ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासको गति सुस्त भएकोमा प्रधानमन्त्रीबाट असन्तुष्टी ब्यक्त


एबीसी न्यूज


काठमाडौं, २६ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गति सुस्त भएको भन्दै मन्त्रीहरूसँग असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औं बैठकमा प्रधानमन्त्री ओलीले सरकारको लक्ष्यअनुसार विकास निर्माण कार्यले तीव्रता पाउन नसकेको बताउनुभएको हो । केही प्रगति हुनुका साथै राम्रा काम पनि भएको बताउदै ओलीले सन्तोषजनक भने हुन नसकेको स्वीकार गर्नुभएको हो । ओलीले पुँजीगत खर्च अत्यन्त कम भएको र वैदेशिक लगानीका आयोजना पनि ढिला भएकोमा असन्तुष्टि जनाउनुभयो ।

उहांले मुलुकलाई अहिले तीव्र विकास आवश्यक रहेको उल्लेख गर्दै त्यसअनुसार काम गर्न मन्त्री, सचिव तथा आयोजना प्रमुखहरूलाई निर्देशन समेत दिनुभयो । देशलाई तीव्र विकास चाहिएकोले सबैले ध्यान त्यसैमा दिन प्रधानमन्त्रीले निर्देशन दिनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले चालु आर्थिक वर्षको प्रथम चौमासिक सम्मको प्रगति, समितिको अघिल्लो बैठकका निर्णयहरूको कार्यान्वयन अवस्था तथा बैठकबाट समाधान गर्नुपर्ने समस्याहरू प्रस्तुत गर्नुभएको थियो । समितिको बैठकमा सङ्घीय सरकारका मन्त्री, सचिव, सातवटै प्रदेशका मुख्यमन्त्री तथा आयोजना प्रमुखहरू सहभागी हुने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com