ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत


admin
माघ २३, २०७६ बिहीबार  ५ : ५० बजे

काठमाडौं, २३ माघ । ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव माथिको सैद्धान्तिक छलफलपछि उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी नेकपा का सांसद रामनारायण विडारीले विश्वविद्यालयको मूलभूत सिद्धान्तका बारेमा विधेयकमा अलि प्रस्ट हुन नसकेको टिप्पणी गर्नुभयो । त्यस्तै सांसद डा विमला राई पौडेलले सम्बन्धित निकायसँग प्राप्त छलफल गरेर मात्रै विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभयो । सांसद रामप्रीत पासवानले संविधानमा व्यवस्था गरिएको समानुपातिक व्यवस्थालाई विधेयकले ध्यान नदिएको बताउनुभयो ।

सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले दर्शन, संस्कृति र प्रकृतिको आवश्यकताका आधारमा विधेयक आएको प्रस्ट पार्नुभयो । उहाँले सांसदहरुले उठाउनुभएको सान्दर्भिक सुझावलाई समावेश गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । छलफलमा सांसदहरु प्रकाश पन्थ, बद्रीप्रसाद पाण्डे, राधेश्याम अधिकारी, खगेन्द्र प्रकाश पुरी, उदया शर्मा पौडेल र जीवन बुढाले भाग लिनुभएको थियो । राष्ट्रियसभाको अर्को वैठक यही माघ २७ गते सोमबार अपराह्न २ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

कांग्रेसको आन्तरिक एकता सुदृढ हुँदै: ‘अबकी बार गगन सरकार’ नारा विदेशमा गुञ्जियो !

सम्बन्धित

झापा–५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

आज मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com