ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्जका ‘बाम ब्यवसायी’को एकता १५ दिन पनि टिकेन


sharan sharan

नेपालगन्ज, २७ माघ ।
नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि भएको समिकरण कार्यसमितीको पहिलो बैठकबाटै टुटेको छ । समावेशी प्यानल र प्रजातान्त्रीक समुहकोनामबाट निर्वाचनमा होमिएका ब्यवसायीहरु कार्यसमितीको बैठकमा पदाधिकारी चयन गर्ने बिषयमा भने फुटेकाछन् । समावेशी प्यानलबाट निर्वाचित १ जना सदस्य सहित २ जनाले पदाधिकारी चयनकालागि गठबन्धन तोडेर प्रजातान्त्रीक समुहबाट निर्वाचित सदस्यहरुसंग मिलेर उम्मेदवारी दिएपछि समिकरण टुटेको हो ।
समावेशी प्यानलबाट निर्वाचित सदस्य भिमबहादुर रानाभाट महासचिव पदका लागि प्रजातान्त्रीक समुहसंग सहकार्य गरेर उम्मेदवार बनेका थिए भने संघको बरिष्ठ सदस्यमा समावेशी प्यानलकै ब्यवसायीक नेता भास्कर काफ्लेलाई उम्मेदवार बनाईएको थियो । यद्देपी समिकरण तोडेर उम्मेदवार बनेका उम्मेदवारहरु सहित प्रजातान्त्रीक समुहबाट पदाधिकारीमा आन्तरिक प्रतिस्पर्धामा उत्रीएका सबै उम्मेदवार पराजित भएकाछन् ।
आगामी ३ वर्षे कार्यकालका लागि नेपालगन्ज उद्योग बाणिज्य संघको महासचिवमा चिरन्जीबी ओली आन्तरिक निर्वाचनबाट निर्वाचित भएकाछन् । ओलीको प्रतिस्पर्धामा निर्वाचनमा एकै समुहबाट चुनाव लडेका भिम रानाभाटले उम्मेदवारी दिएका थिए । आन्तरिक निर्वाचनमा ९–९ मत बराबर भएपछि नव निर्वाचित अध्यक्ष अब्दुल वाहिद मन्सुरीको निर्णयक मतबाट ओली निर्वाचित भएका थिए ।
कोषध्यक्ष पदको निर्वाचनमा हरिलाल न्यौपानेले १० र टंक प्रसाद शर्माले ८ मत पाएका थिए भने उप महासचिव पदमा धर्म अर्यालले ८ मत पाएका थिए । बरिष्ठ सदस्यमा बसन्त लामिछानेको १० र भास्कर काफ्लेलाई ८ मत परेको थियो भने २ जना महिला सदस्यमा पार्वता आचार्य र उषा थापा भण्डारीले ११–११ मत पाएका थिए । उनीहरुको प्रतिस्पर्धी माया गुरुङ र बिष्णुसिंह ठकुरीले ७–७ मत पाएका थिए । संघको प्रथम उपाध्यक्ष पदका लागि समेत निर्वाचन भएको थियो । उद्योग र बाणिज्यबाट निर्वाचित उपाध्यक्ष द्वय आदेश अग्रवाल र अमित बस्नेत दुबैले प्रथम उपाध्यक्ष दाबी गरेपछि भएको आन्तरिक निर्वाचनमा अग्रवालले १० र बस्नेतले ८ मत पाएका थिए । पदाधिकारीमा बिजयी हुने सबै समावेशी प्यानलबाट निर्वाचित सदस्यहरु हुन् । उद्योग बाणिज्य संघको बिधानमा निर्वाचित सदस्यहरुबाट पदाधिकारी चयन सहित १ जना बरिष्ठ सदस्य र २ जना महिला सदस्य चयन गर्ने ब्यवस्था गरिएको छ ।
निर्वाचनको परिणामलाई लिएर नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले पार्टीमा भएको भद्र सहमती उल्लंघन भएकाले प्यानल टुटेको बताएकाछन् । उनले एउटै प्यानलका अर्का पुर्व केन्द्रीय सदस्य दामोदर आचार्य र निर्वाचन परिचालन समितीका संयोजक ईश्वर पोखरेलले भद्र सहमती उल्लंघन गरेकाले अर्को प्यानलसंग मिल्न जानुपरेको बताए ।
उता निर्वाचनका बेला समावेशी प्यानलको निर्वाचन संयोजक ईश्वर पोखरेलले प्यानल भित्रका केहि ब्यक्तिहरुले प्यानल भित्र एउटा कुरा र बाहिर अर्को कुरा गर्ने गरेकाले समस्या आएको बताउंदै कहिं कसैसंग भद्र सहमती नभएको बताए । उनले आफ्नै प्यानलका उम्मेदवारलाई हराउने योजना बनाउनेहरुले भद्र सहमतीको कुरा गरेको आरोप लगाए ।
निर्वाचनका बेला समावेशी र प्रजातान्त्रीक नामको प्यानल बनाएर निर्वाचन लडेपनि समावेशी प्यानलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको बार्चश्व सहित केहि अन्य दलका समर्थकहरुको उपस्थिती रहेको थियो भने प्रजातान्त्रीक समुहलाई नेपाली कांग्रेस, राप्रपा सहित मधेसबादी दलको खुल्ला समर्थन रहेको थियो । निर्वाचनमा समावेशी प्यानलका अध्यक्ष १, उपाध्यक्ष १, बस्ुतगत सदस्य १, एसोसीयट १ र ८ सदस्य निर्वाचित भएका थिए भने अर्को समुहबाट १ उपाध्यक्ष, १ एसोसियट, १ बस्तुगत र ४ सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com