ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संवैधानिक आयोगमा कुनै हस्तक्षेप छैन – प्रधानमन्त्री ओली


एबीसी न्यूज

काठमाडौ, २९ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संवैधानिक आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९आँै स्थापना दिवसका अवसरमा  आयोजित कार्यक्रममा उहाँले सरकारले संवैधानिक अङ्गमाथि हस्तक्षेप नगरी निष्पक्ष तरिकाले काम गर्न दिएको बताउनुभयो ।

‘‘सरकारले अख्तियारलाई दबाब, निर्देशन दिन्छ भनेर मैले सुनेको छु, तर त्यस्तो होइन’’, उहाँले भन्नुभयो, ‘‘ सरकार संवैधानिक अङ्गलाई स्वतन्त्र ढङ्गले काम गर्न दिन्छ र त्यसमा हस्तक्षेप गर्ने मनयास पनि राख्दैन, हस्तक्षेप भन्ने प्रश्न नै आउदैन ।’’ सरकारले संवैधानिक अङ्गका पदाधिकारीलाई कही कतै पनि यसो गर्नुहोस्, उसो गर्नुहोस् नभनेको प्रष्ट पार्दै उहाँले भन्नुभयो, ‘‘सरकार त्यस्ता कुरा कहिल्यै भन्दैन र गर्दैन पनि ।’’

उहाँले सरकारले संवैधानिक अङ्गमाथि हस्तक्षेत गरेको भन्ने भ्रम छर्ने कोशिस गरिएको भन्दै त्यस्तो कोशिस नगर्न आग्रह गर्नुभयो । उहाँले अख्तियारलाई निष्पक्ष र दृढ भएर भ्रष्टाचार नियन्त्रण गर्न निर्देशन दिनुभयो ।

भ्रष्टाचारले मुलुकको विकासका आकांक्षालाई कमजोर पारेको भन्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भ्रष्टाचार अन्त्य गरेमात्र मुलुक बन्ने उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि पहिले आफू प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । ‘‘म प्रतिबद्ध छु, म भ्रष्टाचार गर्दिन, म अरुलाई पनि गर्न दिन्न भन्ने प्रतिबद्धता हुनुपर्दछ, अनि मात्र मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुन्छ’’, उहाँले भन्नुभयो । उहाँले भ्रष्टाचारमा निल्र्लजता थपिएको जनाउँदै कहाँ सदाचार र कहाँ भ्रष्टाचार रहेको छ भन्ने छुट्टाउन गाह्रो छ भन्नुभयो ।

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले वक्तृत्वकलामा प्रथम हुने विक्रम पन्थीलाई रु २५ हजार र कविता प्रतियोगितामा प्रथम हुने पुजन ढुङ्गानालाई रु २५ हजार र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com