ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐतिहासिक इजरायल भ्रमणमा भारतीय प्रधानमन्त्री


admin

इजरायल,२१ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार भारत–इजरायल कूटनीतिक सम्बन्ध स्थापना भएको २५ औँ वर्ष पुगेको अवसरमा आयोजना हुने समारोहमा सहभागी हुन तेल अभिव आउनुभएको छ ।

भारत–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको २५ औँ वर्ष पुगेको अवसरमा हुने प्रधानमन्त्री मोदीको भ्रमण यसअघि सुमधुर रहँदै आएको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहनेछ ।

भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहु इजरायलको अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

इजरायली प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीको तीनदिने भ्रमणका समयभर हुने कार्यक्रममा सँगै रहनु हुनेछ ।

कूटनीतिक शिष्टाचारका लागि इजरायलले भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा अन्तर्राष्ट्रिय कानुनी परिधिभित्र रहेर आवश्यक सबै व्यवस्था भएको र यसले भ्रमणको महत्व पुष्टि गर्ने इजरायली अधिकारीले बताएका छन् ।

शीतयुद्धताका प्यालेस्टाइनको पक्षमा झुकाव राखेको भारतले इजरायलसँग यसअघि खुला सम्बन्ध देखाउने गरेको थिएन ।

तर यस शताब्दीको विगत २५ वर्ष यता दुई राष्ट्रबीच उच्च प्रविधि र प्रतिरक्षाका विषयमा निकट सम्बन्ध रहँदै आएको छ ।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफ्ना इजरायली समकक्षी नेतन्याहु, प्राविधिक कम्पनीका प्रमुख अधिकारी र भारतीयमुलका यहुदी धर्मावम्बीसँग भेटवार्ता तथा छलफल गर्ने कार्यक्रम छ ।

उहाँको भ्रमणमा प्यालेस्टिनी कुनै अधिकारीसँग भेट्ने कार्यक्रम रहेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com