ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले गणतन्त्र स्मारक नारायणहिटीमा बनाएर गल्ति गरिएको नेताहरुको भनाई (भिडियोसहित)


एबीसी न्यूज
माघ २३, २०७६ बिहीबार  ११ : ३४ बजे

काठमाडौं, २३ माघ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल भ्रमण वर्ष २०२० को कार्यान्वयन, विदेशी नागरिकहरुको विमान भाडादर र वार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल भएको छ । छलफलमा सहभागीहरुले भ्रमण वर्ष सफल बनाउन विभिन्न सुझावहरु दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहभागि छलफलमा सांसदहरुले भ्रमण वर्ष सफल पार्न विभिन्न सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपालको जातजाति, भाषा, संस्कृति र नेपालमा भएका पुराना कुराहरुको प्रचार गर्न म्युजियम बनाउनुपर्ने बताए । नेपालले देशको क्रान्तिको इतिहास देखिने गरी, १२६ जातजाती भएको देश भनेर चिनाउने म्युजियम बनाउनुपर्नेमा नेपालले जोड दिए । नेपालले गणतन्त्र स्मारक नारायणहिटीमा बनाएर गल्ति गरिएको समेत बताए ।

छलफलमा सांसद भीम रावलले पर्यटन वर्षलाई सफल पार्न सडक यातायात, हवाई यातायात तथा होटल लगायतका भौतिक पूर्वाधारको विकास गर्नुपर्ने धारणा राखे । भूकम्पका कारण क्षतिपुगेको सम्पदाहरुको पूननिर्माण द्रुत गतिमा गर्नुपर्नेमा सांसद रावलले ध्यानाकर्षण गराए

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौंको प्रदुषण कम गर्न विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रमा साइकल लेनको विकास गर्नुपर्नेमा जोड दिए । सम्पदा सूचीमा परेका क्षेत्रहरुको प्रचार प्रसार गरी विदेशी पर्यटकहरुलाई आकर्षित गर्नुपर्ने सिंहले बताए ।

संसद पुष्पा भूसालले भ्रमण वर्ष सुरु भइसक्दा पनि गम्भिरता पूर्वक तयारी नभएको बताइन । पर्यटकलाई आकर्षित गर्ने योजना बनाउनुपर्ने र नयाँ अभियान नचलाए भ्रमण वर्ष सफल नहुने भुषाले निस्कर्ष निकालिन ।

छलफलमा नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले सात वटै प्रदेशमा रहेका विभिन्न पर्यटकिय क्षेत्रहरुलाई चिनाउने गरी विशेष कार्यक्रम गर्न तयारी गरिएको जानकारी दिए ।

समिति सभापति पवित्रा निरौला खरेलले भ्रमण वर्षलाई सफल पार्न सबै स्थानीय तहले बजेट छुट्याउनुपर्ने बताइन । विमानस्थल, विभिन्न सार्वजनिक स्थल लगायतका क्षेत्रम सरसफाईमा मात्रै ध्यान दिन सकेमा मात्रै पनि भ्रमण वर्षलाई ठूलो सहयोग पुग्ने उनले बताइन ।

सांसद प्रेम तुलाचनले विभिन्न अवशरमा हुने सभा समारोह र बैठक पाँच तारे होटल भन्दा पनि पर्यटकिय क्षेत्रमा गर्न सुझाव दिए छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले साना साना कार्यक्रमका लागि पैसा माग्ने प्रचलन रहेको बताउंदै अब बोर्डले ठूला योजना र कार्यक्रमका लागि मात्रै बजेट दिने नीति ल्याउन लागेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com