ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेश जोड्ने त्रिदेशीय सडक कालिकोट सिमानासम्म पुग्यो


एबीसी न्यूज
माघ २२, २०७६ बुधबार  १० : ४५ बजे


काठमाडौं, २२ माघ ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट कर्णालीका विभिन्न जिल्ला जोड्ने सडकको काम अहिले धमाधम चलिरहेको छ । सदरमुकाम दैलेख बजारको मध्यभाग हुँदै कालिकोट र जुम्ला जोड्ने त्रिदेशीय सडकको कामलाई तीव्र पारिएको छ । दैलेख खण्डको भागमा रहेको कुसापानीदेखि बेहुलीको लेकसम्मको सडक खोल्ने काम सकिएको छ । कालिकोटको सिमानासम्म सडकको कच्ची मार्ग खोल्ने क्रम सकिएको छ ।

सुर्खेत हुँदै दैलेखको तल्लो ढुगेश्वर, दुल्लु भैरवी हुँदै कालिकोट जिल्ला जोड्ने सडकलाई प्रदेश सरकारले त्रिदेशीय सडक भनेर गत वर्षदेखि निर्माण शुरु गरेको हो । दैलेखको सिमाना कुसापानी व्याउलीको लेक हुँदै कालिकोटको पानतडीमा जोडिने तयारी थालिएको उक्त सडकको दैलेख खण्डको बाँकी रहेको काम सकिएको हो ।

ठेक्कामार्फत सञ्चालन हुने कामको गुणस्तर कायम गर्ने र प्रभावकारी सडक निर्माणका लागि जनप्रतिनिधिले नै सडकको प्रत्यक्ष अनुगमन गरिएको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले जानकारी दिनुभयो । तत्कालीन सिञ्जा र दुल्लु राज्य हुँदा मानिस यही बाटोबाट आवतजावत गर्ने गर्थे । यो वर्ष दैलेखको सिमानासम्म काम भइसकेको र बाँकी रहेको करीब ३० किलोमिटर सडक सञ्जालमा जोडिएको खण्डमा कालिकोटको पानतडीमा कर्णाली राजमार्ग भेटिने छ । सडक सञ्चालनमा आए दैलेखको मध्यभागका बासिन्दालाई आवतजावतमा निकै सहयोग पुग्ने बुढाले जानकारी दिनुभयो ।

कामको रेखदेख हरेक वडा नजिक पर्ने स्थानमा पालिकाका सबै वडाध्यक्षमार्फत गरिएको छ । करीब १० मिटर सडक चौडा गर्ने क्रममा कतिपय स्थानीयवासीको घर, बार्दली फाल्नुपर्ने अवस्था आएपछि जनप्रतिनिधिको रोहवरमा सहजीकरण गर्दै सडक निर्माण प्रभावकारी बनाउन आफूहरू लागेको भैरवी गाउँपालिका–४ का वडाध्यक्ष वीरेन्द्र शाहीले बताउनुभयो ।

गत वषर्देखि कामले तीव्रता पाएको यो सडकमा प्रदेश सरकारले रु आठ करोड यो वर्ष विनियोजन गरेको छ । सांसद राजबहादुर बुढाले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत रु दुई करोड रकम विनियोजन गरेपछि ठेक्कामार्फत काम शुरु भएको हो । दुई लेनको सडक विस्तार भए दैलेख सदरमुकामको मध्यभाग हुँदै कालिकोट जुम्ला जाने यात्रुका लागि निकै सहज हुने देखिएको छ ।

दैलेख सदरमुकामको पश्चिमी भागबाट कर्णाली राजमार्ग सञ्चालन भएको १० वर्ष बढी भइसकेको छ । कर्णाली राजमार्गलाई केही समयअघि ‘मृत्युमार्ग’ भनेर परिचय दिनुपर्ने अवस्था थियो, अहिले पनि राजमार्गको स्तरोन्नति हुन नसकेका कारण समस्या कायमै छ । यही सडकबाट अहिले पनि निकै कष्ट गरेर यात्रुले यात्रा गर्नुपर्ने बाध्यता छ ।

दैलेख सदरमुकाम दैलेख बजारदेखि माहावु हुँदै कालिकोट जुम्ला जोड्ने सडक कालिकोटको सिमानासम्म पुगिसकेको छ । यो सडक पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण सडक मानिन्छ । यही सडकलाई सङ्घीय सरकारले मुख्य प्राथमिकतामा राखेर चीन नाग्चेनाग्लासम्म पुग्ने सडकका रूपमा विस्तार गरेको छ । दैलेख सदरमुकाम महावु जोड्ने सडकको स्तरोन्नति अहिलेसम्म भएको छैन ।

अहिले विस्तार गर्न थालिएको दुल्लु–भैरवी हुँदै कालिकोट पुग्ने सडक मध्यभाग भएर कालिकोट हुँदै जुम्ला जोड्ने तयारी प्रदेश सरकारले थालेको छ । दैलेखका तीनवटै स्थानबाट सडक सञ्चालन हुन सके सिङ्गो दैलेख सदरमुकामको आर्थिक अवस्था सुधार हुनुको साथै तीनवटै स्थानमध्ये पायक पर्ने स्थानबाट यात्रुलाई समेत सुरक्षित यात्राका लागि सहज हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com