ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरेन्द्र महर्जन ‘अमर’को ‘स्माइल ड्रिम’ लोकार्पण


एबीसी न्यूज

काठमाडौं, १६ माघ । कथा, कविता, गीत, हाइकु, तान्का, मुक्तक, उपन्यासलगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’कोे पछिल्लो २३औं कृतिका रुपमा एवम् चौथो उपन्यास ‘स्माइल ड्रिम’ लोकार्पण भएको छ ।

तीन दशकभन्दा बढी समयदेखि साहित्य क्षेत्रमा समर्पित रहेका ‘अमर’कोे उपन्यास ‘स्माइल ड्रिम’लाई विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो ।

बरिष्ठ सहित्यकार भुपाल राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, चलचित्र पत्रकार सङ्घ उपाध्यक्ष गीता अधिकारी, पत्रकार श्रीविलास दाहाल, सङ्गीतकार सन्तोष श्रेष्ठ, समालोचक डा। धनप्रसाद सुवेदी, ओ एस नेपालका विवेक कार्की, सर्जक सुरेन्द्र महर्जन ‘अमर’लगायतले उपन्यास ‘स्माइल ड्रिम’ लोकर्पण गरेका थिए ।

ओएस नेपालको आयोजनामा भएको लोकार्पण कार्यक्रममा अतिथिहरुले सरल भाषामा लेखिएको उपन्यास पठनिय रहेको भन्दै सर्जक सुरेन्द्र महर्जन ‘अमर’लाई नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिएका थिए भने समालोचक डा। धनप्रसाद सुवेदीले उपन्यासको समालोचना गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले गरेका थिए । उपन्यासलाई राईजिङ्ग क्रियटिभ मिडिया प्रालि भक्तपुरले प्रकाशन गरेको हो ।

‘अमर’का यसअघि अनुष्का, मिस्ड कल, अदभूत जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् । त्यस्तै उनका चित्रकारिता, कविता सङ्ग्रह, गीत सङ्ग्रह, नेवारी गीत सङ्ग्रह, हाइकु सङ्ग्रह, गीति एल्बम जस्ता २३ वटा कृति सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com