ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानमा क ख पढ्दै बालबालिका ( फोटो फिचर)


एबीसी न्यूज
माघ १९, २०७६ आईतबार  ४ : ३१ बजे

टोकियो, जापान,  १९ माघ ।  राजधानी शहर टोकियोमा सानासाना बालबालिका नेपाली अक्षर चिन्दै थिए । उमेरले सानै तर अक्षर चिन्ने चाहाना भएका उनीहरु ठूलो अक्षरमा क ख ग र A B C D लेख्दै थिए ।

अक्षराम्भकै लागि बिहिबार एभरेष्ट स्कुलमा पुगेका ती बालबालिका शिक्षकको साहारा लिदै कापी रङगाई रहेका थिए । कसैले क बाट कलम त कसैले A FOR APPLE त कसैले १ २ ३ जस्ता शब्द र अक्षरले कापीको पाना भर्दै थिए । उनीहरुले लेखेको कुरा पानामा मात्र सिमित राखेनन् छेउछाउका साथी, शिक्षक र अभिभावकलाई सम्म पढेर सुनाउन भ्याए ।

गोलो टेबल वरिपरि शिक्षिका संगै पढ्दै र लेख्दै गरेका ती बालबालीका देख्दा लाग्थ्यो त्यहाँ नियमित कक्षा संचालन भईरहेको छ, तर त्यहाँ कक्षा संचालन नभई अक्षराम्भ पो गरिदै थियो । त्यो पनि एभरेष्ट स्कुलले आयोजना गरेको सरस्वती पूजाको अवसर पारी । बिद्यालय उमेर पुगेका बालबालिकालाई श्रीपञ्चमीको दिनबाट औपचारिक शिक्षा शुभारम्भ गर्दा सुभ साईत मानिने र विद्या बुद्धी बढने जनविश्वास पनि रहदै आएको छ । सोही अनुरुप अभिभावकहरु औपचारिक शिक्षाका लागि बच्चा बोकी बिद्यालय सम्म पुगेका थिए । विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधाना संगै बिद्यालय शुरु गर्दा बच्चाहरु पढाईमा ध्यान दिने, ज्ञानी हुने , र लगनशिल बन्ने विश्वास समेत अभिभावकको थियो । यता बालबालिका पढ्दै, लेख्दै र साथीसंग रमाउन व्यस्त, थिए भने उता अभिभावकहरु छोराछोरी बिद्यालय सुरु गरे भन्दै मख्ख थिए । नेपाली बिद्यालय र नेपाली पाठ्यक्रममा पढाउन पाउदा निकै खुशी लागेको छ ।

अभिभावक–अभिभाकबिच कुरा गर्दै थिए । केही अभिभावकले त पहिलो बच्चा नेपालमा लगेर पठाएको दुखेसो पोख्दै थिए । बिद्यालय थिएन, बच्चा पढाउनै पर्यो । “नेपाल लानुको विकल्प थिएन, आधा परिवार जापान आधा नेपाल “ अभिभावकको गुनासो थियो । जापान बिज्ञान, प्रविधी र शिक्षाले फड्को मारेको देश भएकाले पनि बच्चाको भविष्य उज्वल हुने आशा राखेका थिए ।

औपचारिक शिक्षा प्रवेश गरेकाहरु अक्षर चिन्ने अभ्यास गर्दै थिए भने अन्य विद्यार्थीहरु आआफनो जिम्वेवारीका लागि तयारी थिए । कोही नृत्यको लागि तयारी थिए त कोही सरस्वती स्तुती बाचनका लागि त कोही शिक्षकलाई सघाउदै थिए । त्यहाँ नेपाली बिद्यार्थी मात्र थिएनन जापान, पाकिस्थान, फिलिपिन्स, मंगोलियन, बंगालादेश, न्युजिल्याण्ड लगायतका बिद्यार्थी पनि सहभागी थिए । उनीहरुको हाउभाउ देख्दा नेपालको संस्कृतीसंग अभ्यस्त भईसकेको जस्तो देखिन्थ्यो ।

पहिलेदेखि त्यहीँ अध्ययनरत र प्रत्येक वर्ष गरिदै आएकोले दुविधा थिएन । विद्याकी माता सरस्वतीको पूजा गर्दा विद्या, बुद्धि र विवेक बढ्ने बताउदै थिए । यसले के अनुमान गर्न सकिन्छ भने, “नेपालको संस्कृती अन्तराष्ट्रीय जगतमा समेत परिचित र नयाँ पुस्तामा हस्तान्तरण गर्न भूमिका खेलेको छ“।

बिद्यार्थी नै अनुशाशनको पाठ सिकाउदै थिए 

बिद्यार्थीको पहिलो गहना नै अनुशाशन हो । अनुशाशित छन भन्ने कुरा त्यहाँको बातावरणले नै छर्लङ्ग पारेको थियो । करिब ४ सय जनाको हाराहारीमा हुदा पनि न कतै हल्ला थियो, न त भिडभाड धकेला धकेल, न त आपसी खासखुस । बातावरण शान्त र मनोरम थियो । बिद्यार्थी आफैले साना–साना भाइ बैनी र अभिभावकलाई ठूलो स्वरले नबोल्न र शान्त भएर बस्न भन्दै सम्झाउदै थिए ।

विद्यालयको वातावरण, (पठनपाठन शैली, शिक्षकले गर्ने व्यवहार, कक्षाकोठाको व्यवस्थापन) देशले पारेको प्रभाव, जापानिज संगको हेलमेल जस्ता कारण बिद्यार्थी आफै जिम्मेवार र अनुशाशित बनेका हुन सक्छन् । जापान बिकास र प्रविधिले मात्र अगाडी होईन अनुशाशन र सरसफाईमा पनि उत्तिकै सभ्य छ । सार्वजनिक यातायात, बिद्यालय, कलेज, कार्यक्रम स्थल, संपिङ्ग महल, काम गर्ने ठाउँ, घर लगायत सबै ठाउँमा जापानीजहरु सभ्य नागरिकको पहिचानका साथ प्रस्तुत हुन्छन् । (त्यसको प्रभाव बिद्यार्थीमा पनि देख्न सकिन्थ्यो ) त्यसैले पनि शिक्षक आफनो उत्पादन र अभिभावक आफना सन्तान दक्ष, क्षमतावान र सभ्य नागरीक तयार हुनेमा ढुक्क देखिन्छन् ।

सङख्या बढ्दै जादा बिद्यालयको माग भयो

नेपालीको सङख्या बढ्दै गएपछि बिद्यालयको आवश्यकता महसुस हुन थाल्यो । बच्चा पढाउन अभिभावकलाई चिन्ताको विषय नै बन्यो । जापानमा नेपाली बिद्यालय संचालन गर्नु सामान्य बिषय थिएन तर चुनौतीको सामाना गर्दै संचालनमा आयो । नेपाली पाठ्यक्रममै पठनपाठन सुरु भयो । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष डा। भुपालमान श्रेष्ठ भन्नुहुन्छ, “गुणस्तरीय शिक्षा संगै जापानको प्रविधिलाई पनि समावेश गराएका छौं ।” बिद्यार्थीको चौतर्फी विकासका लागि किताबी ज्ञानले मात्र पुग्दैन । पाठ्यक्रम बाहेक अतिरिक्त क्रियाकलाप पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

बिद्यार्थीको उमेर, तह, रुची अनुसार फिल्ड भिजीट, समूह छलफल, गोष्ठी, सेमिनार कल्चरल डे लगायतका क्रियाकलाप समेटिएकाले दक्ष र सभ्य नागरिक उत्पादनमा ढुक्क छौं । बिद्यालयको दावी छ ।

नेपालको पाठ्यक्रममा बिदेशीले समेत अध्ययन गरिरहेका छन् । यसले नेपालको शिक्षाको महत्व विश्व बजारमा समेत माग भएको संकेत गर्छ । २०१३ सालबाट पठनपाठन सुरु गरेको यस विद्यालयले आफनै भवनबाट सेवा दिईरहेको छ । नेपाली समुदाएको बाक्लो बसोबास रहेको टोकियोमै बिद्यालय हुँदा आसपासका क्षेत्रलाई समेत समेटन सकेको छ । हिजोका दिनमा जापानमा विद्यालय नहुँदा बालबच्चा पढाउन नेपाल लानु पर्ने बाध्यता थियो भने आज एभरेष्ट स्कुल बिकल्पको रुपमा खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’

भदौ २४ गते सरकारी, व्यापारिक र निजी भवनमा आक्रमण गर्ने को थिए ?

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com