ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौतमबुद्ध विमानस्थल आयोजना : तीन महिना थप


एबीसी न्यूज

काठमाडौं, २० माघ ।  बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार पक्षलाई निर्माण कार्य पूरा गर्न तीन महिनाको समयावधि थप गरिएको छ । विमानस्थल निर्माणको ठेक्का पाएको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले जनवरी ७, २०२० अर्थात २०७६ पुस २२ गतेभित्र काम सम्पन्न गर्नेगरी थप समयसहित ठेक्का पाएको थियो । ठेकेदार पक्षले तोकिएको समयमा ८६ प्रतिशत मात्रै भौतिक काम सम्पन्न गरेको देखिएको छ ।

ठेकेदार पक्षले अझै तीन महिना म्याद थपको माग गरेअनुसार एशियाली विकास बैंक ९एडिबी० को सहमतिमा प्राधिकरण सञ्चालक समितिले समय थप गरेको राष्ट्रिय गौरवको आयोजना निर्देशक प्रदीप अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मार्च ३१, २०२० अर्थात आगामी चैत १८ गतेसम्म म्याद थप भएको छ ।”

सन् २०१४ डिसेम्बर ३१ मा कार्यादेश पाई त्यसैअनुरुप विमानस्थलको स्तरोन्नतिका लागि सन् २०१७ जुन २ अर्थात २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी बोलपत्र आह्वान भएको थियो । विश्वव्यापी बोलपत्र आह्वानमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपले ‘टेन्डर’ पारी आवश्यक सम्झौता गरी २०७१ माघ १ गतेदेखि निर्माण गरेको थियो । शुरुमा कूल छ अर्ब २२ करोड ५१ लाख ३० हजार २२७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको भए पनि उक्त रकममा पुनः ‘भेरिएसन’ भएको छ ।

निर्धारित समयमा काम नसकिएपछि पुनः सन् २०१८ जनवरी १ सम्मका लागि म्याद थप भए पनि थपिएको म्यादमा काम सम्पन्न नभएपछि फेरि २०१९ जुन २८ सम्मका लागि म्याद थप गरिएको थियो । सो अवधिमा पनि काम सम्पन्न नभएपछि पुनः जनवरी ७, २०२० अर्थात २०७६ पुस २२ गतेभित्र काम सम्पन्न गर्नेगरी थप समय सीमा दिइएको थियो । उक्त अवधिमा पनि काम सम्पन्न नभएपछि प्राधिकरणले अन्तिम सीमा भन्दै तीन महिना समयावधि थपेको छ ।

आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार अब चार प्रतिशत सिभिलको काम र १० प्रतिशत विद्युतीय तथा उपकरणसम्बन्धी काम बाँकी छ । उहाँले भन्नुभयो, “आइसिपी–१ का धेरै काम सम्पन्न भएका छन् । आइसिपी–२ का धेरै काम बाकी छन् ।” आइसिपी–१ भित्र धावन मार्ग, ट्याक्सी मार्ग, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल रुम, कार पार्किङ, धावन मार्गको बत्ती, जहाज पार्किङ रहेको अधिकारीले बताउनुभयो । उहाँका अनुसार आइसिपी–१ को टर्मिनल भवनको फिनिसिङ र उपकरण जडान बाहेक अन्य काम सम्पन्न भइसकेको छ । “अब १४ प्रतिशत काम बाँकी छ”, अधिकारीले भन्नुभयो ।

यसैगरी आइसिपी–२ मा उपकरण जडान र फाउन्डेसनको काम बाँकी रहेको आइसिपी–२ हेरिरहनुभएका उपनिर्देशक प्रवीण न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चार ९कम्युनिकेशन०, पथप्रदर्शन ९नेभिगेशन० जहाजलाई कुन दिसामा लाने भन्ने र मौसम मेटेरोलोजी० सम्बन्धी काम आइसिपी–२ मा हुन्छ । त्यसका लागि उपकरण ९० प्रतिशत आइसकेको छ । तर आइसिपी १ र २ अन्तरसम्बन्धित छन् ।” आइसिपी–१ कै कारण आइसिपी–२ को काममा ढिलाइ भएको न्यौपानेले बताउनुभयो ।

उपनिर्देशक न्यौपानेले सबै काम सक्दा पनि अझै कम्तीमा तीन महिना लाग्ने बताउनुभयो । विमानस्थल निर्माणका क्रममा बारम्बार समायवधि थपिँदा भेरिएसनसमेत बढेर गएको छ । अहिले नौ दशमलव ६२ प्रतिशत भेरिएसन भई छ अर्ब ८२ करोड २६ लाख १८ हजार ७६ रुपैयाँ ८५ पैसा हुन पुगेको छ ।

सम्झौताअनुसार २०१९ डिसेम्बर ३१ सम्म आइसिपी–१ र २०२० जनवरी ७ सम्ममा आइसिपी–२ को सबै काम सम्पन्न गर्नुपर्ने थियो । राष्ट्रिय गौरपको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समयमै नसकिनुको पछिल्लो कारण खुल्न सकेको छैन तथापि ठेकेदार पक्षले चाडपर्व र मौसमी कारणले ढिलाइ भएको बताएको छ ।

यसअघि तीन पटकसम्म समयावधि थप्दा विद्युत्लाई मुख्य समस्या देखाइएको थियो । गत मङ्सिर १८ गते नेपाल विद्युत् प्राधिकरण भैरहवाले ११ हजार भोल्टेजको चार मेघावाट क्षमताको डेडिकेटेड लाइन विमानस्थलमा जडान गरिसकेको छ । विद्युत् जडान भए पनि अहिलेसम्म विद्युतीय काम भने हुन सकेका छैन ।

विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदारले कामबापत अहिलेसम्म तीन अर्ब ७६ करोड बुझिसकेको छ । विमानस्थलको कन्सलट्यान्टको जिम्मा युसीन कोरियन कन्सलट्यान्ट र आयोजना क्यानले संयुक्तरूपमा गर्दै आएका छन् ।

विमानस्थल निर्माणका लागि ६२५ घर परिवार यतिबेला मुआब्जा रकम बुझेर अन्यत्र गइसकेका छन् । सरकारले मुआब्जाका लागि मात्रै रु २३ अर्ब ५९ करोड विनियोजन गरेको मध्ये रु २१ अर्ब वितरण गरिसकेको छ । आयोजना प्रमुख अधिकारी भन्नुहुन्छ, “मुआब्जा ९३ प्रतिशत वितरण भइसकेको छ । अब कुनै समस्या छैन । तथापि समयमा काम नसकिएकोले म्याद थप गरिएको छ ।”

विसं २०२३ देखि नियमित उडान भर्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ । विसं २०६१ अघिसम्म ८४ बिघा तीन कठ्ठा रहेकामा २०६३ सालमा २१३ बिघा चार कठ्ठा १५ दशमलव ७५ धुर थप भएको थियो । पछि थप ५०० बिघाको मुआब्जा वितरण भएको थियो । यसरी निर्माणाधीन गौतमबुद्ध विमानस्थलको जग्गाको स्वामित्वमा ७८७ बिघा सात कठ्ठा १५ दशमलव ७५ धुर हुन पुगेको छ । अहिलेसम्म पोखरामा तीन हजार ७०० रोपनी र काठमाडौँमा सात हजार रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालन भइरहँदा भैरहवामा बन्ने विमानस्थल १० हजार रोपनीमा बन्ने भएको हो । नयाँ थपिएको जग्गामा राडार, सुरक्षा, ह्यङ्गर, कार्गो, आयल निगमको डिपो, अध्यागमन, मर्मतसम्भार क्षेत्र, क्याटरिङ, अर्को पार्किङ स्थल र अझै एउटा टर्मिनल भवन बनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com