ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनयुद्ध रोक्ने पहिलो निर्णयदेखि जनयुद्ध अन्त्य गर्ने प्रचण्डको अन्तरकथा


ABC NEWS

काठमाडौं । सन् १९९० को विश्वव्यापी परिवर्तन र कम्युनिस्ट सत्ता ढल्ने क्रममा नेपालमा भने मदन भण्डारीको अगुवाइमा कम्युनिस्ट शक्ति जबर्जस्त राजनीतिक शक्तिका रुपमा लोकप्रिय भइरहेको थियो । भण्डारीको ओज र प्रभावबाट समेत जनयुद्धका रणनीतिकारलार्ई गहिरो प्रभाव परेको थियो । नेपालमा एउटै वामपन्थी शक्तिको प्रमुख राजनीतिक हैसियत प्राप्त गर्न मदन भण्डारीस“ग एकता गर्ने सोचाइमा पुगेको प्रचण्डले बारम्बार बताउ“दै आएका छन् । तर प्रचण्डले जोजोस“ग भेट्न र सम्झौता गर्न चाहे, तिनीहरुको रहस्यमय ढङ्गले हत्या भयो । यथार्थ के थियो त भन्ने जिज्ञासा सबैतिर भएका बेला मैले पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक उदयदेखि एकीकृत कम्युनिस्ट पार्टी निर्माणको तहसम्म आइपुगेको घटनाका बारेमा उनकै निवासमा लामो कुरा गरे“ । प्रचण्डलार्ई आकस्मिक लाग्नेगरी मेरो पहिलो प्रश्न थियो ।
तपाईं कसरी महामन्त्री हुुनुभयो ? कहिल्यै सोच्नुभएको थियो ?
– २०४३ सालमा सेक्टरकाण्ड भयो । पार्टीका तर्फबाट गलत भएको भन्दै तल्ला कमिटीका दिपक महत, काकालगायतमाथि तत्काल कारबाही भयो । तर केन्द्रमा हरेक पटक बैठक बस्ने, छलफल हुने, निष्कर्षमा कोही पुग्न नसक्ने प्रक्रिया चल्दै आएको थियो । त्यत्तिबेला पार्टीको बैकल्पिक पोलिटब्यूरो सदस्यका रुपमा टेक कमिटीमार्फत् सैन्यमोर्चाको जिम्मा मेरो थियो । म सेक्टरवाला घटनाको निर्णयमा सहभागी थिइन । हतियारको खोजी, तालिम यी सब काम भइरहेका थिए । पार्टीभित्र मेरो स्वीकार्यता बढीरहेको थियो । समस्या आएका सबै ठाउ“मा म जाने र समाधान गर्ने काम पनि भइरहेको थियो । म महामन्त्री नै हुने भन्ने तहमा सोचेको थिइनँ । तर मलार्ई यी बूढाहरुले भन्दा राम्ररी मैले नै गर्नसक्छु भन्ने थियो ।
त्यही बेला अर्थात् २०४६ को कात्तिक पहिलो हप्ताको एकसा“झ किरण र मबीचमा लामो कुरा भयो । किरणले त्यसअघि सीपी गजुरेल, भक्तबहादुर श्रेष्ठलगायतलार्ई पनि भेटेर महामन्त्री बन्न आग्रह गरिरहेका थिए, तर कोही तयार थिएनन् । उनीहरु पनि सेक्टर घटनामा संलग्न थिए, तलतिरका जो संलग्न थिए, तिनलार्ई कारबाही गर्ने तर निर्देशन दिनेलार्ई केही नगर्ने भन्ने विषय उठिरहेको थियो । किरण आजित भएर कहिले भक्तबहादुरलार्ई महामन्त्री बन्नुस् भन्ने कहिले कसलार्ई बनाउने भन्थे । तपाईं यसो नभन्नुस् तपाईं नै हो, भनिराख्थे“ म ।


किरण भित्रैदेखि महामन्त्री पद बोक्न नसक्ने भएर कहा“ लगेर बिसाउने भन्नेमा पुगेका थिए । त्यही सन्दर्भमा भएको लामो छलफलमा किरणले मलार्ई नै महामन्त्री बनेर पार्टीलार्ई अघि बढाउन विशेष अनुरोध गरे ।
किरणले भने– ‘यही घटनामा म पनि छाड्छु, गौरव पनि जोडिया छ, गुरुङ पनि जोडिया छ, उनीहरुलार्ई पनि एकतह घटुवा गर्ने भन्ने कुरा गरे । त्यसपछि म पार्टीका केन्द्रीय समितिका सदस्यहरुका बीचमा कुरा गर्न थाले“, सबै खुसी थिए । तर वरिष्ठहरु खुसी थिएनन् । अहिले मैले किन नाम लिउ“ तिनको ।’ (सीपी गजुरेल, भक्तबहादुर श्रेष्ठहरुलगायत – ले.)
दोस्रो प्रश्न ः महामन्त्री भएपछि के सोच्नुभयो ? 
– त्यहीबेला (२०४६–ले.) कात्तिक दोस्रोसाता भएको बैठकबाट म पार्टीको महामन्त्री भए“ सर्बसम्मत रुपमा ।  सङ्कट के आइलाग्यो भने म एकातिर सशस्त्र सङ्घर्षको तयारी गर्दैं थिए“ । हातहतियारको जोगाड, पहिलो सैन्य तालिम आदि मैले नै गराएको थिए“ । त्यो बेलाको मेरो व्याख्या विश्लेषण तिखो थियो नि त । त्यसले गर्दा सबै क्रान्तिकारी स्प्रिटका साथीहरु ममा केन्द्रित भएकै थिए ।
पछि किरणजीले भन्नु पनि भयो, किनकि पार्टी सम्पूर्णरुपले प्रचण्डको हातमा गइसकेको थियो । म त्यसरी बसेको भए गलहत्याइने थिए“ । इतिहासले मलार्ई नराम्रोस“ग पाखा लगाउ“थ्यो । समयमा नै मैले बुझेर प्रचण्डलार्ई जिम्मा लगाउ“दा नै राम्रो हुन्छ भनेर गरेको हो भनेर किरणले भन्नुभएको छ । उहा“ले लेख्नुभएको पनि छ । – (२०७१ कात्तिक १०–१३ र २०७५ साउन १८ गते प्रचण्डस“ग सोधिएको प्रश्नको जवाफ) ।
यसरी ३५ वर्षे ठिटो देशका घग्डान भनिएका नेताहरुको बीचमा पार्टीको महमन्त्री बन्न आइपुगेका थिए । यद्यपि त्यो पार्टी सा¥है सानो थियो । पछि प्रचण्डले पुरानो चौथो महाधिवेशन धारका चार समूह जोडेर चुनावमा जा“दा पनि संसदमा जम्मा नौ सिट र ४.३ प्रतिशत जनमत (भण्डारी ः २०५०) मात्र प्राप्त गर्न सकेको थियो । नेतृत्वमा त आए“ अब के गर्ने भन्ने चौबाटोमा उभिएका बेला प्रचण्डले शक्ति आर्जनको बाटो रोजे ।
जनयुद्धको नीति रोक्ने प्रचण्डको पहिलो निर्णय
महामन्त्री भएपछि पहिलो निर्णय के गर्नुभयो ?
‘म कस्तो बेलामा महामन्त्री भए“ त भन्दा एकातिर सैन्य तयारी गरिएको छ, हातहतियार जोडिएको छ, कहा“ हान्ने, के गर्ने भन्ने तयारी गरिराख्या छ । अर्कोतिर त्यहीबेला पञ्चायत विरोधी आन्दोलनले पनि जोर पक्ड“दै गएको छ । एकातिर वाममोर्चा बनाउने यता संयुुक्त राष्ट्रिय जनआन्दोलन बनाउने र व्यापक आन्दोलन गर्ने भन्ने कुरा पनि चल्न थाल्याछ ।’
‘म महामन्त्री हुनेबित्तिकै गम्भीर प्रश्न खडा भयो । मेरा लागि लाइफ एण्ड डेथ थियो । त्यो जीवन मरणकै प्रश्न थ्यो क्या ! मैले अब सशस्त्र सङ्घर्ष (छापमार युद्ध) सुरु गर्नेमा पार्टीलार्ई लैजाने कि संयुक्त आन्दोलनमा सहभागी भएर अहिलेलार्ई सशस्त्र सङ्घर्ष था“ती राख्ने भन्ने प्रश्न खडा भएको थियो । त्यो स“गस“गै जानसक्ने स्थिति थिएन । त्यस्तो अवस्थामा म के निष्कर्षमा पुगे“ भने सशस्त्र सङ्घर्ष स्थगित गरिदिनुपर्छ भन्नेमा गए“ ।
अब संयुक्त आन्दोलनमा सहभागी पनि हुने र समान विचार राख्नेहरुका बीचमा एकताको पहल गर्नुपर्छ भन्नेमा पुगे“ । त्यसपछि म आफै“ंले महामन्त्रीको हैसियतमा अध्यक्षता गरेको पहिलो बैठकको मुख्य एजेण्डा तत्कालका लागि सशस्त्र सङ्घर्षको तयारी रोकेर संयुक्त जनआन्दोलनमा सहभागी हुने निर्णय भएको थियो’ (प्रचण्ड ः २०७५) ।
–अवतरण,(नेपालमा शशस्त्र संघर्ष, रुपान्तरणमा विवाद र एमाले–माओवादी एकता) नामक पुस्तकबाट । यस सम्वन्धी विशेष अन्तर्वार्ता आज राती ९ बजे एबीसी न्युज टेलिभिजनमा हेर्न सक्ुन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com