ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकको लगानी राष्ट्र निर्माणमा– मुख्यमन्त्री पोखरेल


admin

काठमाडौं, २३ माघ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नागरिकको लगानी राष्ट्र निर्माणमा प्रयोग गर्ने गरी प्रदेश सरकारले योजना बनाउने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवलमा आज प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँलाई शपथग्रहण गराउँदै मुख्यमन्त्री पोखरेलले नागरिकको लगानी सही ठाउँमा प्रयोग हुने गरी पूर्वाधार विकासका काम अगाडि बढाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले नेपालीहरु किनमेलका लागि भारतीय बजारमा जाने प्रचलनको अन्त्यका लागि सीमा नाकाका शहरमा व्यावसायिक महल बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । “अब किनमेलका लागि नेपाली भारत जाने होइन, भारतीय नेपालमा आउने वातावरण बनाउनुपर्छ ।”मुख्यमन्त्री पोखरेलले राज्यको सम्पत्ति राज्यकै काममा प्रयोग गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । “प्रदेश योजना आयोगले लगानी सम्मेलनसँग जोडिएर आयोजना पहिचान गरिरहेको छ, त्यो सन्दर्भमा आफ्नो सहभागितालाई परिणाममुखी बनाउन जरुरी छ, यसको अगुवाइ पूर्वाधार विकास प्राधिकरणले गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रदेश प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मजगैयाँले राष्टि¬«य र अन्तर्राष्ट्रिय रुपमा सँगालेका अनुभवका आधारमा प्रदेशको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । यही माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा इन्जिनीयर मजगैयाँलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com