनेर पार्टीलार्ई अघि बढाउन विशेष अनुरोध गरे ।
किरणले भने– ‘यही घटनामा म पनि छाड्छु, गौरव पनि जोडिया छ, गुरुङ पनि जोडिया छ, उनीहरुलार्ई पनि एकतह घटुवा गर्ने भन्ने कुरा गरे । त्यसपछि म पार्टीका केन्द्रीय समितिका सदस्यहरुका बीचमा कुरा गर्न थाले“, सबै खुसी थिए । तर वरिष्ठहरु खुसी थिएनन् । अहिले मैले किन नाम लिउ“ तिनको ।’ (सीपी गजुरेल, भक्तबहादुर श्रेष्ठहरुलगायत – ले.)
दोस्रो प्रश्न ः महामन्त्री भएपछि के सोच्नुभयो ? 
– त्यहीबेला (२०४६–ले.) कात्तिक दोस्रोसाता भएको बैठकबाट म पार्टीको महामन्त्री भए“ सर्बसम्मत रुपमा ।  सङ्कट के आइलाग्यो भने म एकातिर सशस्त्र सङ्घर्षको तयारी गर्दैं थिए“ । हातहतियारको जोगाड, पहिलो सैन्य तालिम आदि मैले नै गराएको थिए“ । त्यो बेलाको मेरो व्याख्या विश्लेषण तिखो थियो नि त । त्यसले गर्दा सबै क्रान्तिकारी स्प्रिटका साथीहरु ममा केन्द्रित भएकै थिए ।
पछि किरणजीले भन्नु पनि भयो, किनकि पार्टी सम्पूर्णरुपले प्रचण्डको हातमा गइसकेको थियो । म त्यसरी बसेको भए गलहत्याइने थिए“ । इतिहासले मलार्ई नराम्रोस“ग पाखा लगाउ“थ्यो । समयमा नै मैले बुझेर प्रचण्डलार्ई जिम्मा लगाउ“दा नै राम्रो हुन्छ भनेर गरेको हो भनेर किरणले भन्नुभएको छ । उहा“ले लेख्नुभएको पनि छ । – (२०७१ कात्तिक १०–१३ र २०७५ साउन १८ गते प्रचण्डस“ग सोधिएको प्रश्नको जवाफ) ।
यसरी ३५ वर्षे ठिटो देशका घग्डान भनिएका नेताहरुको बीचमा पार्टीको महमन्त्री बन्न आइपुगेका थिए । यद्यपि त्यो पार्टी सा¥है सानो थियो । पछि प्रचण्डले पुरानो चौथो महाधिवेशन धारका चार समूह जोडेर चुनावमा जा“दा पनि संसदमा जम्मा नौ सिट र ४.३ प्रतिशत जनमत (भण्डारी ः २०५०) मात्र प्राप्त गर्न सकेको थियो । नेतृत्वमा त आए“ अब के गर्ने भन्ने चौबाटोमा उभिएका बेला प्रचण्डले शक्ति आर्जनको बाटो रोजे ।
जनयुद्धको नीति रोक्ने प्रचण्डको पहिलो निर्णय
महामन्त्री भएपछि पहिलो निर्णय के गर्नुभयो ?
‘म कस्तो बेलामा महामन्त्री भए“ त भन्दा एकातिर सैन्य तयारी गरिएको छ, हातहतियार जोडिएको छ, कहा“ हान्ने, के गर्ने भन्ने तयारी गरिराख्या छ । अर्कोतिर त्यहीबेला पञ्चायत विरोधी आन्दोलनले पनि जोर पक्ड“दै गएको छ । एकातिर वाममोर्चा बनाउने यता संयुुक्त राष्ट्रिय जनआन्दोलन बनाउने र व्यापक आन्दोलन गर्ने भन्ने कुरा पनि चल्न थाल्याछ ।’
‘म महामन्त्री हुनेबित्तिकै गम्भीर प्रश्न खडा भयो । मेरा लागि लाइफ एण्ड डेथ थियो । त्यो जीवन मरणकै प्रश्न थ्यो क्या ! मैले अब सशस्त्र सङ्घर्ष (छापमार युद्ध) सुरु गर्नेमा पार्टीलार्ई लैजाने कि संयुक्त आन्दोलनमा सहभागी भएर अहिलेलार्ई सशस्त्र सङ्घर्ष था“ती राख्ने भन्ने प्रश्न खडा भएको थियो । त्यो स“गस“गै जानसक्ने स्थिति थिएन । त्यस्तो अवस्थामा म के निष्कर्षमा पुगे“ भने सशस्त्र सङ्घर्ष स्थगित गरिदिनुपर्छ भन्नेमा गए“ ।
अब संयुक्त आन्दोलनमा सहभागी पनि हुने र समान विचार राख्नेहरुका बीचमा एकताको पहल गर्नुपर्छ भन्नेमा पुगे“ । त्यसपछि म आफै“ंले महामन्त्रीको हैसियतमा अध्यक्षता गरेको पहिलो बैठकको मुख्य एजेण्डा तत्कालका लागि सशस्त्र सङ्घर्षको तयारी रोकेर संयुक्त जनआन्दोलनमा सहभागी हुने निर्णय भएको थियो’ (प्रचण्ड ः २०७५) ।
–अवतरण,(नेपालमा शशस्त्र संघर्ष, रुपान्तरणमा विवाद र एमाले–माओवादी एकता) नामक पुस्तकबाट । यस सम्वन्धी विशेष अन्तर्वार्ता आज राती ९ बजे एबीसी न्युज टेलिभिजनमा हेर्न सक्ुन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com